• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, कार्तिक २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रोल्पामा बालविवाह अन्त्यका लागि धार्मिक गुरुहरुले प्रतिवद्धता जनाए


  •     अभियान हाम्रो/ शुक्रबार, असोज ०५, २०८०  

  • दिपक पुन मगर

    रोल्पामा बालविवाह अन्त्यका लागि धार्मिक गुरुहरुले प्रतिवद्धता जनाएका छन् । बिहीबार रोल्पाको लिबाङमा आयोजित अन्तरक्रियामा बोल्दै धर्मगुरुहरुले आफ्नो धार्मिक संस्थाहरुबाट बालविवाह अन्त्य गर्नका लागि सक्दो भूमिका खेल्ने बताएका छन् । जसका लागि एक सञ्जालसमेत गठन गरिएको छ । जसमा हिन्दु धर्मालम्बीको तर्फबाट विनोद आचार्य, उपाध्यक्षमा क्रिश्चियन धर्मालम्बीबाट इश्वरी पुन, सचिवमा ब्रम्हकुमारीबाट उमा आचार्य रहनुभएको छ । त्यस्तै सदस्यहरुमा हिन्दुबाट ओविलाल केसी र नरबहादुर थापा रहनुभएको छ भने अन्य सदस्य पछि थप गर्ने बताइएको छ ।

    सोही कार्यक्रममा निरन नेपालका रुविन पाख्रिन र विमला गैरेले बालविवाह अन्त्य गर्नका लागि धर्मगुरुहरुले खेल्नुपर्ने भूमिकाका विषयमा प्रशिक्षण दिनुभएको थियो । अन्तरक्रिया कार्यक्रमको उदघाटन गर्दै रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा (घर्ती)ले बालविवाहका कारण धेरै कुरामा समस्या पर्ने भन्दै त्यसलाई रोक्नका लागि सबैले आ–आफ्नो ठाउँमा सकारात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो । बालविवाह विश्वव्यापी समस्या रहेको बताउँदै उहाँले रोल्पा नगरपालिकाले पनि बालविवाहविरुद्ध कार्यक्रमहरु गरिरहेको जानकारी दिनुभयो ।

    कार्यक्रममा बोल्दै रोल्पा नगरपालिकाका उपप्रमुख गीता आचार्यले बालविवाहका कारण सबैभन्दा धेरै महिला पीडित हुने गरेको बताउनुभयो । महिलाहरुलाई अहिले पनि महिनाबारी बार्ने चलन रहीआएको बताउँदै उहाँले यस्ता विभेदविरुद्ध पनि धार्मिक गुरुहरुले भूमिका खेल्नुपर्ने बताउनुभयो । त्यस्तै रोल्पा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद भण्डारीले धार्मिक आस्था जसको जता भएपनि सबैको साझा समस्याको रुपमा रहेको बालविवाहलाई अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । धार्मिक सहिष्णुतासहित सामाजिक जागरणमा धर्मगुरुहरुले काम गर्नुपर्ने बताउँदै प्रहरी नायब उपरीक्षक श्याम सारुमगरले बालविवाह गैरकानूनी भएको बताउनुभयो ।

    मधेश मानवअधिकार गृह (माहुरी होम)को आयोजना, युएनएफपिए र भिएसओको सहयोगमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नवीन लोचनमगर, युएनएफपिए रोल्पाका संयोजक केदार रानामगर, रोल्पा नगरपालिका महिला शाखा प्रमुख पवित्रा बुढामगर, नेपाल मानवअधिकार संगठनका अध्यक्ष विनोद आचार्य लगायतको आतिथ्यता रहेको थियो । माहुरी होमका बरिष्ठ उपाध्यक्ष रामदयाल ठाकुरको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन माहुरी होमका जिल्ला सुपरभाइजर लोकेन्द्र सेनले गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    ताजा अपडेट
    • मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    • बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    • गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    • गण्डकी प्रदेश सरकार ‘Gen Z’ को भावना बुझ्न असफल — दलभन्दा माथि उठ्ने नेतृत्वको अभाव
    • प्रदेश संयोजक र केन्द्रीय संयोजकबीच हरेक आइतबार अनिवार्य बैठक बस्ने निर्णय

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.