सामाजिक सञ्जालमा तस्बिर राख्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । तारकेश्वर नगरपालिका– ८ का ४४ वर्षीय सागरकुमार ढुंगाना पक्राउ परेका हुन् ।
अप*राध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार पक्रा*रीको डिएसपी र डाक्टर हुँ भन्दै फेसबुकमा तस्बिर पोस्ट गरेको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । उनले केही दिनयता आफ्नो फेसबुक एकाउन्टमा डिएसपी*को पोसाक लगाएको तस्बिर पोस्ट गरेका थिए । सोही तव*रले आफू डाक्टर भन्दै एप्रोनसहितको फोटो पनि फेसबुकमा पोस्ट गरेका थिए ।
महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले नेपाल प्रहरीको डिएसपी र डाक्टर भनी परिचित गराउने उनको उद्देश्य भने खुलिनसकेको बताए । उनले भने, ‘यसले आफूलाई नेपाल प्रहरीको डिएसपी हुँ भन्दोरहेछ । सोही दर्जा जनिने पोसाक लगाएर फेसबुकमा फोटो पोस्ट गरेको रहेछ । आफूलाई डाक्टर हुँ पनि भन्दो*रहेछ । अनुसन्धानपछि उसको यो सबै हर्कत नक्कली रहेको खुल्यो । कुन उद्दे*का लागि उसले यो काम ग¥यो भन्ने वि*षयमा भने अनुसन्धान भइरहेको छ ।’