• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, असार ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

छोरीसहित आधा शरीर जलेको अवस्थामा आफ्नै घरभित्रै मृत फेला परेका आमा छोरीको हत्या प्रेम सम्बन्ध लुकाउन पूर्वप्रेमीले गरेको खुलासा

" छोरीसहित आधा शरीर जलेको अवस्थामा आफ्नै घरभित्रै मृत फेला परेका आमा छोरीको हत्या प्रेम सम्बन्ध लुकाउन पूर्वप्रेमीले गरेको खुले "

  •    अभियान हाम्रो डट कम / शुक्रबार, असोज ०५, २०८०  

  • सल्यानको त्रिवेणी गाउँपालिका–२ झालेढुंगा थापा टोलकी २९ वर्षीया रेवती थापा र उनकी ९ महिनाकी छोरी ऋतुको भदौ ३० गते बिहान आफ्नै घरभित्र कोठामा शरीरको आधा भाग जलेको अवस्थामा शव फेला परेको थियो।

    यो हत्याकाण्डमा रेवतीका पूर्वप्रेमी सिद्धकुमाख गाउँपालिका–२ का २८ वर्षीय कर्णबहादुर बस्नेतले गरेको तथ्य खुलेको जिल्ला प्रहरी प्रमुख डिएसपी नबीन कार्कीले बताए।

    दुबईबाट २६ गते घर आएका कर्णबहादुर दुई दिन घरमै बसेर २९ गते राति पौने १० बजेतिर रेवतीको घरमा पुगेका थिए। जतिखेर रेवतीका आमा छोरी सुतिसकेका थिए। कर्णले ढोका ढकढक पारेपछि रेवतीले को हो? भन्दा कर्णले आवाज दिए। रेवतीले आवाज चिन्नासाथ ढोका खोलिदिइन्। ढोका खोल्नासाथ कर्णले रेवतीको घाँटी न्याके र कपडाले कसे। उनी बेडमै लडेपछि त्यसैमा पेट्रोल छर्केर आगो सल्काइदिए। रेवतीसँगै नौ महिनाकी छोरी ऋतु मस्त निन्द्रामा थिइन्। बेडमा पेट्रोल छर्केर आगो झोसेपछि त्यो दन्कियो। त्यो आगोले नौ महिनाकी ऋतुका साथै उनकी आमाको मृत्यु भएको डिएसपी कार्कीले बताए। आमा छोरीको शरीर आधा जलेको अवस्थामा फेला परेको थियो।

    कर्णबहादुरको घर रेवतीको भन्दा झन्डै ३२ किलोमिटर टाढा छ।

    घटना घटाएपछि कर्ण नजिकै गाउँमै एक जनाको घरमा बास मागेर बसे। त्यहाँबाट कर्ण बिहान ३ देखि ४ बजेतिर उठेर आफ्नो घरतर्फ लागे।

    डिएसपी कार्कीका अनुसार ७ वर्ष पहिले कर्ण र रेवतीका बीचमा सामाजिक सञ्जाल फेसबुकमार्फत् चिनजान भएको थियो। कर्ण विवाहित थिए। रेवती भने अविवाहित। उनीहरूको प्रेम सम्बन्ध शारीरिक सम्बन्धसम्म पुग्यो। उनीहरू आपसमा बिहे गर्न मन्जुर भएका थिए। कर्णले पहिल्यै विवाह गरेको थाहा पाइसकेपछि पनि रेवती कर्णसँग विवाह गर्न राजी बनेकी थिइन्। तर, सन् २०१८ मा कर्ण दुबई गए। त्यसपछि रेवतीले त्रिवेणी गाउँपालिका – २ झालेढुंगा थापा टोलका सुकलाल थापासँग बिहे गरिन्। रेवती आफूलाई धोका दिएको भन्दै कर्णले बदलाको भावसहित इगो पाल्दै आएका थिए।

    रेवती र कर्णले आपसी सम्बन्धमा ती शारीरिक सम्बन्धका थुप्रै फोटो र भिडिओहरू बनाइराखेका थिए। त्यस्ता फोटो र भिडिओ दुवैसँग थिए। त्यस्तै फोटोहरूका कारण एक पटक रेवती र उनका श्रीमान सुकलाल बीचको सम्बन्ध निकै चिसिएको भए पनि विस्तारै उनीहरूका बीचमा कुरा मिलेको प्रहरी बताउँछ।

