• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, असार ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

स्वस्थ जीवनशैलीले जोगाउँछ मुटु


  •    गोपालजंग थापा / बुधबार, असोज १०, २०८०  

  • मुटु रोगबाट बच्नका लागि स्वास्थ्यकर खानपान र जीवनशैलीमा ध्यान दिनु पर्ने विज्ञहरूले बताएका छन्। विश्व मुटु दिवसको पूर्व सन्ध्यामा रोटरी क्लब अफ पाटन र नेपाल एनसीडी एलायन्सले संयुक्त रूपमा सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा चिकित्सकहरूले सो कुरा बताएका हुन्। मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले मुटु रोगबाट विश्वमा सबैभन्दा धेरै मानिसले अकालमै ज्यान गुमाइरहेको बताउनुभएको छ। डा. प्रकाशराज रेग्मीले विश्वभर बर्सेनि २ करोड मानिसले मुटु रोगको कारण ज्यान गुमाउने गरेको तथ्यका बारेमा बताउनुभयो। विभिन्न कारणले नेपालमा पनि बर्सेनि मुटु रोगीहरूको सङ्ख्या बढ्दै गएकोले यसतर्फ सचेत हुनु पर्ने डा. रेग्मीले बताउनुभएको छ। डा. रेग्मीका अनुसार नेपालमा वार्षिक ३० लाख मानिसको मुटु सम्बन्धी रोगबाट मृत्यु हुने गरेको छ। समयमै उपचार गरे ८० प्रतिशत मुटु रोग निको हुने भएकाले स्वस्थ जीवनशैलीमा ध्यान दिन उहाँको सुझाव छ। धेरैजसो सर्वसाधारणले रोग लाग्दा लापरबाही गर्ने भएका कारण अकालमै मृत्युवरण गर्नु पर्ने अवस्था रहेको रेग्मीको भनाई छ।

    फिजिसियन डा.दिल्जान मन्सुर (कुर्द) ले मुटु रोगबाट बच्नका लागि विशेष गरी खानपानमा ध्यान दिन आग्रह गर्नुभएको छ। उहाँले स्वाद मेटाउनकै लागि आफ्नो स्वास्थ्यको कुनै वास्ता नगरी जथाभाबी खाने बानीले शरीरको नियमित प्रक्रियामा असर पर्ने भएकाले यसबाट मुटु रोगको जोखिम बढ्ने बताउनुभएको हो। उहाँले जाँड, रक्सी, चुरोट, गुट्खा, खैनी, सुर्ती सेवनबाट टाढा रहन सके मुटुलाई स्वस्थ राख्न मदत पुग्ने बताउनुभयो। चिल्लो, तारेको, भुटेको, बोसोयुक्त खाना र जङ्क फुडको सेवनका कारण स्वास्थ्यमा जटिलता थपिने भएकाले यसतर्फ सजग हुन पनि डा. कुर्दले आग्रह गर्नुभयो। शरीरको तौल, पेटको साइज, रक्तचाप, रगतमा ग्लुकोजको मात्रा, रगतमा कोलेस्ट्रोलको मात्रा थाहा पाउन स्वास्थ्य परीक्षण गराउन अल्छी नगर्न उहाँले सुझाव दिनुभयो। डा. कुर्दले रक्तचाप सन्तुलनमा राख्न नसके यसले हृदयाघात लगायतका जोखिम बढाउने सम्भावना धेरै हुने भएकाले नियमित स्वास्थ्य परीक्षण गराउन समेत अनुरोध गर्नुभयो। स्वस्थ रहनका लागि कम्तीमा दैनिक ३० मिनेट शारीरिक अभ्यास गर्न समेत उहाँको सुझाव छ।

    रोटरी क्लब अफ पाटनका अध्यक्ष महेन्द्र सिंह रावलले वार्षिक योजना अनुसार विश्व मुटु दिवस २०२३ का अवसरमा मुटु सम्बन्धी जनचेतना जगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभएको छ। स्वास्थ्य क्षेत्रमा समेत रोटरीले विभिन्न कामहरू गर्दै आएकाले यस वर्ष ५ हजार विद्यार्थीको मुटु चेकजाँच गर्ने लक्ष्य रहेको रावलले जानकारी दिनुभयो।

    कार्यक्रममा अन्य सहभागीहरूले कसरी मुटु स्वस्थ राख्न सकिन्छ भन्ने विषयमा आम सर्वसाधारणमा सचेतना बढाउनु पर्नेमा जोड दिएका छन्। उनीहरूले पछिल्लो समय खाद्यान्न तथा तरकारीमा मिसावट र विषादीको जथाभाबी प्रयोग बढ्दै गएकाले जनस्वास्थ्यमा चुनौती थपिएको प्रति चिन्ता व्यक्त गरेका छन्। विषादी नहालेको तरकारी पाउनै मुस्किल हुने भएकाले सहरी क्षेत्रमा बसोबास गर्नेहरू यसबाट अझ धेरै प्रभावित भइरहेको उनीहरूको भनाई छ। उनीहरूले बढ्दो जनसङ्ख्याका कारण वातावरण प्रदूषित बनिरहेकाले यसतर्फ सरकारले ध्यान दिएर नीतिगत व्यवस्था गरी यसको कार्यान्वयन गर्नु पर्नेमा जोड दिएका छन्।

    हरेक वर्ष सेप्टेम्बर २९ तारिखलाई विश्व मुटु दिवसका रूपमा मनाउने गरिन्छ। यस वर्ष २०२३ को विश्व मुटु दिवसको नारा “मन लगाऊँ, आफ्नो मुटु बचाऊँ” भन्ने तय गरिएको छ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कसले निमोठ्दै छ गणतन्त्रको घाँटि ?
    २०८२ साल जेठ १७ गते शनिबारको राशिफल
    २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल
    ताजा अपडेट
    • कसले निमोठ्दै छ गणतन्त्रको घाँटि ?
    • २०८२ साल जेठ १७ गते शनिबारको राशिफल
    • २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल
    • आजको राशिफल: २०८२ जेठ १५ गते बिहिवार
    • गाजामा भोकले बेहाल भीडले गर्‍यो सहायता केन्द्रमा हमला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.