• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ २९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आर्थर सरादिखोला पौडेल सेवा समाजको छैटौं साधारण सभा सम्पन्न


  •    संवाददाता/ बिहिबार, असोज ०४, २०८०  

  • पोखरा,  असोज

    पर्वत र स्याङ्जाको सिमानामा पर्ने आँधिखोला गाउँपालिका र कुस्मा नगरपालिका १४ पूख्यौली थलो भई पोखरामा बसोबास गर्दै आइरहेका पौडेलहरूको संस्थाका अध्यक्ष डिल्लीराम शर्मा पौडेलको अध्यक्षतामा पोखरा १७ रामेश्वर मार्गमा भएको साधारण सभा कार्यक्रममा आँधिखोला गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेल प्रमुख अतिथि रहेका थिए । कार्यक्रमको उद्घाटन संस्थाका सल्लाहकार स्वर्गीय पत्रकार त्रिभुवन पौडेलको सम्झनामा एक मिनेट मौन धारण गरी गरिएको थियो । कार्यक्रमका अध्यक्ष डिल्लीराम पौडेलले संस्थाको बार्षिक प्रतिवेदन कार्य प्रगति प्रस्तुत गर्नुका साथै भावी योजनाको बारेमा प्रकाश पारेका थिए ।

    कार्यक्रका प्रमुख अतिथि आधिँखोला गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले शुभकामना मन्तव्य राख्दै संस्थाको योजनामा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । संस्थाका उपाध्यक्ष प्रेम प्रसाद पौडेलले स्वागत मन्तव्य सहित संस्थाको कार्य प्रगति र भवन निर्माण योजनाका बारेमा अवगत गराए । कार्यक्रममा अतिथिहरू नेपाल सरकारका पुर्व सह–सचिव दिवाकर पौडेलले पारर्दशिता सफलताको कडि भएकाले यसमा सम्झौदा गर्न नहुने उनले बताए । उक्त कार्यक्रमका अतिथि रामेश्वर मार्ग टोल सुधार समिति अध्यक्ष लिलाप्रसाद पंगेनीले स्थापनाको छोटो समयमा नै राम्रो प्रगति गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरूमा सफलताको सुवेक्षा प्रकट गरे ।

    संस्थाका संस्थापक अध्यक्ष चेतनाथ शर्मा पौडेलद्वारा समाजका अजिवन सदस्यहरूलाई सदस्यताको प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा संचारकर्मी तथा यस समाजका संस्थापक सचिव चीरञ्जीवी पौडेललाई संचारकर्मको माध्यमबाट समाजमा गरेको योगदानको कदर गर्दै सम्मान गरेका थिए भने सासुआमाको उत्कृष्ट सेवा गरेर समाजमा उदाहरणयीय बनेकोमा समाजका सदस्य बुहारी हरिमाया पौडेललाई समेत सम्मान गरिएको थियो ।

    साथै उक्त कार्यक्रममा निवर्तमान कार्यसमिति सदस्यहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । समाजको छैटौं साधारण सभाले पोखरा–२२ मा समाजको भवन निर्माणको लागि जग्गा खरिद गर्ने निर्णय पारित गरेको छ । संस्थाका सचिव शोभाकान्त पौडेलले कार्यक्रमको संचालन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.