• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, असार ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नयाँ सहरको पुरानै काम: बनेका संरचना कुरूप, मुख्य काममा प्रवेश नै पाएन


  •    संवाददाता/ आइतबार, असोज ०७, २०८०  

  • नमुना सहरका रूपमा विकास गर्ने घोषणा गरिएको १२ वर्षभन्दा बढी भइसक्दासमेत नयाँ सहरको कामले उपयुक्त गति लिन सकेको छैन। सरकारले आर्थिक वर्ष २०६७/६८ मा बैतडीको पाटनसहित देशभरका १० वटा सहरलाई नमुना सहर बनाउने घोषणा गरेको थियो।

    स्तरीय सडक पूर्वाधार, ढल निकास, फोहोरमैला व्यवस्थापन, व्यवस्थित बस्ती, घरघरमा खानेपानी, ढल निकास, फोहोर व्यवस्थापन केन्द्र, विद्युतीकरण, आधुनिक कभर्डहल, ५० शय्याको प्रविधिसम्पन्न अस्पताल निर्माण गर्नेसम्मका महत्वाकांक्षी योजना समेट्दै सरकारले २०६८ मा तयार पारेको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनमा उल्लेख गरेको थियो। साथै, तोकिएका नमुना सहरमा करिब एक लाख मानिसको बस्ती बसाउने सरकारको लक्ष्य थियो।

    बैतडीको पाटन नमुना सहरमा ‘नमुना’ काम भने एउटा पनि भएको छैन। बजार क्षेत्रमा सडक पूर्वाधार, सौर्यबत्ती जडान र खुलामञ्च निर्माणबाहेक गतिलो काम भएको छैन। पाटन बजार क्षेत्रमा मात्रै सीमित सडक पूर्वाधार निर्माणबाहेक अन्य नमुनाको काम नभएको हो।

    ‘कोर एरिया’ भन्दा बाहिर बढी काम

    पाटन नगरपालिकाको वडा नं ६ स्थित पाटन बजार क्षेत्रवरिपरि नै नयाँ सहरका रूपमा विकास गर्ने भनिएको हो। पाटन बजार क्षेत्रमा खुलामञ्च निर्माण, सौर्यबत्ती जडान र सडक निर्माणसँगै ढल निकासका केही काम भने भएका छन्। बसपार्क अझै निर्माण सम्पन्न भइसकेको छैन। बृहत् खानेपानी योजनाले पनि पूर्णता पाएको छैन।

    त्यसपछि पाटन बजार क्षेत्रभन्दा बाहिर पनि ग्रामीण क्षेत्रमा नयाँ सहरी विकास आयोजनाको कार्यालयले काम गरिरहेको छ। त्यसले गर्दा पनि पाटनमा काम देखिएको छैन। ग्रामीण क्षेत्रमा सडक कटान तथा स–साना खानेपानीका योजना पनि निर्माण गरिरहेको छ। पाटन बजार क्षेत्र परिसरमा नै भौतिक पूर्वाधार निर्माण गरी गौरवका आयोजना अझै बन्न सकेका छैनन्।

    हालसम्म पाटन नगरपालिकाका १० वटै वडाका विभिन्न ठाउँमा खानेपानीका योजनादेखि सडक कटानको काम गरिरहेको छ।

    बनेका संरचना भताभुङ्ग

    पाटन नयाँ सहर आयोजनाअन्तर्गत बनेका अधिकांश संरचना भताभुङ्ग छन्। आर्थिक वर्ष २०७१/७२ मा निर्माण सुरु गरिएको नमुना बसपार्क हालसम्म पनि सम्पन्न भइसकेको छैन। नमुना बसपार्क अहिले कुरुप बनेको छ। पार्किङका लागि तयार भए पनि प्रतीक्षालयदेखि अन्य संरचना नबन्दा प्रयोगमा आउन नपाउँदै कुरुप बनेको हो।

    नमुना मनोरञ्जन पार्कका रूपमा विकास गर्ने भन्दै निर्माण गरिएको हीरापुर पार्क पनि कुरुप बनेको छ। आन्तरिक तथा बाह्य पर्यटकका लागि भन्दै पाटन–६ को हिरापुरमा बनेका संरचना भत्किन थालेका छन्।

