हिमाल रेमिटको रेमिटान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैंक मार्फत हुने भएको छ । विश्वका जुनसुकै देशहरूका आफन्तहरूले हिमाल रेमिटबाट पठाएको वैदेशिक रेमिटान्स अब राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ७७ जिल्लामा रहेका दुई सय ८४ वटा शाखा कार्यालयहरूबाट भुक्तानी हुने भएको छ ।
बैंकका हाल ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर २ सय ८४ शाखा कार्यालय, २ सय ६९ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा, ६५ वटा एक्सटेन्सन काउण्टर, क्युआर कोड सेवा, पीओएस सेवा, क्रेडिट कार्ड, डेभिड कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्युआर टेलर, इन्टरनेट बैंकिङ्ग, परिष्कृत रूपको मोबाइल बैंकिङ्ग (डिजिटल संसार) तथा बिना इन्टरनेट चल्ने यसएसडीटी मोबाइल बैंकिङ्गका सेवाहरू समेत सञ्चालनमा रहेका छन ।







