• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, असार ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सहकर्मी कुटपिट घटनाको विरोधमा डाक्टरहरूद्वारा प्रदर्शन

"पोखराको मणिपाल शिक्षण अस्पताल लगायत देशका विभिन्न ठाउँमा चिकित्सकहरूमाथि निरन्तर आक्रमण बढिरहेको भन्दै काठमाडौँमा डाक्टरहरूले प्रदर्शन "

  •     अभियान हाम्रो/ बुधबार, असोज १०, २०८०  

  • पोखराको मणिपाल शिक्षण अस्पताल लगायत देशका विभिन्न ठाउँमा चिकित्सकहरूमाथि निरन्तर आक्रमण बढिरहेको भन्दै काठमाडौँमा डाक्टरहरूले प्रदर्शन गरेका छन् । सेतो कोट लगाएर प्रदर्शनमा उत्रिएका डाक्टरहरूले आक्रमणमा संलग्नलाई कडा कारबाही गर्नु पर्ने, रोजगारमा सुरक्षा हुनु पर्ने र स्वास्थ्यकर्मीमाथि कुटपिट हुने घटनामा कडा कानुन बनाउन माग गर्दै माइतीघर – नयाँबानेश्वर सडक खण्डमा प्रदर्शन गरेका हुन् ।

    Photo_080-6-10_Kathmandu

    लमजुङ अस्पतालमा ०८० असोज ७ गते आफ्नी आमालाई उपचारार्थ भर्ना गर्ने क्रममा डाक्टरसहितका स्वास्थ्यकर्मीसँग भनाभन हुँदा अपशब्द बोल्दै बेसीसहर नगरपालिका-७ का वडाध्यक्ष ऋषिराम बस्नेतले अस्पतालका मेडिकल अधिकृत डा. सन्दीप अधिकारीमाथि हातपात गरेका थिए ।

    त्यसैगरी असोज ८ गते श्वासप्रश्वास र डाढ दुख्ने समस्या भएर उपचारका लागि मणिपाल ल्याइएकी लमजुङ नगरपालिकाकी ५७ वर्षीया सुकमाया दुराको उपचारका क्रममा सोही दिन दिउँसो १ बजे निधन हुँदा अघिल्लो दिनसम्म ठिकठाक भएको बिरामीको अस्पतालको लापरबाहीका कारण एक्कासी ज्यान गएको भन्दै मृतक बिरामीका आफन्तको आक्रोशित भिडले होहल्ला गरेपछि सम्झाउन गएका डाक्टर अनिल शाहलाई मुक्का प्रहर गर्दै कुटपिट गरेका थिए । दुवै घटनालाई लिएर कार्यक्षेत्रमा सुरक्षाको ग्यारेन्टी हुनु पर्ने मागसहित चिकित्सकहरू प्रदर्शनमा उत्रिएका हुन् ।

    Photo_080-6-10_Kathmandu१

    नयाँ बानेश्वरमा प्रदर्शनमा सहभागी त्रिवि शिक्षण अस्पतालका डा. सुमन आचार्यले इन्सेकसँग कुरा गर्दै डाक्टरहरूमाथि भौतिक आक्रमण, हातपात तथा दुर्व्यवहार घटना बढिरहेकाले सुरक्षाको माग गर्दै आफूहरू आन्दोलनमा उत्रिनुपरेको बताउनु भयो । आचार्यले चिकित्सकहरूले इमान्दार भएर स्वास्थ्य सेवा प्रदान गरिरहँदा पनि कार्यस्थलमा सुरक्षाको प्रत्याभुत हुन नसकेको उल्लेख गर्नुभयो ।

    त्यस्तै आन्दोलनमा सहभागी राष्ट्रिय आवासीय चिकित्सक सङ्घका अध्यक्ष डा. सन्दीप ओखेडाले चिकित्सकले गलत उपचार गरी बिरामीको मृत्यु भएको खण्डमा नेपाल मेडिकल काउन्सिलमा उजुरी गर्ने बाटो हुँदाहुँदै बिरामी र उहाँका आफन्तहरू भौतिक आक्रमणमा उत्रिरहेकाले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताउनु भयो । डाक्टरको सुरक्षाका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अविलम्व कार्यान्वयन गर्नु पर्ने डाक्टर ओखेडाको भनाई थियो ।

    Photo_080-6-10_Kathmandu२

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कसले निमोठ्दै छ गणतन्त्रको घाँटि ?
    २०८२ साल जेठ १७ गते शनिबारको राशिफल
    २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल
    ताजा अपडेट
    • कसले निमोठ्दै छ गणतन्त्रको घाँटि ?
    • २०८२ साल जेठ १७ गते शनिबारको राशिफल
    • २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल
    • आजको राशिफल: २०८२ जेठ १५ गते बिहिवार
    • गाजामा भोकले बेहाल भीडले गर्‍यो सहायता केन्द्रमा हमला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.