• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, असार ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

मोसो दलेर दुर्व्यवहार गरेको पीडितको आरोप


  •     अभियान हाम्रो/ बिहिबार, असोज ११, २०८०  

  • दोलखा, स्थायी घर भइ धनकुटामा ठेक्कापट्टाको कार्य गर्दै आउनु भएका ४० वर्षीय प्रदीप कार्कीले आफूलाई क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ताले मोसो दलेर दुर्व्यवहार गरेको आरोप लगाउनु भएको छ ।

    धनकुटा नगरपालिका-१ हिलेमा काम गरिरहेका अवस्थामा मजदूरहरूलाई ज्याला नदिइ श्रमशोषण र दुर्व्यवहार गरेको आरोप लगाउँदै हिलेस्थित सिजाली टोलमा असोज ९ गते क्रान्तिकारीका कार्यकर्ताले दुर्व्यवहार गरेको पीडितले बताउनु भयो । सुपेरियर मालिका जेभी कम्पनीका ठेकेदार कार्कीलाई क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले कम्पनीले धनकुटाको हिलेमा कबड हल निर्माणको काम गरिरहेको बेला मोसो दलेका हुन् ।

    प्रदेश सरकारको ३ करोड ५० लाख रुपियाँ लागतमा कवड हल निर्माण भइरहेको छ । सोही हल निर्माणका क्रममा एक दर्जनको सङ्ख्यामा रहेका सो पार्टीका कार्यकर्ताले नियन्त्रणमा लिएर मोसो दलेर दुर्व्यवहार गरिएको पीडित कार्कीले बताउनु भयो । कार्कीले चन्दा मागेकोमा आफूले दिन नसकेका कारण उनीहरूले दुर्व्यवहार गरेको बताउनु भयो । क्रान्तिकारी कम्युनिष्ट पार्टीका जिल्ला संयोजक मोहन घलेले घटनाको जिम्मेवारी लिँदै मजदूरहरूलाई ज्याला नदिइ श्रमशोषण र दुर्व्यवहार गरेकाले मजदूरहरूको ज्याला एक महिनाभित्र भुक्तानी गर्न चेतावनी स्वरूप मोसो दलिएको बताउनु भयो ।

    मोसो दलेको घटनाका बारेमा जिल्ला प्रहरी कार्यालयका डिएसपी होमप्रसाद अधिकारीले मोसो दलेको नभइ धम्की दिएको जानकारी मात्र आएको बताउनु भयो । ठेकेदारलाई मोसो दलेको विषयमा प्रहरीमा कुनै जानकारी तथा उजुरी नआएको डिएसपी अधिकारीले बताउनु भयो । पहिले प्रतिबन्धित पार्टीमा लागेका र प्रहरीमा मुद्दा पनि भएका व्यक्तिहरूले धम्क्याएको भन्ने जानकारी आएको तर, मोसो दलेको बारेमा कुनै जानकारी नआएको डिएसपी अधिकारीले बताउनु भयो ।

    घटनाका विषयमा प्रहरीले अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ । दुर्व्यवहार घटनाका पीडित ठेकेदार प्रदीप कार्कीले प्रहरीमा उजुरी दिनु भएको छैन ।

    Photo 20230927 Dhankuta

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कसले निमोठ्दै छ गणतन्त्रको घाँटि ?
    २०८२ साल जेठ १७ गते शनिबारको राशिफल
    २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल
    ताजा अपडेट
    • कसले निमोठ्दै छ गणतन्त्रको घाँटि ?
    • २०८२ साल जेठ १७ गते शनिबारको राशिफल
    • २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल
    • आजको राशिफल: २०८२ जेठ १५ गते बिहिवार
    • गाजामा भोकले बेहाल भीडले गर्‍यो सहायता केन्द्रमा हमला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.