• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, असार ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

मानव अधिकार संरक्षणका लागि सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री शर्मा

"मानव अधिकार संरक्षणका लागि सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री शर्मा "

  •    अभियान हाम्रो/ शनिबार, असोज १३, २०८०  

  • कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मानव अधिकार संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । इन्सेकको आयोजनामा असोज १३ गते मानव अधिकारको संरक्षण र संवद्र्धनमा पत्रकारिताको भूमिका विषयक दुई दिने तालिमको उद्घाटन सत्रमा बोल्दै यस्तो बताउनुभएको हो ।

    मुख्यमन्त्री शर्माले मानव अधिकार के हो ? के होइन, भनेर बुझ्दा सुचकहरु आवश्यक रहेकोे बताउनुभयो । सरकारले आजदेखि भोलीसम्मको विषयलाई हेरेर सरकारले मानव अधिकारको चिन्ता राख्ने बताउनुभयो । उहाँले स्वतन्त्रता भनेको बुझाई, दृष्टिकोण र यथार्थमा रुपान्तरण हुने कुरा भएको उल्लेख गर्नुभयो । शिक्षा, स्वास्थ्य, रोजगार, सुशासन र पूर्वाधारको नाराका साथ मानव अधिकारको रक्षाका गर्न लागि परेको बताउनुभयो ।

    मुख्यमन्त्री शर्माले गरिबीका कारण अधिकारको हनन् भएको बताउँदै त्यसलाई कसरी माथि उठाउने ? भन्ने विषयलाई पच्छ्याएर सरकारले नीति तथा कार्यक्रम अगाडि ल्याएको बताउनुभयो । शिक्षा विकराल बन्दै गएको समाजलाई दक्ष जनशक्ति उत्पादन गर्ने कारखाना नै कमजोर भएकोे उहाँको भनाइ छ । इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले पत्रकारिता र मानव अधिकार एउटै डुङ्गाका यात्री रहेकोले सहकार्य गर्न जरुरी रहेको औंल्याउनुभयो ।

    पछिल्लो समयको सामाजिक सञ्जाल र प्रविधिले पत्रिकारितालाई चुनौती रहेको भन्दै पठनयोग्य सामग्री उत्पादन गरे त्यसको प्रभाव पर्ने उहाँले बताउनुभयो । तागत भएका सामग्री ल्याउन पत्रकारहरुलाई उहाँले अनुरोध गर्नुभयो । भ्रामक समाचारबाट बच्नुपर्ने, जनसरोकारका विषयमा खोज रिपोर्टिङ्ग गरे पत्रकारिताको भविष्य राम्रो रहेको बताउनुभयो ।

    ज्ञान, सिप र समय आवश्यक रहेको भन्दै पत्रकार अग्रपंतिको मानव अधिकार रक्षक रहेकोले सबैजना मिलेर सँगसँगै अगाडी बढ्नुपर्ने उहाँको सुझाव छ । डिसिएका कार्यक्रम व्यवस्थापक सुर्यकुमारी सुनारले पत्रकारिता मार्फत सरोकारवाला निकाय र समुदायलाई जिम्मेवार बनाउने काम गर्ने हुँदा यो तालिम उपलब्धीमूलक हुने बताउनुभयो ।

    उहाँले मानव अधिकारको रक्षा गर्ने सवालमा पत्रकारिताको महत्वपुर्ण भूमिका रहेको भन्दै तथ्यमा आधारित रहेर मानवअधिकारको सवालमा रिपोर्टिङ्ग गर्न अनुरोध गर्नुभयो । स्वागत मन्तब्य राख्दै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले इन्सेकले विगतदेखि हालसम्म गर्दै आएका कामहरुको बारेमा जानकारी दिनुभयो ।

    नेपाल पत्रकार महासंघकका केन्द्रीय सदस्य दिपेन्द्र शर्माले यो तालिमले कर्णालीमा मानव अधिकारका सवालमा केही सहयोग पुग्ने बताउनुभयो । त्यस्तै गरी , इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले समाजमा घट्ने विभिन्न घटना परिघटनालाई मानवअधिकारसँग जोडेर रिपोर्टिङ्ग गर्न सहज होस् भनेर यो तालिमको आयोजना गरिएको बताउनुभयो ।

    कर्णाली प्रदेशका सात जिल्ला सुर्खेत, दैलेख, रुुकमपश्चिम, सल्यान, जाजरकोट, जुम्ला र कालिकोट गरी ३० जना पत्रकारहरुको सहभागिता रहेको छ । दुई दिनसम्म तालिमको सहजिकरण आरआर क्याम्पस पत्रकारिता र आमसञ्चार विभाग प्रमुख डा. श्रीराम पौडेल, मध्यपश्चिम विश्वविद्यालय आमसञ्चार र पत्रकारिताका उपप्रध्यापक युवराज शर्मा र केशवी जोशीले गर्ने इन्सेकका कार्यक्रम संयोजक किरण पौडेलले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कसले निमोठ्दै छ गणतन्त्रको घाँटि ?
    २०८२ साल जेठ १७ गते शनिबारको राशिफल
    २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल
    ताजा अपडेट
    • कसले निमोठ्दै छ गणतन्त्रको घाँटि ?
    • २०८२ साल जेठ १७ गते शनिबारको राशिफल
    • २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल
    • आजको राशिफल: २०८२ जेठ १५ गते बिहिवार
    • गाजामा भोकले बेहाल भीडले गर्‍यो सहायता केन्द्रमा हमला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.