रवीन्द्र माकाजू
नदीपुर वडा नं. ३ निवासी ९० वर्षिया रुद्रदेवी तुलाचन अहिले ब्रह्मकुमारी ईश्वरीय ज्ञानमा आवद्ध छिन् । १० वर्ष पहिले उनी माछामासु नभई खाना खान्नथिइन्, अहिले लसुन, प्याज जस्ता तामसी भोजनबाट बिल्कुल अलग छिन् । हरपल हरक्षण बाबाको (ईश्वरीय) चिन्तनमा सक्रिय छिन् । हुन त उनलाई धेरैले पोखरामा वरिष्ठ डाक्टर स्व.प्रकाश तुलाचनका धर्मपत्नीका रूपमा पनि चिनिन्छन् । उनका दुई सुपुत्रहरु डा. बालमुकुन्द तुलाचन र डा. विनोद तुलाचन दुवै स्वास्थ्य क्षेत्रमा सक्रिय छन् ।
आजभन्दा ९० वर्ष पहिले मुस्ताङको ताउलिन गाउँमा पिता रामप्रसाद र पदमकुमारी शेरचनका सुपुत्री रुद्रदेवीको १५ वर्षको उमेर डा.प्रकाश तुलाचनसँग विवाह भएको थियो । त्यसबेला गाउँमा विद्यालय थिएन । विवाह भएपछि मात्र उनले अङ्क र अक्षर चिन्ने अवसर पाइन् । ०६९ सालमा नारायणगढका ब्रह्मकुमार ओमभाइसँग रुद्रदेवीको भेट भयो । उनले ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयका बारेमा जानकारी दिए । यो विश्वविद्यालयले भारतको राजस्थानमा रहेको मधुवनमा घुमाउन लग्छ भन्ने जानकारी दिए । बरु त्यहाँ जान ७ दिनको कोर्स गर्नुपर्छ पनि भने । उनको सुझाव अनूरूप रुद्रदेवीले ७ दिनको कोर्स पुरा गरे ।
रुद्रदेवीलाई ७ दिनको कोर्सले झनै ईश्वरीय ज्ञानमा लाग्न पे्ररित ग¥यो । उनी दिनहुँ मुरली सुन्न जान थाले । साथीहरुसँग मधुवन पुगे । मधुवनमा पुगेपछि जीवनमा भएको नराम्रा कुरा छोड्नु पर्छ भने साथीहरुले । रुद्रकुमारीलाई लाग्यो– मेरो भोजन अशुद्ध छ । म माछामासु छोड्छु । साथीहरुले भने– तपाईंलाई खानामा माछामासु नभई हुँदैन, तपाईंले यो संकल्प पुरा गर्न सक्नुहुन्न यो संकल्प नगर्नुस् । संकल्प पुरा गर्न नसक्दा झनै वेचैन भईन्छ । विचार गर्नुस् आमा ! तर रुद्रदेवीले मनमा संकल्प गरिन्– म अब जीवनभर मांसाहार भोजन गर्दिन । उनी थकाली समाजमा हुने भोजभतेरमा पनि पुग्छिन् । तर घरकै खाना खाइवरी पुग्छिन् । उनलाई सभा समारोह, पार्टी कुनै बन्धन भएको छैन । उनी कसैलाई घृणा र द्वेष भावनाले हेर्दिनन् । सबैसँग आत्मीयता र पे्रमपूर्वक व्यवहार गर्दछिन् । घरका परिवारसँग सद्भाव र पे्रममय व्यवहार गर्ने हुँदा उनी घरपरिवार, छिमेकी सबैका प्रिय छिन् ।
ब्रह्मकुमारीमा लागेपछि उनले पढाई लेखाई लाई अगाडि बढाईन् । उनी अहिले राम्ररी पढ्न, लेख्न सक्छिन् । मुरलीका पाठ सजिलै पढ्छिन् । अहिले घरमै बसेर अनलाइनमा मुरली सुन्ने गर्छिन् । संकल्प भएमा पढ्न, लेख्न उमेरले पनि छेक्दो रहेनछ । रुद्रदेवी आमा ३ पटक मधुवन पुगेकी छिन् । तर अरूलाई मधुवन जाने धोको अझै पुरा भएको छैन । उनी भन्दछिन्– मलाई मधुवन जाने धोको त छ तर ९० वर्ष उमेर भएकाले जाने आँट आउँदैन ।
मधुरो र मिठो, नरम स्वरमा बोल्ने गर्दछिन् । आफ्ना श्रीमान् डा. प्रकाश तुलाचनले अस्पताल चलाइन्जेल औषधीहरु मिलाउने, बिरामीहरुको व्यवस्थापन पनि गर्दथिन् । उनी आफ्ना पति डा. प्रकाश तुलाचनको स्मरण गर्दै भन्दछिन्– डाक्टर प्रकाश अत्यन्तै मेहनती, लगनशील, निष्ठावान् र सेवा गर्न आतुर हुन्थे । रातमा आएका बिरामीलाई जतिबेला पनि उठेर सेवा दिन्थे ।
रुद्रदेवी कुनै जमानामा सुन्तला, नासपती, पुतनाको रक्सी बनाउँथे । उनले बनाएको रक्सी खान आफन्तहरु आउँथे । रुद्रदेवीले ती पुराना स्मृतिका दिनहरु कोट्याउँदै भने । रुद्रदेवीले दुबई, थाइलैण्ड, मलेसिया, चीन, सिंगापुर आदि मुलुकको भ्रमण गरिसकेका छन् । उनी खुशी छिन् । शरीरमा कुनै रोग छैन । परमात्मासँग उनको एउटै प्रार्थना छ– परमात्माको याद गर्दै यो नश्वर शरीर त्याग्न पाऊँ ।