• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, कार्तिक २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायलाई उपप्रधानमन्त्री श्रेष्ठकाे निर्देशन

"प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायहरूले दत्तचित्त भई कार्य सम्पादन गर्नुपर्ने - उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ "

  •    अभियान हाम्रो डट कम / मङ्गलबार, असोज ०९, २०८०  

  • मोरङ, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रभावकारी सीमा सुरक्षा व्यवस्था मिलाउन र शून्य शहनशीलताको नीति अनुरुप भ्रष्टाचार नियन्त्रणका लागि सबै सुरक्षा निकायहरू एक आपसमा समन्वय गर्दै कार्य सम्पादन गर्नुपर्ने बताउनुभएको छ ।
    विराटनगरको बिग होटलमा सोमबार आयोजित सुरक्षा सम्बन्धी समसामयिक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले उक्त कुरा बताउनुभएको हो । साथै उहाँले सुरक्षा निकायहरूले एक आपसमा समन्वय एवम् सहकार्य गर्दै शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा देखिएका विभिन्न समस्याहरूको समाधानको लागि थप सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।
    कार्यक्रममा गृह सचिव दिनेश भट्टराईले हालको सुरक्षा चुनौतिहरूलाई मध्यनजर गरी भरपर्दो सुरक्षा योजना अनुसार सुरक्षा व्यवस्था मिलाउन र आम नागरिकहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउन सबैको समन्वय र सहकार्य जरूरी रहेको बताउनुभयो । प्रदेशको शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउन नागरिकहरूमा सेवा प्रवाहको लागि सहजिकरण गर्दै विकास निर्माणलाई गति दिन र सु-शासन कायम गर्न सुरक्षा निकायलाई उहाँले निर्देशन दिनुभयो ।
    सो अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव डा. दिपक काफ्लेले प्रदेशको सुरक्षा व्यवस्थामा सबै सुरक्षा निकायको निरन्तर सहकार्य र समन्वय भइरहेको साथै चाडपर्व समेत नजिकिँदै गरेको अवस्थामा सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउनु पर्ने आवश्यकता रहेको बताउनुभयो ।
    कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नागरिकको मौलिक हक र अधिकारको संरक्षण गर्न नेपाल प्रहरी सदैव गम्भीर रहेको उल्लेख गर्दै समाजमा शान्ति सुरक्षा कायम राख्न नेपाल प्रहरी अहोरात्र सक्रियताका साथ खटिएको बताउनुभयो । खुल्ला सिमानाका कारण हुन सक्ने चोरी तस्करी नियन्त्रणमा सम्पूर्ण सुरक्षा निकायहरूले आपसी समन्वय गरी प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो ।
    कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले समेत सुरक्षा सम्बन्धी आ-आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
    कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रदेश प्रमुख र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुखहरुले समग्र प्रदेशको वर्तमान सुरक्षा अवस्थाको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो भने झापा, मोरङ, सुनसरी, ईलाम, धनकुटा र उदयपुरका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था र वस्तुस्थिति बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
    कार्यक्रममा सुरक्षा निकायका प्रदेश प्रमुखहरू, झापा, मोरङ, सुनसरी, ईलाम, धनकुटा र उदयपुर जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो भने पहाडी ८ जिल्लाका सुरक्षा निकायका प्रमुखहरूले भर्चुअल माध्यमद्वारा सहभागिता जनाएका थिए ।
    All reactions:

    147147

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    ताजा अपडेट
    • मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    • बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    • गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    • गण्डकी प्रदेश सरकार ‘Gen Z’ को भावना बुझ्न असफल — दलभन्दा माथि उठ्ने नेतृत्वको अभाव
    • प्रदेश संयोजक र केन्द्रीय संयोजकबीच हरेक आइतबार अनिवार्य बैठक बस्ने निर्णय

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.