• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, जेठ २४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सामाजिक सञ्जालमा सामाजिक सद्भाव विरुद्धका सामग्री नराख्न आग्रह


  •    संवाददाता/ बिहिबार, असोज ११, २०८०  

  • जिल्ला प्रशासन कार्यालय खोटाङले सामाजिक सञ्जालमा सामाजिक सद्भाव विरुद्धका गतिविधि नराख्न जिल्लावासीलाई आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको अध्यक्षतामा बुधबार बसेको सर्वपक्षीय भेलाले सो आग्रह गरेको हो।

    भेलामा सहभागीले सामाजिक सञ्जालमा व्यक्तिगत चरित्र हत्या गर्ने, अवाञ्छित गतिविधिमा लागेका व्यक्तिलाई बल पुर्‍याउनेलगायतका गतिविधिप्रति चिन्ता व्यक्त गर्दै यसलाई निरुत्साहन गर्न जोड दिएका थिए। भेलामा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला निकाय, पत्रकारलगायतको सहभागिता रहेको थियो।

    भेलाले जिल्लामा क्रियाशील पत्रकार र सञ्चारमाध्यमबाट सबैमा सकारात्मक सन्देश जाने खालका सूचना तथा सामग्री प्रकाशन गराउने पनि निर्णय गरेको छ। भेलामा सहभागी पत्रकारले पनि सामाजिक सद्भाव कायम गर्न आफूहरूको तर्फबाट आवश्यक भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। सर्वपक्षीय भेलामा विकास निर्माणका काममा भएका ढिलासुस्ती बारेमा सूचना आदानप्रदान गरी सम्बन्धित निकायलाई सजग गराउने निर्णयसमेत गरिएको प्रमुख जिल्ला अधिकारी सुनारले जानकारी दिए।

    ‘सर्वपक्षीय भेलामा जिल्लामा भइरहेका पछिल्लो गतिविधिलगायत सबै विषयमा बृहत् छलफल भयो। जिल्लामा सञ्चालित विकास निर्माणका काममा निर्माण व्यवसायीको ढिलासुस्ती एवं लापरबाही देखिएको छ,’ उनले भने, ‘विकास निर्माणका काममा भइरहेको ढिलासुस्ती एवं लापरबाहीका बारेमा सरोकारवाला पक्षबीच सूचना आदानप्रदान गरी सम्बन्धित निकायलाई सजग गराउने निर्णय गरिएको छ। प्रशासनले आयोजना गरेको यो सर्वपक्षीय भेलाले सकारात्मक सन्देश दिएको छ।’

    यसैबीच, सर्वपक्षीय भेलाले यही असोज १७ गतेदेखि २१ गतेसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गर्ने ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी-२०८०’लाई सफ बनाउन सहयोग गर्ने निर्णय गरेको छ। नगरपालिकाले जिल्लाका धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धन तथा विकास गर्ने उद्देश्यले पाँच दिने ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी-२०८०’ कार्यक्रम आयोजना गरेको हो।

    नगरपालिकाको विभिन्न ठाउँमा आयोजना हुने चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रममा नेपाल, अस्ट्रेलिया, अमेरिका, जापान, लातभिया, लिथुअनिया, दक्षिण कोरिया, युक्रेन, भियतनाम, बङ्गलादेश, भुटान, चीन, इजिप्ट, भारतलगायत विभिन्न १४ देशका ख्यातिप्राप्त चित्रकारको सहभागिता हुने नगर प्रमुख तीर्थराज भट्टराईले जानकारी दिएका छन्।

    ‘कार्यक्रममा स्वदेश तथा विदेशका गरी ४० जनाभन्दा बढी कलाकारले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालगायत जिल्लाका अन्य महत्त्वपूर्ण ठाउँको दृश्यलाई क्यानभासमा प्रत्यक्ष उतार्ने छन्। जिल्लाका सबै स्थानीय तहको महत्त्व झल्किने स्थान तथा क्रियाकलापसम्बन्धी प्रत्यक्ष चित्रकला तथा प्रदर्शनी गर्ने तयारी गरेका छौं,’ उनले भने, ‘प्रत्यक्ष चित्रकला, संस्कृति र पर्यटनको माध्यमबाट खोटाङको पहिचान देश तथा विदेशमा गराएर पर्यटन प्रवर्द्धन गर्ने हाम्रो लक्ष्य हो। लाइभ चित्रकला कार्यशाला तथा प्रदर्शनीले खोटाङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन र ती स्थानको महत्त्व, संस्कृति, सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा टेवा पुर्‍याउने दाबी गरिएको छ।’

    नगरपालिकाले विनियोजन गरेको १८ लाख खर्चमा हुने लाइभ चित्रकला कार्यशाला एवं प्रदर्शनीको अवधिमा स्वदेश तथा विदेशका चित्रकारले करिब एक सयको हाराहारीमा क्यानभास पेन्टिङ तयार पार्ने नगरपालिकाले जनाएको छ। चित्रकारले उतारेका क्यानभास पेन्टिङलाई राखेर असोज २० गते दिक्तेल बजारस्थित माटीकोरे खेलमैदानमा चित्रकला प्रदर्शनीसहित स्थानीय परिकारको स्टल, विभिन्न जातजातिको सांस्कृतिक झाँकी, स्थानीय कलाकारको नृत्य प्रदर्शनलगायतका कार्यक्रम गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.