• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

राष्ट्रिय मानव अधिकार आयोग नेपालको श्रेणी घटुवाको सिफारिसको विषयलाई चिन्तित


  •    अभियान हाम्रो / शनिबार, असोज ०६, २०८०  

  • इन्सेक लगायत नागरिक सङ्घसंस्थाका विभिन्न सञ्जालहरूले राष्ट्रिय मानव अधिकार आयोग नेपालको श्रेणी घटुवाको सिफारिसको विषयलाई चिन्तित भएको जनाएका छन् ।

    इन्सेक सहित २५ ओटा नागरिक सङ्घसंस्थाहरूका सञ्जालहरूको काठमाडौँमा बसेको ०८० असोज ४ गतेको बैठकले सात बुँदे निर्णय गर्दै राष्ट्रिय मानव अधिकार संस्थाहरूको अन्तर्राष्ट्रिय समन्वय समिति (ग्लोवल एलाइन्स अफ नेशनल ह्युमन राईट्स इन्सिट्युसन ‘गानरी’) को उपसमितिले राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीको नियुक्ति प्रक्रियाको आधारलाई लिएर मात्र नेपालको राष्ट्रिय मानव अधिकार आयोगलाई ‘ख’ श्रेणीमा झार्न गरेको सिफारिस उचित नभएको ठहर गरेको हो ।

    तत्कालिन समयमा राष्ट्रिय मानव अधिकार आयोग नेपालका पदाधिकारीहरू चार महिनादेखि रिक्त रहेकाले आयोगले सरकारलाई गर्नु पर्ने सिफारिसहरू समयमै हुन नसकेको र मानव अधिकार आयोगको कार्यसम्पादन र कार्यसम्पादनमा प्रतिकूल असर परेको कुरा बैठकले गानरीलाई स्मरण गराएको छ ।

    बैठकले भनेको छ, ‘संविधानको धारा २८४ बमोजिम संवैधानिक परिषद्ले राष्ट्रिय मानव अधिकार परिषद्का पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिना अगावै नियुक्तिका लागि सिफारिस गर्नु पर्ने र सिफारिस गरिएका उम्मेदवारहरूले ४५ दिनभित्र संसदीय सुनुवाइ गर्नु पर्ने थियो । तर सोही समयमा संसद विघटन भएका कारण सुनुवाइ हुन नसकेकाले संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले पदाधिकारी नियुक्त गर्नुभएको हो । पदाधिकारी नियुक्ति प्रक्रियाको मुद्दा अहिले अदालतमा विचाराधीन छ ।’

    राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीको नियुक्ति प्रक्रियाको आधारलाई लिएर हाल अदालतमा मुद्दा विचाराधीन रहेकाले उक्त फैसला नभइन्जेल सम्मका लागि गानरीले अदालतलाई सम्मान गर्नु पर्ने मत समेत बैठकले जाहेर गरेको छ ।

    बैठकले पदाधिकारी नियुक्ति भएदेखि नै राष्ट्रिय मानव अधिकार आयोगले संवैधानिक र कानुनी कार्यादेश अनुसार स्वतन्त्र रूपमा काम गरिरहेको तर राष्ट्रिय आयोगले मानव अधिकारका सबै समस्यालाई सम्बोधन गर्न र सरकारलाई जवाफदेही बनाउन थप सक्रिय हुनुपर्ने बताएको छ ।

    बैठकले नागरिक सङ्घसंस्थाले मानव अधिकार आयोगसँग कुनै पनि मानव अधिकार उल्लङ्घनका घटनाक सन्दर्भमा सूचना आदानप्रदान र अन्तर्क्रियाका सहज पहुँच अनुभव गरिरहेको उल्लेख गरेको छ ।

    त्यसैगरी बैठकले राष्ट्रिय मानव अधिकार आयोगले दलितको अधिकार, महिला हिंसा जस्ता सीमान्तकृत जनताका मानव अधिकारका मुद्दाहरूमा पहिलेभन्दा धेरै ध्यान दिइ वकालत गरिरहेको जनाएको छ ।

    बैठकले नेपालका नागरिक समाज र नागरिक समाजका संस्थाहरूले राष्ट्रिय मानव अधिकार आयोगको कामको निरन्तर समीक्षा र अनुगमन गरिरहेको बताउँदै गर्दै राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीहरूको नियुक्ति प्रक्रियाले राष्ट्रिय मानव अधिकार आयोग नेपालको स्वतन्त्रता, स्वायत्तता र प्रभावकारितामा कुनै पनि हिसाबले सम्झौता नगरेकाले नेपालको राष्ट्रिय मानव अधिकार आयोगको बरियतालाई ‘क’ वर्गमा कायमै राख्न गानरीको उपसमितिलाई अनुरोध समेत गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    ताजा अपडेट
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    • संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    • सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    • विवाह कार्यक्रमममा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ
    • आज २०८३ साल वैशाख ८ गते मंगलबारको तपाइको आजको राशिफल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.