• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, माघ ०१, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

चिकित्सकमाथि भएको कुटपिट तथा दुर्व्यवहारप्रति अधिकारकर्मीद्वारा ध्यानाकर्षण कास्की असोज १२ गते


  •     अभियान हाम्रो/ शुक्रबार, असोज १२, २०८०  

  • पछिल्ला केही  समय देखि लमजुङ, कास्की, मकवानपुर, चितवन, गुल्मी लगायत विभिन्न जिल्ला स्थित अस्पतालहरुमा चिकित्सकहरु माथि भएका दुर्व्यवहार, कुटपिट, तोडफोडका घटनाहरु र त्यसबाट आएका समस्याका कारण चिकित्सकहरुद्वारा स्वास्थ्यकर्मी र अस्पतालहरुको सुरक्षा सहित विभिन्न मागराखी आकस्मिक सेवा बाहेकका स्वास्थ्य सेवा बन्द गरी आन्दोलनमा उत्रिएको घटना प्रति अधिकारकर्मीहरुले २०८० असोज ११ गते प्रेस विज्ञप्ति मार्फत ध्यानाकर्षण गराएका छन् ।

    अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), शान्तिका लागि नागरिक समाजको सञ्जाल, गैर सरकारी संस्था महासंघ, चिल्ड्रेन नेपाल, एड्भोकेसी फोरम र मानव अधिकार एलाइन्स कास्की लगायतका संस्थाहरुले सयुक्त विज्ञप्ति निकालेर ध्यानाकर्षण गराएका हुन् ।

    ‘स्वास्थ्य संस्था जस्तो अति संवेदनशिल क्षेत्र भित्र पर्ने अस्पताल र चिकित्सक माथि कुटपिट र दुर्व्यवहार हुनु आफैमा निन्दनिय कार्य हो,’ सञ्जालले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाहरुबाट सृजित परिस्थितीका कारण चिकित्सकहरुद्वारा मुलुकभरका अस्पतालका आकस्मिक सेवा बाहेक अन्य सम्पूर्ण सेवाहरु बन्द गराइएका छन् । यसबाट उत्पन्न जटिल परिस्थितिका कारण हरेक नागरिक स्वास्थ्यसम्बन्धी अधिकार उपभोग गर्नबाट वञ्चित भएका छन् ।’

    नेपाल पक्ष राष्ट्र भएको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तराष्ट्रिय महासन्धि १९६६ र नेपालको संविधानमा मौलिक हक अन्तरगत धारा ३५ मा प्रत्येक नागरिकको स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिएको छ । प्रत्येक नागरिकको स्वास्थ्यसम्बन्धी हक अधिकारको सुनिश्चिता गर्नु राज्यको दायित्व भएको स्मरण गराउँदै  दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने सञ्जाले माग गरेको हो ।

    स्वास्थ्य संस्था जस्तो संवेदनशिल क्षेत्रमा कुनै पनि बहानामा स्वास्थ्य संस्था र चिकित्कहरु माथि आक्रमण, कुटपिट, तोडफोड र दुर्व्यवहार जस्ता कार्यहरु नगर्न साथै जस्तो सुकै कठिन परिस्थितिमा पनि बन्द हड्ताल नगरी नागरिकका स्वास्थ्यसम्बन्धी हकको सुनिश्चितताको ग्यारेन्टीको गर्न सञ्जालले अनुरोध गरेको छ ।

    विज्ञप्ति

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान
    कुलायन मार्ग टोल बिकास संस्थाको अध्यक्षमा बराल
    ताजा अपडेट
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान
    • कुलायन मार्ग टोल बिकास संस्थाको अध्यक्षमा बराल
    • माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.