तिमीलाई राजनीति कसले सिकायो – हामीजस्तै भारदारले
तिमीलाई झण्डा कसले बोकायो- हामीजस्तै भारदारले
तिम्रो दरबन्दी कसले तोक्दिन्छ – हामीजस्तै भारदारले
तिम्रो तनखा कसले रोक्दिन्छ – हामीजस्तै भारदारले
तिम्रो नियम कसले बसाल्यो – हामीजस्तै भारदारले
तिमीलाई सडकमा कसले खसाल्यो – हामीजस्तै भारदारले
तिम्रो स्कुल कसले चलाउँछ – हामीजस्तै भारदारले
तिमी मास्टरलाई कसले तह लाउँछ – हामीजस्तै भारदारले
दिलिप कुमार श्रेष्ठको वालबाट साभार