• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, असार ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सकसपूर्ण जीवन बिताउँदै धमिलिकुवा पौवाटोलका भूमिहीन दलित समुदाय


  •    अभियान हाम्रो/ बिहिबार, असोज ०४, २०८०  

  • राइनास नगरपालिका– ६ धमिलिकुवा पौवा टोलका भूमिहीन दलित समुदायहरु सकसपूर्ण दैनिकी र अन्यौलग्रस्त जीवनयापन गर्न बाध्य छन् । यसका बारेमा सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।

    दैनिक जीवनयापन, बालबालिकाको लालनपालन, शिक्षाआर्जन र स्वास्थ्योपचार जस्ता विषयमा समस्या झेल्दै आएका पौवा बासीको अवस्था बारे स्थानीयतह देखि सामाजिक संघसंस्था र सबै तहका सरकार बेखवर छन् ।

    अधिकांश बासिन्दा राइनासकै प्यारजुङ र केही परिवार सुन्दरबजारको कुन्छाबाट त्यहाँ गएर सार्वजनिक जग्गामा बसोबास गर्दै आएका हुन् । १३ घरपरिवार रहेको पौवा बासीको घरबास र खेतीपातीका लागि आफ्नै जग्गा छैन भने घर समेत सुरक्षित र व्यवस्थित छैनन् । कमाई गरिखाने जमिन नभएकै कारण कृषि उत्पादन र पशुपालनमा अघि बढ्न नसकिएको र त्यसकारण राम्रो कमाई गर्न समेत नसिकएको अगुवा महिला विष्णुमाया परियार बताउनुहुन्छ । कसैको पनि नियमित रोजगारी नभएको हुँदा मेलापातकै भरमा खानपान र लालनपालन गर्दै आएको उहाँले बताउनुभयो ।

    कसैले अधिँया खेती गर्दै आएको भएपनि त्यसले लामो समय नपुग्ने हुँदा किनेरै खानुपर्ने बाध्यता रहेको छ । नियमित आम्दानीको स्रोत नभएकाले उनीहरुले जहिल्यै आर्थिक अभाव भोग्नु परेको छ । भूमिहीनको समस्या र बस्ती व्यवस्थापन जस्ता समस्या समाधान प्रति वडा, नगरपालिका वा त्यस भन्दा माथिल्लो निकायको चासो नदेखाएको पौवा बासीको गुनासो छ ।

    उक्त बस्तीमा आर्थिक अवस्था सवल नभएको, बालबालिका नियमित रुपमा विद्यालय नजाने र बालविवाह मुख्य समस्या रहेको पाइएको छ । विद्यालय जाने उमेरका बालबालिका ३० जना रहेका र ९ कक्षा माथि पढ्ने भने कोही पनि छैनन् ।  त्यहाँ बासिन्दा अधिँया खेतीपाती गर्ने, बाख्रा, सुँगुर बँगुर पाल्ने गरेरै जीविकोपार्जन गर्दै आएको र पछिल्लो समय महिलाहरुले पञ्चेबाजा बजाउने सीप विकास गर्दै आएका छन् ।

    यस विषयमा उक्त बस्तीका लागि धेरै ठूला योजना र कार्यक्रम गर्न नसकिए पनि गतसाल पञ्चेबाजा खरिदमा सहयोग गरिएको, बिजुलीको पोल उपलब्घ गराइएको र गल्लीमा ढुंगा छाप्ने काम भएको उक्त वडाका अध्यक्ष गोविन्द चिलुवालले बताउनुभयो । सो वस्तीका विद्यार्थीले विद्यालय छाड्ने क्रम बढ्दो देखिएकाले अब शैक्षिक सहयोगको कार्यक्रम गर्ने सोच बनाइएको र त्यसलाई कार्यान्वयन गराएरै छाड्ने पनि उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कसले निमोठ्दै छ गणतन्त्रको घाँटि ?
    २०८२ साल जेठ १७ गते शनिबारको राशिफल
    २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल
    ताजा अपडेट
    • कसले निमोठ्दै छ गणतन्त्रको घाँटि ?
    • २०८२ साल जेठ १७ गते शनिबारको राशिफल
    • २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल
    • आजको राशिफल: २०८२ जेठ १५ गते बिहिवार
    • गाजामा भोकले बेहाल भीडले गर्‍यो सहायता केन्द्रमा हमला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.