• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, माघ २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

मारिनु अगाडि प्रहरीकहाँ किन पुग्यो त्यो युवक?


  •    संवाददाता/ शुक्रबार, असोज ०५, २०८०  

  • वीरगन्जको छपकैयामा असोज २ गते बिहान एक युवाको शव फेला पर्‍यो। उक्त शव दुई दिनसम्म प्रहरीले बेवारिसे बताउँदै आएको थियो। तर पछि प्रहरीलाई शवको पहिचान थाहा भएको र उनीहरूकै उदासीनताका कारण ती युवा मारिएको भएको आरोप लागेको छ। खासमा ती युवा मारिनु अगाडि प्रहरीकहाँ पुगेका थिए तर किन?

    वीरगन्ज छपकैयामा फेला परेको उक्त शव अरविन्द कुमार सराफ हो। सराफको मृत्यु हुनु भन्दा पहिला साथीहरूसँग विवाद परेको थियो। जसका बारेमा नजिकै रहेको छपकैया प्रहरी ‘बिट’ लाई जानकारी थियो। तर समयमै प्रहरीको सक्रियता नदेखिएकोले उनको मृत्यु भएको आफन्तको आरोप छ।

    मृतक सराफ कलैया बारा जिल्ला कलैया निवासी थिए। असोज एक गते घरबाट वीरगन्ज आएका सराफ दिनभरि विभिन्न काम गरी साँझ साथीसँग लागुऔषध सेवनमा लागेको बताइन्छ। साँझ वीरगन्ज छपकैयाकै लागुऔषध सेवनकर्ता ‘मौलवी’ नामले चिनिने साथीसँग विवाद बढेको बताइन्छ।

    ‘मौलवी’ र मृतक सराफको बिच राती करिब ११ बजेतिर पर्सलाई लिएर बढेको विवाद प्रहरी बिटसम्म पुगेको थियो। मौलवीको पर्सलाई नसाको झोकमा सराफले आफ्नो दाबी गरेको कुराको वास्तविकता बुझेर छपकैया बिटका प्रहरीले उक्त पर्स मौलवीलाई जिम्मा लगाएको थियो।

    त्यति बेला युवकहरूको अवस्था र उनीहरूको झगडालाई गम्भीरताका साथ नलिएकाले सराफको मृत्यु भएको आफन्तजनको आरोप छ। पारिवारिक सूचनाका अनुसार छपकैया प्रहरी बिटमा विवाद चलिरहँदा मृतक सराफ पुरै अचेत अवस्थामा थिए। “प्रहरीकै अगाडि अचेत अवस्थामा रहेका सराफका बारेमा प्रहरीले कसरी विवाद सल्टायो र मान्छेलाई किन छाडियो ?” आफन्तको प्रश्न छ, “आफ्नो नियन्त्रणमा किन लिएनन् अथवा घर परिवारका व्यक्तिलाई किन जिम्मा लगाइएन ?” यसले गर्दा प्रहरीको गम्भीर लापरबाहीका कारण उनको मृत्यु भएको आरोप परिवारजनको छ।

    राती झगडा मिलाएर पठाएको व्यक्तिलाई नै बिहान प्रहरीले बेवारिसे किन भन्यो ? यो प्रश्नले घटनालाई झन् गम्भीर बनाएको छ। मृतक सराफको पहिचानबारे हिजोसम्म पर्सा प्रहरी बेखबर थियो। कारण–उनीसँगै परिचय खुल्ने कागजात थिएन, जसका कारण प्रहरीलाई तनाव थियो। त्यसपछि प्रहरीले शव पहिचान नभएको भन्दै सूचना पनि जारी गर्‍यो। तर त्यति हुँदासम्म पनि छपकैया प्रहरी बिट मौन किन थियो। प्रहरीको सूचनाले पहिचान सहित धेरै कुरा खोली दियो।

    घटनाबारे अहिले अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको वास्तविकता खुल्ने पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बताउनुभयो। उहाँले बाटोको झगडा सल्टाउने कार्य मात्र प्रहरीले गरेको बताउँदै भन्नुभयो, “कुनै पनि व्यक्तिलाई हिरासतमा राख्न वा थुनछेक गर्दा पक्राउ पुर्जी चाहिन्छ, बाटोको झगडा त्यही मिलाए पछि दुवै जना त्यहाँबाट छुटिएर हिँडे पछि प्रहरीको के लाग्छ र ?”

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.