नारायणी नदीमा डुबेर एक युवक बेपत्ता भएका छन्। भरतपुर महानगरपालिका वडा नम्बर- १ देवघाटस्थित नारायणी नदीमा नुहाउने क्रममा भरतपुर- ७ बुद्धचोकका चित्रबहादुर मल्ल (विशाल) बेपत्ता भएका हुन्।
मल्ल साँढे ४ बजे बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। प्रहरी बिट देवघाट र वडा प्रहरी कार्यालय नारायणगढको विपद व्यवस्थापनको टोलीले अहिले खोजिकार्य जारी राखेको प्रहरीले जनाएको छ।