नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनमा निर्वाचन प्रक्रिया शुक्रबार सुरु भएको अधिवेशनमा राजनीतिक प्रतिवेदनहरूमाथिको छलफल सकिएपछि निर्वाचन कार्यतालिका प्रकाशन भएको छ।
मतदान भने आइतबार बिहान ११ बजेबाट हुने कार्यतालिकामा उल्लेख छ। अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ। एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गर्ने अधिवेशनमा नेताहरू सहमतिमा नेतृत्व चयन गर्न दबाब दिइरहेका छन्। आकांक्षीहरू भने आफ्नो नाममा भए सहमति नभए निर्वाचनमा जानुपर्ने अडानमा छन्।
प्रदेश कमिटीको अध्यक्ष बन्नका लागि अहिलेसम्म दुई जना मुख्य दाबेदार छन्। मोरङका विनोद ढकाल र घनश्याम खतिवडाबीच अध्यक्षमा प्रतिस्पर्धा हुने सम्भावना छ।