• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, जेठ २४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

विदेशमा पढ्न जाने विद्यार्थीहरूको कथा परदेशी २’


  •    संवाददाता/ शुक्रबार, असोज १२, २०८०  

  • पोखरा ।

    वरिष्ठ लोकगायक तथा फिल्म निर्माता, निर्देशक नारायण रायमाझीले फिल्म ।।।परदेशी २’ विदेशमा पढ्न जाने विद्यार्थीहरूको कथा बनेको बताए । विहिबार चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले फिल्ममा सामाजिक कथा भएकाले सबैले हेर्नुपर्ने बनेको दाबी गरे । परदेशी’ र ।।।परदेशी २’ को कथा भन्ने शैली एकै भएता पनि कथा  फरक भएको उनले बताए । विदेशिनु नेपालीका लागि बाध्यता बनेको छ ।

    “खासगरी उच्च शिक्षाका लागि परदेशिने नेपालीको विदेश भोगाईलाई फिल्म मार्फत दुरुस्तै उतारिएको छ ।”, उनले भने । पोखरा आफ्ना लागि सुन्दर शहर भएको र यसअघिका फिल्ममा राम्रो साथ पाएको भनाई उनको छ । ।।।गोर्खा पल्टन’ र ।।।परदेशी’ पछि यो फिल्म पनि दर्शकले रुचाउनेमा आफू ढुक्क रहेको उनले सुनाए  कार्यक्रममा गायक तथा फिल्मका नायक प्रकाश सपुतले चलचित्रको कथा भन्ने शैली र कथावस्तु अत्यन्तै सरल रहेकोले आफू जोडिएको बताए । गीत संगीत गर्नु र चलचित्र गर्नु विल्कुलै फरक रहेको र ।।।

    परदेशी २’ मा जोडिँदा चुनौती नै मोलेर आबद्ध भएको उनको भनाई थियो । ।।।नारायण सर र म गीत संगीत कै भएकाले काम गर्न त्यति असहज भएन’, सपुतले भने । पोखरासँग आफ्नो भावनात्मक सम्बन्ध भएकाले पोखराबाट माया पाउनेमा सपुत आशावादी देखिन्छन् । फिल्ममा आफूले एउटा बिदेसिने विद्यार्थीको भूमिका निर्वाह गरेको जानकारी दिए । परदेश हुँदा घर, साथी, पढाई साथै काममा हुने भोगाइ र यादहरूलाई फिल्ममा चित्रण गरिएको छ ।

    अभिनेत्री केकी अधिकारीले फिल्मको सबैभन्दा बलियो पक्ष भनेको गीत र कथानै रहेको जनाइन् । फिल्ममा एकजना परदेशी हुँदा उसको परिवार त सधै उसको पर्खाइमा रहने भयो । तर उसँग जोडिएको उसको प्रेमलाई पनि फिल्ममा देखाएको छ । प्रदर्शनका हिसाबले परदेशी २ आफ्नो ३३ औं सिनेमा भएको जानकारी उनले गराइन् । प्रकाश सपुतलाई फिल्म क्षेत्रमा स्वागत गर्दै केकीले भनिन्,“उहाँको अभिनय कौशलतालाई हेर्दा नयाँ जस्तै लागेन । पहिले देखि
    नै फिल्म क्षेत्रमा लागेजस्तो देखियो ।”

    फिल्ममा प्रकाश र केकीको अलवा वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, प्रशान्त तामाब, दिलीप रायमाझी, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्कीलगायतको अभिनय छ । राजेश बंशल (अग्रवाल) र नारायण रायमाझीको संयुक्त निर्माण रहेको फिल्ममा मानकृष्ण महर्जनको छायांकन, बीबी अनुरागी र नारायण रायमाझीको संगीत, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी छ ।

    अष्ट महर्जनको द्वन्द्व, श्याम श्वेत रसाइलीको साउन्ड डिजाइन र मिक्सिब, दीर्घ खड्काको सम्पादन रहेको फिल्म युनिटले विहिबार केही कलेजहरुमा पुगेर प्रचार समेत गरेको । शुक्रबार बिहानको समय पनि कलेजहरूमा पुगेर प्रचार गरिने जनाइएको छ । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, पोखरा प्रज्ञा प्रतिष्ठानका कार्यवहाक कुलपति जीवन दाहाल, लोकदोहोरी गायक चोलेन्द्र पौडेल सहितको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष प्रभु अधिकारीले गरेका थिए भने संचालन सचिव सन्तोष बस्यालले गरेका थिए

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.