• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, बैशाख ०७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

वालवालिकासँग जेष्ठ कलाकार अन्तरक्रिया कार्यक्रम सम्पन्न


  •    अभियान हाम्रो / आइतबार, असोज ०७, २०८०  

  • पोखरा, असोज

    महानगर बाल मञ्च पोखराको आयोजना र नगेन आर्ट एकेडेमीको समन्वयमा वालवालिकासँग जेष्ठ कलाकार नामक अन्तरक्रिया कार्यक्रम पोखरा–४, चिप्लेढुङ्गा स्थित घामपानी मार्केटमा रहेको नगेन आर्ट एकेडेमीको हलमा सम्पन्न भयो ।
    बरिष्ठ कलाकार गोपाल श्रेष्ठले निरन्तर कला सिर्जनामा लाग्यो भने सफलता पाइने बताउदै बेला बेलामा दुख आएपनि आत्तिन नहुने बताउनुभयो । बरिष्ठ कलाकार लोक प्रसाद गुरुङ्ग (एल.पी.)ले भारतमा विद्यालयबाट नै कला विषय नै पढाईरहेको बताउदै नेपालमा कलालाई महत्व दिन नसकेकोमा गुनासो व्यक्त गर्नुभयो ।  उहाँले भारतमा पढेको र ६ कक्षाबाट नै चित्रकला पढेको बताउदै भारतिय आर्मीमा हुँदाबाट नै चित्रकला बेचेको बताउनुभयो ।

    महानगर वाल मञ्च पोखराकी अध्यक्ष श्री स्वईच्छा सुवेदी ज्युको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमको सञ्चालन सचिव रश्मि गौतमले गर्नुभएको थियो । तेस्रो राष्ट्रिय कला प्रदर्शनी कार्यक्रमको समुद्घाटन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले गण्डकी प्रदेशको नक्साको चित्र कोरेर गर्नुभएको थियो । प्रदर्शनी भदौ २० बाट असोज २० गतेसम्म सञ्चालन रहनेछ ।

    यस्तै नगेन न्युज पब्लिकेशन प्रा.ली.का अध्यक्ष ज्योती हमालले राज्यले कला शिक्षालाई महत्व नदिएको हुनाले कला विकास हुन नसकेको बताउदै पोखरामा कलाको एकेडेमी खोलेर दक्ष कलाकार उत्पादन गर्ने उद्देश्यले नगेन आर्ट एकेडेमी सञ्चालनमा ल्याइएको जनाउनुभयो । हमालले कलाकारको सम्मान नभएका कारण नेपालबाट कलाकार पलायन हुने अवस्था आएको बताउदै नेपालमा न त आर्ट सेन्टर छ न त आर्ट ग्यालरी नै जसका कारण चित्रकला प्रदशनीमा समस्या भएकोले नगेन आर्ट एकेडेमीले कलाकारले सिर्जना गरेका कला अब कहाँ प्रदर्शर्नी गर्ने भनेर भौतारिनु नपर्ने वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्नु भयो ।

    प्रदर्शनीमा सात प्रदेशका १४ वटा जिल्लाका १ सय ४० जना कलाकारहरुले कोरेका चित्रहरु रहेको छ । यस प्रदर्शनीमा ६ӿ८ ईन्च देखि ५ӿ६५ फिटको बिशाल कलाकृति रहेको र सोको मुल्य १ हजारदेखि १ करोड ५० लाखसम्म रहेको कार्यक्रम संयोजक प्रमिशा सिलवालले जानकारी दिनुभयो । यस प्रदर्शनी कार्यक्रमको सहयोगी सस्था पोखरा प्रज्ञा प्रतिष्ठान, खल्ती एप र अफिसियल मिडिया परिचय नेटवर्क रहेको छ ।

