हिजो आएको बाडीले बगायर सिन्धुली जिल्ला शुनकोशी गाउपालिका ५ मुल्कोटमा एउटा पुरुष को लाश भेटियको छ । सिन्धुपाल्चोकमा मंगलबार साँझदेखि परेको अविरल वर्षाका कारण मेलम्चीमा आएको भीषण बाढीले ठूलो धनजनको क्षति
तस्बिर बिनोद श्रेष्ठ को वाल बाट

हेलम्बुदेखि बाढीपहिरो उर्लिएर आएपछि मेलम्ची बजार पूरै डुवानमा परेको छ । बाढीमा परेर अहिलेसम्म ७ जनाको मृत्यु भइसकेको तथ्यांक छ । सरकारले मेलम्ची क्षेत्रमा आपत्तकालिन उद्दारका लागि सुरक्षाकर्मी परिचालन गरिसकेको छ । बागमती प्रदेशका पूर्वसामाजिक विकास मन्त्रीसमेत रहेका मेलम्चीका युवराज दुलालले हेलिकप्टरबाट बाढीपहिरोको मेलम्चीदेखि हेलम्बुको मेलम्ची घ्याङभन्दामाथि काचेत आसपाससम्मको अवस्था निरीक्षण गरेका छन् ।
उनले मेलम्ची खोलाको बहाव नघटेको र माथिल्लो क्षेत्रमा पहिरो जाने खतरा कायमै रहेकाले बाढी रोकिने सम्भावना कम रहेको बताएका छन् । ‘हेलम्बुको माथिल्लो भागमा केही पहिरो जाने खोला थुनिने र बढ्ने खतरा अझै छ । सञ्चार र विद्युत पूर्ण रूपमा बन्द रहेको छ । कति मानिस बेपत्ता भए यकीन गर्न सकिएको छैन,’ सांसद दुलालले भने ।
उनले तत्काल उद्दारमा खटिनु पर्ने बताए । उनी सवार सैनिक हेलिकोप्टरबाट मेलम्चीमा खोलाले घेरेको घरमा अड्किएका नागरिक र याङीलार्केमा सिम्रिक एअरबाट खोला पारी फसेका नागरिकको उद्दार गरिएको जानकारी दिए । मेलम्चीमा शिखरपुर जाने र दुबाचौर जाने दुईवटा पुल पूर्ण रूपले क्षतिग्रस्त भएको सांसद दुलालले बताए । मेलम्ची बजारको तल्लो भाग र अन्य सबै संरचनाको पूर्ण क्षति भएको उनले बताए ।







