• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, माघ ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

मोसो दलेर दुर्व्यवहार गरेको पीडितको आरोप


  •     अभियान हाम्रो/ बिहिबार, असोज ११, २०८०  

  • दोलखा, स्थायी घर भइ धनकुटामा ठेक्कापट्टाको कार्य गर्दै आउनु भएका ४० वर्षीय प्रदीप कार्कीले आफूलाई क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ताले मोसो दलेर दुर्व्यवहार गरेको आरोप लगाउनु भएको छ ।

    धनकुटा नगरपालिका-१ हिलेमा काम गरिरहेका अवस्थामा मजदूरहरूलाई ज्याला नदिइ श्रमशोषण र दुर्व्यवहार गरेको आरोप लगाउँदै हिलेस्थित सिजाली टोलमा असोज ९ गते क्रान्तिकारीका कार्यकर्ताले दुर्व्यवहार गरेको पीडितले बताउनु भयो । सुपेरियर मालिका जेभी कम्पनीका ठेकेदार कार्कीलाई क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले कम्पनीले धनकुटाको हिलेमा कबड हल निर्माणको काम गरिरहेको बेला मोसो दलेका हुन् ।

    प्रदेश सरकारको ३ करोड ५० लाख रुपियाँ लागतमा कवड हल निर्माण भइरहेको छ । सोही हल निर्माणका क्रममा एक दर्जनको सङ्ख्यामा रहेका सो पार्टीका कार्यकर्ताले नियन्त्रणमा लिएर मोसो दलेर दुर्व्यवहार गरिएको पीडित कार्कीले बताउनु भयो । कार्कीले चन्दा मागेकोमा आफूले दिन नसकेका कारण उनीहरूले दुर्व्यवहार गरेको बताउनु भयो । क्रान्तिकारी कम्युनिष्ट पार्टीका जिल्ला संयोजक मोहन घलेले घटनाको जिम्मेवारी लिँदै मजदूरहरूलाई ज्याला नदिइ श्रमशोषण र दुर्व्यवहार गरेकाले मजदूरहरूको ज्याला एक महिनाभित्र भुक्तानी गर्न चेतावनी स्वरूप मोसो दलिएको बताउनु भयो ।

    मोसो दलेको घटनाका बारेमा जिल्ला प्रहरी कार्यालयका डिएसपी होमप्रसाद अधिकारीले मोसो दलेको नभइ धम्की दिएको जानकारी मात्र आएको बताउनु भयो । ठेकेदारलाई मोसो दलेको विषयमा प्रहरीमा कुनै जानकारी तथा उजुरी नआएको डिएसपी अधिकारीले बताउनु भयो । पहिले प्रतिबन्धित पार्टीमा लागेका र प्रहरीमा मुद्दा पनि भएका व्यक्तिहरूले धम्क्याएको भन्ने जानकारी आएको तर, मोसो दलेको बारेमा कुनै जानकारी नआएको डिएसपी अधिकारीले बताउनु भयो ।

    घटनाका विषयमा प्रहरीले अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ । दुर्व्यवहार घटनाका पीडित ठेकेदार प्रदीप कार्कीले प्रहरीमा उजुरी दिनु भएको छैन ।

    Photo 20230927 Dhankuta

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.