    प्रदर्शनीमा लोक प्रसाद गुरुङ्ग (एल.पी.) कास्की, गोपाल श्रेष्ठ–कास्की, केदार पालिखे–कास्की, पदम घले–कास्की, पारु अधिकारी–कास्की, आयान रोनियार–पर्सा, रिङ्की कुमारी बर्नवाल–चितवन, सुरेम देसार–ललितपुुर, दिल्ली कृष्ण आले–धनकुटा, रश्मी बराल–कास्की, शिव स्रिपाली–कास्की, अनमोल रिजाल–कास्की, तिलक पुन–कास्की, राजु चित्रकार–ललितपुर, चन्द्र रम्तेल–कास्की, आयुष बाटाजु–कास्की, प्रिसा तिम्सिना–कास्की, बनु माया गुरुङ्ग–कास्की, आशिया नेपाली–कास्की, अशिम घमाल–कास्की, आयुष पराजुली–कास्की, आरोन बाबु लिगल–कास्की, फियोना गुरुङ्ग–कास्की, छितिस अधिकारी–कास्की, अल्जीना राई–कास्की, सलोनी मिस्र–कास्की, स्मारिका विश्वकर्मा–कास्की, अंकिता सुनार–कास्की, सपना थापा–कास्की, बिनोद थापा–कास्की, सुजल छन्त्याल–म्याग्दी, इन्दु सेन–कास्की, भुषणक्राज भण्डारी–कास्की, शाश्वतमान श्रेष्ठ–कास्की, सानीका पौडेल–कास्की, अमन कार्की–कास्की, नरेश विष्ट–दार्चुला, मिलन थापा–भक्तपुर, तिर्थ निरौला–धरान, यश कुमार श्रेष्ठ–कास्की, रुद्र वली–कास्की, साधना ढुङ्गाना–कास्की, बुद्धि गुरुङ्ग–कास्की, गोपी श्रेष्ठ–सर्लाही, मछिन्द्र शाक्य–बाग्लुङ, सन्जिप लामिछाने–कास्की, केशर गुरुङ्ग–कास्की, नगेन सिंह–कास्की, प्रमिशा सिलवाल–कास्की, कमल नेपाली–कास्की, सोहन शर्मा–कास्की, सरहान प्रधान–धनकुटा, मिक्सेन लिम्बु–धनकुटा, कृति शाह–ललितपुर, रोविन राई–धनकुटा, आशिष अधिकारी–कास्की, सुरज सुवेदी–बाँके, वाइ।सि।भुत्तेल–कास्की, बिक्रम शिशिर–सुर्खेत, राधेश्याम मुल्मी–कास्की, सुभन्ता पौडेल–कास्की, शिला घिमिरे–कास्की, उज्जवल अधिकारी–कास्की, मिना–कास्की, नजोज्सा सिंह–कास्की, जोनाशा सिंह–कास्की, मान्या सिंह–कास्की, आयुष गुरुङ्ग–स्याङ्जा, महेश आचार्य–स्याङ्जा, रुक्साङ्ग पुन –कास्की, एल। पि गुरुङ्ग– कास्की, आयान पौडेल– कास्की, निर्भान बराल–कास्की, श्रेया हाडा श्रेष्ठ, शुश्मा श्रेष्ठ, डा। सिमा शाह , उमाशंकर शाह, रमेश खनाल, मुकेश मल्ल, पुराण खड्का, सुष्मा राजभण्डारी, जस्मिन राजभण्डारी, चन्दा श्रेष्ठ, सम्झना राजभण्डारी, शंकर शर्मा, उत्तम नेपाल, शिव प्रसाद न्यौपाने, राजेश मानन्धर, राजन खड्का, सुरेन्द्र प्रधान, महेश आचार्य, अर्जुन खालिङ्ग, एन।बि। गुरूङ्ग, मदन श्रेष्ठ, संगिता घिमिरे, नेम बहादुर तामाङ्ग प्रमोद, रमेश विकल, राजु पिठाकोट, वि।आर। श्रेष्ठ , डि। राम पाल्पाली, टिका दत्त दाहाल, भिषण राजभण्डारी, निरज चित्रकार, केशवराज खनाल, अनिता खनाल, घनश्याम गुरागाँई, गोपी श्रेष्ठ, ज्योति प्रकाश वि।क।, मञ्जु सेउला, बिपना महर्जन, हितमान गुरूङ, राजेन्द्र कुवंर, मुकेश ताम्राकार, सुष्मा भट्ट, नगेन सिहं, विशाल राना मगर, सन्तोस राई, राजेन्द्र नापित, नकुल विश्वकर्मा, सुदिन श्रेष्ठ, कर्ण दुरा, यदु बलामी, श्यामा रम्तेल बाबु, प्रमीला लामा, कृष्ण देव महर्जन पुजा, किशोर नर्कर्मी, कृष्ण राउत, राम बहादुर ठाडा, देबेन्द्र पाण्डे, विक्रम तामाङ, सुमन शाक्य रहेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.