• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

जसले ४१ वर्ष जुन बिद्यालयमा सेवा गर्यो अबको बाकि २ वर्ष त्यहि सेवा गर्न दिदा के शिक्षाको गुणस्तर बिग्रिने हो? नगर प्रमुख राजन पौडेल ज्यु

" एउटा शिक्षक जसले ४१ वर्ष जुन बिद्यालयमा सेवा गर्यो अबको बाकि २ वर्ष त्यहि सेवा गर्न दिदा के शिक्षाको गुणस्तर बिग्रिने हो? "

  •    बिक्रम थापा बारा / शनिबार, असोज १३, २०८०  

  • साभार  ग्रेटर नेपाल खबर विशेष
          बिक्रम थापा
           कोल्हबि ५
             सिमरा
         एक शिक्षक जसले आफुले अध्ययन गरेको बिद्यालय बाराको सिमरामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा २०३९ साल देखी करिब ४१ बर्ष प्रावि शिक्षकको रूपमा काम गर्दै आईरहनुभएको छ , अबको २ बर्ष पछि उहाँ उमेरहदका कारण अवकाश हुनुहुनेछ ।
      आफ्नो जिवनको ४१ वर्ष बिताएको र सेवा गरेको ठाउँबाट एकाएक उहाँलाई जीतपुरसिमरा उपमहानगरपालिकाले हरपुर सरूवा गर्यो, आर्थिक रूपले कमजोर, कुनै सवारी साधन नभएका, उहाका लागी हरपुर अपायक ठाउ थियो तर उपमहानगरले सरूवाको पत्र बिद्यालयमा पठाएपछि उहा कार्यरत बिद्यालयले उहा संग कुनै सोधखोज नगरी रमाना पत्र थमायो, आफुले ४१ बर्ष बिताएको ठाउ, अबको २ वर्ष बाकि जागिर जिवन, आर्थिक रूपले कमजोर रहेकाले उहा चुपचाप जहा सरूवा गरेको हो  ।
                        May be an image of 3 people and street
          त्यही जानुभयो तर त्यहां उहाँलाई हाजिर गर्न दिईएन, उहाले यस बिषयमा उपमहानगरपालिकामा निबेदन पनि दिनुभयो तर कुनै सुनुवाइ भएको छैन, बिगत एक महिनादेखि उहाले हाजिर गर्ने ठाउँ पाउनु भएन, आफ्नो बिद्यालयले रमाना दियो,उहाका ठाउमा अर्कोलाई नियुक्त गरियो, जहा पठाएको त्यहा हाजिर गर्न नदिएपछि दशैको मुखमा तलब आउने नआउने कुनै ठेगान छैन, एक छोरा गुमाईसकेका उहा शारीरिक रूपमा केहि कमजोर हुनुहुन्छ, आज सम्म कुनै दल, न त कुनै नेता, न कुनै व्यक्ति कसैको झोला नबोकेका एक सिधासोझा शिक्षक जसले पढाएका धेरै बिद्यार्थी आज कोहि उच्च पदमा छन्, कोहि नेता भएका छन्,कोहि जनप्रतिनिधि भएका छन्,कोहि सोहि बिद्यालयमा सहकर्मी भएका छन्, कोहि सोहि बिद्यालयका व्यवस्थापन समितिमा छन् तर उहाको समस्याको समाधान गरिदिने मान्छे उहाले भेट्नुभएको छैन, उहाको समस्या समाधान पनि भएको छैन, आजभोली उहा कहिले उपमहानगर को कार्यालय त कहिले आफ्नो पिडामा बोलिदिने कोहि भेटिएलान् कि भनेर चोकचौतारा धाउदै हुनुहुन्छ, उहाका बारेमा सबै थाहा भएर पनि थाहा नभए झै गरेर बसेका छन् सम्बन्धित निकाय !!
           एउटा शिक्षक जसले ४१ वर्ष जुन बिद्यालयमा सेवा गर्यो अबको बाकि २ वर्ष त्यहि सेवा गर्न दिदा के शिक्षाको गुणस्तर बिग्रिने हो? तिमीहरूका झोला बोक्नेलाई घरपायक बिद्यालय दिदा यी सिधासोझा शिक्षक जागिर जोगाउनैका लागी दुखकष्ट सहनुपर्ने हो? जसले तिमीहरूलाई कखरा चिनायो, जसले गणितका जोड घटाउ सिकायो आज त्यहि शिक्षक तिम्रा राजनिति जोड घटाउको शिकार हुन पर्ने? गरिब,निमुखाका लागी राजनिति गर्छौ, पद लिन्छौ अनि तिनैको घाटी अठ्याउछौ, तिनैलाई घुडा टेकाउछौ? आज सम्म कसैका झोला नबोकेका शिक्षकले के अब तिम्रा झोला बोक्न पर्ने हो??
    ब्रहमदेव पासवान जस्ता शिक्षकले न्याय कहिले पाउने??
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.