• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन २३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सन्तोष मौसुफले लेखिएको कथा एक चोटी पढ्नै पर्ने

"सन्तोष मौसुफ कथा एक चोटी पढ्नै पर्ने  "

  •     अभियान हाम्रो/ बिहिबार, असोज ०४, २०८०  

  • उमा र गिता राम्रा साथी थिए। दुई जना एउटै गाउँमा बस्नुको कारण साथी बनेका थिए। एकदिन गिता ले उमालाई फोन गरेर केही दिनको लागि भन्दै करिब ३५ हजार रुपैयाँ सापट मागिन। उनले छिटै दिन्छु भनेर उमालाई बिश्वास दिलाइन।
    उमा धेरै टाइटले आफ्नो घर खर्च चलाउथिन पहिला त उनले हुँदैन भनेर भन्न लागेकी थिइन तर फेरि सोचिन कि गिताले पहिलोपटक आफुसँग मागेकी छ बास्तबमा उनलाई आवश्यकता भएरै मागेकी हुनुपर्छ। उमाले तुरुन्तै गिताको एकाउन्टमा पैसा ट्रास्फर गर्दिन। प्राय उमा साँझमा तरकारी किनेर आउँदै गर्दा गिता र अन्य साथीहरू समुहमा कुरा गरेको देखेर हालखबर बुझ्नको लागि रोकिन्थिन। यसै बिचमा उनले नोटिस गरिन कि गिता अन्य महिलाहरूको अगाडी धेरै देखावा गर्ने गर्थिन, सबैलाई आफुले किनमेल गरेको कुरा सुनाइ रहन्थिन। उमा गिताको कुरा सुनेर चकित भइन किनकि गिताले त आफुसँग पैसा छैन भनेर आफुसँग पैसा मागेकी थिइन फेरि यत्रोविधि फिजुल खर्च गरेकी छिन।
    यता एक महिना भन्दा बढी भैसक्दा पनि अहिलेसम्म गिताले आफ्नो पैसा फर्काइदिएकी छैन। एकदिन उमाको छोरीको स्वास्थ अवस्था अचानक बिगृयो, उनको श्रीमान बिदेशमा थिए। उनले छोरीलाई तत्काल अस्पताल लिएर गइन, समयमै उपचार त भयो तर घरमा त्यतिको पैसा राखेकी थिइनन् र बैंक बाट निकाल्ने समय पनि थिएन। केही पैसा त उनिसँग मोबाइल पेटियम थियोे तर अरु परिक्षणको लागि पैसाको आवश्यक थियोे।
    उमाले सोचिन गिताबाट आफ्नो पैसा अनलाइन ट्रांसफर गर्नको लागि भन्छु त्यसैपनी उनले केही दिनपछि फिर्ता गरिहाल्छु भनेर लगेकी पनि दुई महिना हुनलागेको थियोे। जब उमाले गितालाई फोन गरिन तब उमाको कुरै नसुनी म अहिले बाहिर छु भनेर फोन काटिन। उमाले WhatsApp मा छोरी बिरामी भएर हस्पिटल ल्याएको र तुरुन्तै पैसा चाहियो भनेर म्यासेज पनि गरिन, तब गिताले उमाले पठाएकी म्यासेज हेरिन र केही उत्तर दिइनन।
    उमाको श्रीमानले आफू उठेर मोबाइलमा हेर्दा छोरी हस्पिटलमा भएको र तत्काल पैसा चाहिने भएकाले तुरुन्तै पैसा जम्मा गर्दिनु भनेको उमाको म्यासेज देखेपछि अनलाइन गरेर तुरुन्तै पैसा जम्मा गर्दिए। छोरी पनि ठिक भइन। साँझसम्म पनि गिताको केही फोन म्यासेज आएको थिएन। चार पाँच दिनपछि जब उमाले गितालाई टोलसुधार मिटिङमा भेटिन तब गिताले भनिन म त्यो दिन बाहिर अन्तै गाकी थिए, केही दिनमा पैसा दिउँला। उमाले भनिन मेरो छोरी अचानक बिरामी भएकी थिइन् मसँग पैसा पनि थिएन त्यसैले मलाई लाग्यो कि तिमीलाई भन्दा तुरुन्तै ट्रास्फर गर्दिन्छौ जसरी मैले तिमीलाई गरेकी थिए। उमाको कुरा सुनेर गिता धेरै लज्जित हुँदै भनिन: यदि मैले म बाहिर छु भनेर भनेकी थिए भने पनि तिमीले दोस्रोपटक मलाई फोन गर्नु पर्थ्यो वा म्यासेजमा पूरा जानकारी लेख्नुपर्थ्यो। त्यसैपनी मैले ATM मा यति पैसा राख्छु कि आवश्यक पर्दा कसैसँग माग्नु नपरोस्।
    आज गिता उमाको नजरबाट गिरेकी थिइन। आज उमाले महसुस गरिन कि सायद गिता जस्ता मान्छेको कारणले सबैले एकअर्कालाई सहयोग गर्न डराउँछ्न। आज उमाले गिता जस्ता मान्छेलाई बिश्वास नगर्ने शिक्षा पाइन।।
    शिक्षा: किताबमा लेखिएको शिक्षा र अरुको हातमा रहेको पैसा समय आएपछि दुबैले काम गर्दैनन्।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी
    आज २०८२ फागुन २२ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    ताजा अपडेट
    • रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी
    • आज २०८२ फागुन २२ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    • दोलखाको मालु मतदान स्थलमा विवाद हवाई फायर
    • उदयपुरमा सटगन पड्किँदा मतपेटिकामा क्षति

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.