• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, बैशाख ०७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नेपाल र फ्रीडम ट्रेनिङ सेन्टरको आयोजनामा गण्डकी प्रदेशस्तरीय विद्यालय तहको वक्तृत्वकला प्रतियोगिता सम्पन्न

"नेपाल र फ्रीडम ट्रेनिङ सेन्टरको आयोजनामा गण्डकी प्रदेशस्तरीय विद्यालय तहको वक्तृत्वकला प्रतियोगिता सम्पन्न "

  •    अभियान हाम्रो/ आइतबार, असोज १४, २०८०  

  • शिक्षा, संस्कृति र पर्यटनको क्षेत्रमा काम गरिरहेको साभ नेपाल र फ्रीडम ट्रेनिङ सेन्टरको आयोजनामा गण्डकी प्रदेशस्तरीय विद्यालय तहको वक्तृत्वकला प्रतियोगिता यही असोज १३ गते शनिबार सम्पन्न भयो ।
    विभिन्न १७ जना प्रतियोगी रहेको उक्त प्रतियोगितामा मदरल्याण्ड माविकी कृतिका पराजुली प्रथम, अमोर सेवा फेदीखोला स्याङ्जाकी अमृता गुरुङ द्वितीय, शान्ति निकेतन माविकी अदिती पराजुली तृतीय, सिर्जना माविका अभय बस्नेत र भानुभक्त माविकी स्वस्तिका क्षेत्रीले सान्त्वना स्थान प्राप्त गरेका छन् । गरिमा विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालको प्रमुख आतिथ्य र साभ नेपालका अध्यक्ष डा. तुलसी राम खनालको अध्यक्षता मा सन्चालन भएको कार्यक्रममा गरिमा विकास बैङ्कका क्षेत्रीय प्रबन्धक भोला प्रसाद तिवारी, चरक मेमोरियल अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रदीप शर्मा लगायत विभिन्न सहयोगी संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।
    प्रतियोगितात्मक कार्यक्रममा साभ नेपालका अध्यक्ष डा. तुलसीराम खनाल प्रभासले अभिव्यक्ति कलाबारे प्रशिक्षण समेत दिनुभएको थियो । अधिकांश विद्यार्थी कक्षा १२ बाट सहभागी भएको सो कार्यक्रममा विद्यार्थीहरूले आफूले रोजेको विषयमा बोल्दा युवा पुस्ता विदेशमा पलायन हुन वाध्य भएको देशको अवस्था प्रति चिन्ता प्रकट गरेका थिए । प्रतियोगितामा पहिलो सत्रमा सबैले ३ मिनट आ-आफ्नो रोजाइको विषयमा बोल्न लगाइएको थियो भने दोस्रो अर्थात् फाइनल सत्रमा तीनवटा विषय दिइएको थियो । जस्तै : १) बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल बिक्दैन २) सपनाको परदेस; बिपनाको स्वदेश ३) म सक्छु त्यसैले म गर्छु ।
    कार्यक्रममा प्रमुख अतिथि गरिमा विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले अब देशमा दक्ष जनशक्ति पाउन मुस्किल भैसकेको र आफ्नो बैङ्कमा महिनाको ६०-७० हजार तलब खाने कर्मचारी समेत जागिर छोडेर विदेश जाने गरेको र अब बैङ्कमा काम गर्ने कर्मचारीकै अभाव हुन थालेको भयावह अवस्थाको बारेमा बताउनु भएको थियो । सबै वक्ताको चिन्ता देशको दुरावस्था, आर्थिक मन्दी, स्वरोजगारको अभाव लगायतका विषयमा रहेको देखिएको थियो ।
    प्रतियोगितामा प्रथमलाई रु. १५०००/-, द्वितीयलाई रु. १००००/- तृतीयलाई रु.५०००/- सान्त्वना दुईजनालाई रु २०००/- र प्रमाणपत्र प्रदान गरिएको थियो । बार्हौ कक्षामा पढ्दै गरेका अधिकांश विद्यार्थीका अभिव्यक्ति निकै घतलाग्दा थिए । सबैजसोले देशमा स्वरोजगार, उद्यमशीलता आदिको प्रबन्ध हुन सके आफूहरू यही स्वर्ग जस्तो भूमिमा रहन चाहेको विचार व्यक्त गरे । विद्यार्थी बोलिरहँदा धेरै दर्शकहरू भाबुक बनिरहेका देखिन्थे ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.