    रेवतीले विवाह गरेको २ वर्षपछि फेरि कर्णले विभिन्न माध्यमको प्रयोग गरी रेवतीसँग सम्बन्ध स्थापित गरेका थिए। त्यतिखेरदेखि उनीहरूका बीचमा तिनै प्रेम सम्बन्धका फोटो र भिडिओका कारण विवाद चुलिँदै गएको थियो। ती तस्बिरहरू डिलिट गर्नुपर्ने विवादको मुख्य कारण थियो।

    कर्णलाई पनि ती फोटोहरू सार्वजनिक भए आफ्नो प्रतिष्ठा गुम्ने त्रास थियो। रेवतीले भने फोटोहरू डिलिट गर्न मानिरहेकी थिइनन्। विगत ८ महिनादेखि उनीहरूका बीचमा विवाद चर्किंदै गएको थियो।

    त्यही समयदेखि नै कर्ण प्रमाण मेटाउनका लागि रेवतीको हत्या गर्नु नै उचित हो भन्ने गलत निष्कर्षमा पुगेर हत्याको योजना बुन्दै आएको तथ्य खुलेको डिएसपी कार्कीले बताए।

    नेपाल आएर रेवतीको हत्या गर्ने योजनाका साथ दुबईमै छँदा कर्णले ४ महिना पहिले कार्यरत ठाउँमा बिदासमेत मागेको भए पनि बिदा नमिलेको हुँदा योजना विफल भएको बयान कर्णले दिएको डिएसपी कार्कीले बताए।

    पछिल्लो समय उनी भदौ २६ गते मात्रै घर फर्केका थिए। उनी यतिखेर नेपाल आउनुको कारण पनि रेवतीको हत्या गर्नुबाहेक अर्को योजना नरहेको प्रहरी बताउँछ। सोही सोचका साथ घर आएका कर्णले दुई दिन आफ्नो घरमा बसेपछि तेस्रो दिनमा रेवतीको हत्या गरेका थिए।

    हत्यालगत्तै सुटुक्कै फेरि विदेश फर्किने कर्णको योजना थियो। माल्टा जानका लागि उनले पहिलै एजेन्टलाई दश लाख नगद बुझाइसकेको प्रहरी बताउँछ। तर, रेवतीसहित उनकी नौ महिनाकी छोरीको विभत्स हत्याको खुनले बाटो दिएन। विभिन्न अनुसन्धान गर्दै जाँदा असोज ३ गते प्रहरीले उनलाई पक्रन सफल भएको थियो।

    प्रहरीका अनुसार कर्णले विदेशबाट काठमाडौं फर्किनासाथ एक पटक मात्रै रेवतीसँग फोनमा कुराकानी गरेका थिए। त्यसपछि उनले रेवतीसँग कहिल्यै संवाद गरेका थिएनन्। हत्या हुँदा रेवतीका श्रीमान रोजगारीको सिलसिलामा छिमेकी देश भारतमा थिए। श्रीमती र छोरीको मृत्युको खबर सुनेपछि तीन दिनपछि मात्रै उनी फर्केका थिए। असोज २ गते उनी आएपछि आमा छोरीको अन्त्येष्टि गरेका थिए।

    प्रहरीका अनुसार कर्णका श्रीमती, एक १४ बर्षीया छोरी र एक छोरा पनि छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कसले निमोठ्दै छ गणतन्त्रको घाँटि ?
    २०८२ साल जेठ १७ गते शनिबारको राशिफल
    २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल
    ताजा अपडेट
    • कसले निमोठ्दै छ गणतन्त्रको घाँटि ?
    • २०८२ साल जेठ १७ गते शनिबारको राशिफल
    • २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल
    • आजको राशिफल: २०८२ जेठ १५ गते बिहिवार
    • गाजामा भोकले बेहाल भीडले गर्‍यो सहायता केन्द्रमा हमला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.