• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, कार्तिक २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सर्केगाड गाउँपालिकाको कार्यालय डेढ महिनादेखि बन्द हुँदा सेवाग्राही मर्का

"कार्यालयमा कर्मचारी नभएकाले ताजाँकोट, अदानचुली, सर्केगाड र चंखेली गाउँपालिकाका नागरिकहरू यतिखेर कार्यालयमा पुगेर रित्तो हातमा फर्कन बाध्य "

  •     अभियान हाम्रो/ बिहिबार, असोज ०४, २०८०  

  • सर्केगाड गाउँपालिका स्थित इलाका प्रशासन कार्यालय डेढ महिनादेखि बन्द हुँदा सेवाग्राही मर्कामा पर्दै आएका छन् । कार्यालयमा कर्मचारी नभएकाले ताजाँकोट, अदानचुली, सर्केगाड र चंखेली गाउँपालिकाका नागरिकहरू यतिखेर कार्यालयमा पुगेर रित्तो हातमा फर्कन बाध्य भएका हुन् ।

    गत साउन १६ गतेदेखि उक्त कार्यालयमा कर्मचारी नभएपछि सेवाग्राहीका कामकाज प्रभावित हुनुका साथै स्थानीय नागरिकले नागरिकता बनाउन समेत पाएका छैनन् । अदानचुली गाउँपालिका–२ तुम्चका भक्त कुलालाले भाई बुहारीको नागरिकता बनाउन नपाउँदा आफूहरू रित्तै फर्कनु परेको गुनासो गर्नुभयो । तुम्च गाउँबाट झन्डै नौ घण्टा हिँडेर सर्केगाड आउदा पनि सो इलाका प्रशासन कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको हो ।

    गाउँबाट गाउँपालिका केन्द्रमा रहेको इलका प्रशासनमा पुग्दा कम्तीमा पनि दुई–तीन हजार खर्च हुने गर्दछ । तर पनि कर्मचारी नहुनु सरोकारवाला निकायको लापरबाही भएको हो । जसका कारण नागरिकता समेत नबन्दै घर फर्कनु परेको उहाँको भनाइ छ ।

    कर्मचारी नहँुदा आफू जस्तै धेरै जना सेवाग्राही रित्तै घर फर्केको गुनासो गर्नुभयो । नागरिकता बनाउनका लागि मात्रै सदरमुकाम सिमकोट पुग्न तीन दिन लाग्छ । पहिरोले भत्काएको बाटो सहज छैन । विकल्पमा इलाका प्रशासन भए पनि कुनै काम हुँदैन । सर्केगाडको लागि गाउँपालिकाबाट सिफारिस ल्याएका उहाँले सिमकोटबाट नागरिकता लिन पुनः अर्को सिफारिस चाहिने भन्दै कार्यालय प्रति आक्रोश पोख्नु भएको छ ।

    नागरिकता बनाउन सर्केगाड पुगेर खाली हात घर फिर्ता हुँदाको दुःख ताजाँकोट गाउँपालिका–३ मासपुरका केशबहादुर रोकायाले पोख्नु भएको छ । ‘इलाका प्रशासन कार्यालयबाट नागरिकता बन्छ भनेर सर्केगाड पुग्दा कार्यालय बन्द थियो । खर्च मात्रै भयो, नागरिकता बनेन उहाँले गुनासो गर्नु भयो ।

    इलाका प्रशासन कार्यालय सर्केगाडका कामु प्रमुख भीमबहादुर रोकायाको काज अवधि साउन १६ गते सकिएपछि उहाँ सदरमुकाम सिमकोटमा रहेको जिल्ला समन्वय समितिको कार्यालयमा समन्वय अधिकारीका रुपमा काम गर्दै आउनु भएको छ ।

    सो विषयमा प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलसंग बुझ्दा उहाँले सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदीलाई इलाका प्रशासन कार्यालयमा कार्यालयमा खटाइएको थियो । तर सुवेदी भदौ १ गतेदेखि ७ गतेसम्म मात्रै इलाका प्रशासनमा हाजिर भएर जिल्ला फिर्ता भएको बताउनुभयो । यसका लागि अब छिटै कर्मचारी खटाइने र सेवाग्राहीलाई सेवा दिने प्रमुख जिल्ला अधिकारी पौडेलको भनाइ छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    ताजा अपडेट
    • मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    • बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    • गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    • गण्डकी प्रदेश सरकार ‘Gen Z’ को भावना बुझ्न असफल — दलभन्दा माथि उठ्ने नेतृत्वको अभाव
    • प्रदेश संयोजक र केन्द्रीय संयोजकबीच हरेक आइतबार अनिवार्य बैठक बस्ने निर्णय

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.