माउण्टेन फ्लाइटमा उडेको जहाजको दायाँ इन्जिनबाट इन्धन लिकेज भएको अवस्थामा चालकले इमर्जेन्सी मागेका थिए । श्री एयरलाइन्सको एसएचए १६०१ उडानको जहाजमा उड्दा-उड्दै आकस्मिक समस्या देखिएपछि अवतरण गर्नु परेको छ ।
जहाज त्रिभुवन विमानस्थलबाट ५८ नटिकल माइल उडिसकेको थियो । पाइलटले आकस्मिक अवतरणसँगै थप सहयोग समेत मागेका थिए । सो जनाउ दिन पाइलटले ‘प्यान’, ‘प्यान’, प्यान’ भन्ने गरिन्छ ।