    जग्गा एकीकरणमा हलो अड्क्यो

    नमुना सहरका नमुना काममा पर्ने भनेको जग्गा एकीकरण अर्थात् ल्यान्ड पुलिङ हो। जग्गाधनीबाट जग्गा मागेर त्यस जग्गालाई प्लटिङ गरी घडेरीका लागि तयार पारेर फेरि ती जग्गाधनीलाई फिर्ता गर्ने प्रक्रिया हो। तर उक्त कामले प्रवेश नै पाएको छैन। जग्गाधनीले जग्गा दिन नमानेका कारण यो प्रक्रिया अघि नबढेका नयाँ सहर आयोजनाको कार्यालय पाटनले जनाएको छ। सुरुमा करिब ५० परिवारले जग्गा दिन माने पनि कार्यान्वयनको चरणमा लैजाने क्रममा जग्गा नदिने भनेपछि यो प्रक्रियामा प्रवेश नै नपाएको आयोजनाको कार्यालय पाटनका सूचना अधिकारी इन्जिनियर रोहितराज भण्डारीले बताउनुभयो।

    ‘जग्गा एकीकरणका लागि करिब १६० रोपनी जमिन आवश्यक पर्दछ। यो जग्गामा स्तरीय सडकबाटो, सार्वजनिक शौचालय, खानेपानीको सुविधा, खेल्ने चौरलगायतका संरचना बनाएर घर बनाउन आवश्यक पर्ने सुविधासम्पन्न घडेरी तयार पारी पुनः जग्गाधनीलाई दिने प्रावधान हो,’ भण्डारीले भन्नुभयो, ‘तर खेतीयाग्य जमिन स्थानीयले दिन नमानेपछि यो प्रक्रियाको सुरुवात हुन सकेको छैन।’

    जग्गा एकीकरणका लागि पाटन नगरपालिका–६ को डोबरा, बिस्ठ्यौडालगायतका क्षेत्र उपयुक्त रहेको भन्दै सुरुमा प्रक्रिया अघि बढाउने भनिएको थियो। त्यसपछि कार्यान्वयनको चरणमा लैजाने क्रममा स्थानीयले सहमति फिर्ता लिएका थिए। त्यसपछि ठोस प्रगति भएन।

    बजेट खर्चमा लापरबाही

    नमुना सहरको काम अपेक्षाअनुसार अघि नबढ्नुमा खर्च प्रगति निराशाजनक हुनु पनि हो। आर्थिक वर्ष २०७८/७९ मा १६ करोड बजेट आएको थियो। तर उक्त बजेटबाट ३ करोड मात्रै खर्च भयो। बाँकी १३ करोड खर्च हुन नसक्दा फिर्ता भयो। त्यस्तै, गत आर्थिक वर्षमा १२ करोड ९६ लाख बजेट आएकामा झन्डै ५ करोड बजेट फ्रिज गएको छ। विगतका वर्षमा अपेक्षाअनुसार खर्च गर्न नसक्दा बजेटसमेत घटेर आएको छ। चालू आवमा ८ करोड मात्रै बजेट आएको सूचना अधिकारी भण्डारीले जानकारी दिनुभयो।

    स्थानीय सरकारबाट प्रभावकारी पहल भएन

    नगर प्रमुखको संयोजकत्वमा रहेको नगर विकास समितिले पनि प्रभावकारी काम गर्न नसकेको देखिएको छ। जग्गा एकीकरणका लागि स्थानीयसँग समन्वय गर्ने र नमुना सहरलाई गति दिन प्रभावकारी काम नभएको पाइएको छ। साथै, सहमति जुटाउन र विकल्प दिनसमेत नगर विकास समितिले सकेको छैन।

    पाटनमा रहेको नयाँ सहर आयोजनाको कार्यालयमा हाकिम नभएका कारणले पनि समन्वय गर्न नसकिएको पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले बताउनुभयो। ‘नयाँ सहरको कार्यालयमा हाकिम नै छैनन्,’ रावलले भन्नुभयो, ‘त्यसकारण संयुक्त रूपमा बैठक बसाएर समन्वय गर्न समस्या छ। जसले गर्दा यहाँका स्थानीयहरुको द्विविधा अन्त्य गर्न सकस भएको छ।’

    पाटन नयाँ सहर आयोजनाको कार्यालयमा हाकिमको जिम्मेवारीमा अहिले सहरी भवन डिभिजन कार्यालय डोटीका हाकिमले हेरिरहनुभएको छ। कहिलेकाहीँ मात्रै नयाँ सहरको कार्यलय पाटनमा उपस्थित हुने भएकाले कार्यसम्पादनमा समस्या देखिएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कसले निमोठ्दै छ गणतन्त्रको घाँटि ?
    २०८२ साल जेठ १७ गते शनिबारको राशिफल
    २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल
    ताजा अपडेट
    • कसले निमोठ्दै छ गणतन्त्रको घाँटि ?
    • २०८२ साल जेठ १७ गते शनिबारको राशिफल
    • २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल
    • आजको राशिफल: २०८२ जेठ १५ गते बिहिवार
    • गाजामा भोकले बेहाल भीडले गर्‍यो सहायता केन्द्रमा हमला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.