साभार ग्रेटर नेपाल खबर विशेष
बिक्रम थापा
कोल्हबि ५
सिमरा
एक शिक्षक जसले आफुले अध्ययन गरेको बिद्यालय बाराको सिमरामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा २०३९ साल देखी करिब ४१ बर्ष प्रावि शिक्षकको रूपमा काम गर्दै आईरहनुभएको छ , अबको २ बर्ष पछि उहाँ उमेरहदका कारण अवकाश हुनुहुनेछ ।
आफ्नो जिवनको ४१ वर्ष बिताएको र सेवा गरेको ठाउँबाट एकाएक उहाँलाई जीतपुरसिमरा उपमहानगरपालिकाले हरपुर सरूवा गर्यो, आर्थिक रूपले कमजोर, कुनै सवारी साधन नभएका, उहाका लागी हरपुर अपायक ठाउ थियो तर उपमहानगरले सरूवाको पत्र बिद्यालयमा पठाएपछि उहा कार्यरत बिद्यालयले उहा संग कुनै सोधखोज नगरी रमाना पत्र थमायो, आफुले ४१ बर्ष बिताएको ठाउ, अबको २ वर्ष बाकि जागिर जिवन, आर्थिक रूपले कमजोर रहेकाले उहा चुपचाप जहा सरूवा गरेको हो ।
त्यही जानुभयो तर त्यहां उहाँलाई हाजिर गर्न दिईएन, उहाले यस बिषयमा उपमहानगरपालिकामा निबेदन पनि दिनुभयो तर कुनै सुनुवाइ भएको छैन, बिगत एक महिनादेखि उहाले हाजिर गर्ने ठाउँ पाउनु भएन, आफ्नो बिद्यालयले रमाना दियो,उहाका ठाउमा अर्कोलाई नियुक्त गरियो, जहा पठाएको त्यहा हाजिर गर्न नदिएपछि दशैको मुखमा तलब आउने नआउने कुनै ठेगान छैन, एक छोरा गुमाईसकेका उहा शारीरिक रूपमा केहि कमजोर हुनुहुन्छ, आज सम्म कुनै दल, न त कुनै नेता, न कुनै व्यक्ति कसैको झोला नबोकेका एक सिधासोझा शिक्षक जसले पढाएका धेरै बिद्यार्थी आज कोहि उच्च पदमा छन्, कोहि नेता भएका छन्,कोहि जनप्रतिनिधि भएका छन्,कोहि सोहि बिद्यालयमा सहकर्मी भएका छन्, कोहि सोहि बिद्यालयका व्यवस्थापन समितिमा छन् तर उहाको समस्याको समाधान गरिदिने मान्छे उहाले भेट्नुभएको छैन, उहाको समस्या समाधान पनि भएको छैन, आजभोली उहा कहिले उपमहानगर को कार्यालय त कहिले आफ्नो पिडामा बोलिदिने कोहि भेटिएलान् कि भनेर चोकचौतारा धाउदै हुनुहुन्छ, उहाका बारेमा सबै थाहा भएर पनि थाहा नभए झै गरेर बसेका छन् सम्बन्धित निकाय !!
…
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed