• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, जेठ ३०, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखरामा तमु प्ये ताँ ल्हु ताँ विषयक एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

"पोखरामा तमु प्ये ताँ ल्हु ताँ विषयक एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न "

  •     अभियान हाम्रो/ आइतबार, असोज १४, २०८०  

  • १४ असोज २०८०

    आइतबार , पोखरा

    तमु (गुरुङ) को प्ये ताँ ल्हु ताँ सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम हिजो असोज १३ गते तमु प्ये ल्हु स्याङ्जाली तमु समाज, पोखरा-२६ बुढीबजारको सभा हलमा सम्पन्न भयो । तमु प्ये ल्हु संघ जिल्ला कार्यसमिति/जिल्ला महिला कार्यसमिति, कास्कीद्वारा आयोजित क्षेत्रीय/इकाई तमु समाजहरुसँगको घुम्ती बैठक मार्फत उक्त कार्यक्रम राखिएको हो ।

    No description available.

    तमु प्ये ल्हु संघ जिल्ला समिति, कास्कीका अध्यक्ष निम बहादुर प्हच्यु तमुको अध्यक्षतामा, भुर्दुमपोला म्होब्जे तमु परिवार पोखराका अध्यक्ष एवं तमु प्ये ल्हु संघ केन्द्रीय समितिका पूर्व कोषाध्यक्ष क्या. लक्षमण म्होब्जे तमु र तमु प्ये ल्हु स्याङ्जाली तमु समाज, पोखरा-२६ बुढीबजारका संस्थापक अध्यक्ष चेत बहादुर केप्छे तमुको विशेष उपस्थितिमा, तमु प्ये ल्हु स्याङ्जाली तमु समाजका अध्यक्ष क्या. नेम बहादुर तमुले मन्तव्य मार्फत कार्यक्रमलाई स्वागत गरेको थियो ।

    यसैगरी आजको उक्त अन्तरक्रिया कार्यक्रममा श्रोत व्यक्तिहरुमा पच्यु गुरु कुल प्रसाद क्रोम्छें तमु, क्ल्हेप्री गुरु लोक बहादुर टुक्ल्हेप्री तमु, पैडी गुरु कर्ण बहादुर क्रोम्छें तमु र इन्जिनियर रोशन तमुले सहजीकरण गरेका थिए । तमु (गुरुङ) हरुको आफ्नै भाषामा पुर्ख्यौली अभ्यास, अनुभव र अनुभुतकै आधारमा अवलम्बन गर्दै आएका परम्परागत कुल धार्मिक संस्कार र संस्कृतिमा पर्ने जन्म संस्कार, बिहे संस्कार, मृत्यु संस्कार र पय संस्कार बारे सहजकर्ताहरुबाट मौखिक कार्यपत्र प्रस्तुत गरेका थिए भने इन्जिनियर रोशन तमुले माथी उल्लेखित प्ये शास्त्रलाई अहिलेको मानव शास्त्रले कसरी व्यख्या गर्छन् त भन्ने विषयमा प्रष्ट पारेको थियो ।

    No description available.

    यसरी तमु प्ये ल्हु संघ जिल्ला कार्यसमिति, कास्कीले समाजहरु सँगको घुम्ती बैठक मार्फत राखिएको आजको तमु प्ये ताँ ल्हु ताँ विषयक अन्तरक्रिया कार्यक्रमलाई सचिवद्वय स्याङ्जाली तमु समाजका पूर्व सचिव लोक राज क्रोम्छें तमु र तमु प्ये ल्हु संघ कास्की जिल्लाका सचिव दुर्गा बहादुर प्हच्यु तमुले सञ्चालन गरेका थिए । अन्तमा क्षेत्रीय/इकाई समाजहरु माझ राखिने यस्ता खाले अन्तरक्रियाले श्रोताहरुबाट कस्तो प्रतिक्रिया आउला भन्ने जिज्ञासामा ती प्रतिक्रियाहरुलाई आगामी दोश्रो घुम्ती बैठकमा प्रस्तुत गरिनेछ अध्यक्ष निम बहादुर प्हच्यु तमु बताउँछन् ।

     

    प्रतिकृया दिनुहोस
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.