कास्की परिवार दक्षिण कोरियाको यहि सेप्टेम्बर २८ तारिखमा सम्पन्न हुन गइरहेको आठौं केन्द्रीय अधिवेशनको निर्वाचन सम्बन्धी आधारभूत नियमावली तथा कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन संयोजन समितिको बैठकको निर्णय बमोजिम संस्थाले आफ्नो केन्द्रीय कार्यसमिति निर्माणको लागि तपसिलको निर्वाचन कार्यतालिका प्रकाशन गर्दै उम्मेदवारी आव्हान गरेको छ ।
निर्वाचन कार्यतालिका विवरण :
१. उम्मेदवारी आव्हान :- सेप्टेम्बर २५ देखी सेप्टेम्बर २८ तारिख दिनको १ बजे सम्म ।
२. कार्यसमिति चयन प्रकृया :- सेप्टेम्बर २८ तारिख, अधिबेशनको बन्द सत्र समापन लगत्तै निर्वाचन समिती द्वारा उम्मेदवार को नामावली प्रकाशन, दाबी बिरोध, दाबी बिरोध उपर छानबिन र पुन उम्मेदवारहरूको नामावली प्रकाशन, उम्मेदवारी फिर्ता र अन्तीम नामावली प्रकाशन गरिनेछ ।
३. कार्यसमिति निर्माणमा सर्वसहमति पहिलो प्राथमिकतामा रहनेछ । सहमति हुन नसकेको खण्डमा कास्की परिवारका उपस्थित सदस्यहरु द्वारा मतदान प्रकृया मार्फत कार्यसमिति निर्माण गरिनेछ ।
४. नबनिर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराईसकेपछि बधाई तथा शुभकामना प्रदान गरिनेछ ।
उमेदवारी आव्हान सम्बन्धमा कार्यतालिका
संस्थाको बिधानबमोजिम योग्यता पुगेका इच्छुक व्यक्तिहरुले निर्धारित शुल्क तिरेर दिइएको लिङ्कबाट गुगल फर्ममार्फत भरेर उल्लिखित पदहरुमा निर्धारित शुल्क तिरेर मनोनयन दाखिला गर्नुहुन अनुरोध गर्दछौ ।
१. अध्यक्ष संख्या १ शुल्क १५०,००० वन
२. बरिस्ठ उपाध्यक्ष संख्या १ शुल्क १००,००० वन
३. महिला उपाध्यक्ष १ १००,००० वन
४. खुल्ला उपाध्यक्ष २ जना १००,००० वन
५. महासचिब १ जना १००,००० वन
६. सचिब १ जना १००,००० वन
७. कोषाध्यक्ष १ जना १००,००० वन
८. सह-कोषाध्यक्ष १ जना १००,००० वन
९. सदस्य ६ जना ५०,०००
कास्की परिवार दक्षिण कोरियाको बिधान अनुसार केन्द्रीय कायसमितिको उम्मेदवार हुनआवश्यक योग्यता निम्नअनुसार रहेको जानकारी गराईन्छ ।
(क) संस्थाको सदस्यता लिइएको हुनुपर्नेछ ।
(ख) दक्षिण कोरियामा बसोबास गरेको हुनुपर्नेछ ।
(ग) संस्थाको विधान विनाशर्त स्वीकार गरेको हुनुपर्नेछ ।
(घ) सामाजिक सेवामा अभिरुची राख्ने ।
(ल) संस्थाको उद्देश्यप्रति प्रतिवद्ध र संस्थाप्रति निष्ठावान हुनुपर्ने ।
(च) संस्थालाई बुझाउनु पर्ने लेबी बाँकी बक्यौता र कुनै जिन्सी सामग्री बुझाउन बाँकी नरहेको ब्यक्ति।
(छ) अध्यक्ष पदको लागि कम्तिमा एक कार्यकाल केन्द्रीय कार्यसमितिको सदस्य वा क्षेत्रीय कार्यसमिति अध्यक्ष पदमा रही काम गरेको हुनुपर्नेछ ।
उक्त आठौं अधिवेशनलाई सभ्य र भब्य रुपमा सफल बनाउन संस्था दक्षिण कोरियामा रहेका सम्पूर्ण संघसंस्था, संस्था सम्बद्ध सल्लाहकार, बुद्धिजीवी, शुभचिन्तक, समस्त सदस्यहरुलाई आयोजक कास्की परिवारले गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ ।
तपसिल :
मिति : २०२३ सेप्टेम्बर २८ (छुसकको पहिलो दिन)
समय : दिनको ठिक ११:३० बजे
स्थान : नमस्ते रेष्टुरेन्टको सभाहल,
सउल दोङ्देमुन








