• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ २९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

काठमाडौँको बिजुलीबजार स्थित चक्रवर्ति हवि एकेडेमीलाई विश्वविद्यालयले कारबाही

"काठमाडौँको बिजुलीबजार स्थित चक्रवर्ति हवि एकेडेमीलाई विश्वविद्यालयले कारबाही "

  •    अभियान हाम्रो/ बुधबार, असोज ०३, २०८०  

  •  कानून अध्यापन गराउन पूर्वाञ्चल विश्वविद्यालयबाट अनुमति पाएको काठमाडौँको बिजुलीबजार स्थित चक्रवर्ति हवि एकेडेमीलाई विश्वविद्यालयले कारबाही गरेको भेटिएको छ ।

    एक वर्षमा एक सयजना विद्यार्थीलाई भर्ना गर्ने अनुमति पाएको चक्रवर्ती कलेजले तीन सय जनासम्म विद्यार्थी भर्ना गरी लाखौँ रकम उठाएपछि पूर्वाञ्चल विश्वविद्यालयले यस वर्षको भर्ना प्रक्रियालाई स्थगन गरिदिएको हो ।

    कलेजका प्रिन्सिपल देवेन्द्रबहादुर भण्डारीले हरेक वर्ष एक सय जना विद्यार्थी पढाउने कोटा पाएपनि कोटाभन्दा माथि गई भर्ना लिने क्रम नरोकिएपछि कारबाही गरिएको विश्वविद्यालयले बताएको छ । साथै कलेजका सञ्चालक तथा क्याम्पस प्रमुखले विश्वविद्यालयको हित र पठनपाठनलाई निष्कलङ्क राख्न नसकेको भन्दै सचेतसमेत गराएको छ ।

    विश्वविद्यालयले सार्वजनिक सूचना जारी गरी यस वर्षको बीए एलएलबीको भर्ना प्रक्रियामा विश्वविद्यालयबाट दिइएको कोटाभन्दा बढी भर्ना गरेका कारण चक्रवर्ती कलेजलाई कारबाही गरी रोकेको छ । विश्वविद्यालयका एक पदाधिकारीका अनुसार चक्रवर्ती कलेजका प्रमुख देवेन्द्रबहादुर भण्डारीले लाखौँ रकम लिएर कोटाभन्दा बढी विद्यार्थी भर्ना गर्ने अनि विश्वविद्यालयले प्रक्रियामा प्रश्न उठाएपछि अदालतमा पुगेर अन्तरिम आदेश लिने गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.