• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

टिकापुर घटनामा संलग्न चार जना सहित ६ सय ७० जनालाई कैद कट्टा गरी आममाफी

"राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा टिकापुर घटनामा संलग्न चार जना सहित ६ सय ७० जनालाई भुक्तान हुन बाँकी रहेको कैद कट्टा गरी आममाफी "

  •    अभियान हाम्रो/ बुधबार, असोज ०३, २०८०  

  • राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा टिकापुर घटनामा संलग्न चार जना सहित ६ सय ७० जनालाई भुक्तान हुन बाँकी रहेको कैद कट्टा गरी आममाफी दिनुभएको छ ।

    राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले ०८० असोज २ गते विज्ञप्ति जारी गर्दै भिम बहादुर खवास लगायत ४ सय ९७ जना, हर्क बहादुर लिम्बु लगायत १ सय ७० जना र ज्येष्ठ नागरिक सहन्दीन मियाँ भनिने सम्दीन मियाँ लगायत तीन जना गरी ६ सय ७० जनाको भुक्तान हुन बाँकी कैद सजाय माफी भएको जानकारी दिनुभएको हो ।

    राष्ट्रपति कार्यलयले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ को दफा ३७, कारागार नियमावली २०२०, को साविकको नियम १ र १ (क) तथा ज्येष्ठ नागरिक ऐन २०६३, को दफा १२ का आधारमा कैदीको सजाय माफी गरेको जनाएको हो ।

    राष्ट्रपति पौडेलले कैद सजाय माफी दिनुभएका कैदीमध्ये टीकापुर घटनामा दोषी भई कैलाली कारागारमा रहेका तीन जना र पोखरा सुधार गृहमा रहेका एक नाबालक पनि रहेका छन् । टीकापुर घटनामा अदालतबाट दोषी भई कैलाली कारागारमा रहेका टीकापुर नगरपालिका-४, ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका-७, मोतीपुरका हरिनारायण चौधरी र जानकी गाउँपालिका-७, लट्कनियाका प्रदीप चौधरी रिहा भएका हुन् । उनीहरू टीकापुर घटना मुद्दामा आठ वर्षदेखि कैदी जीवन भोग्दै आएका थिए ।

    राष्ट्रपति पौडेलले टीकापुरमा भएको थरुहट आन्दोलनको घटनामा तीनै तहका अदालतबाट जन्मकैदको सजाय सुनाइएका रेशमलाल चौधरीलाई राष्ट्रिय गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते कैद सजाय माफी मिनाह गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    ताजा अपडेट
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    • संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    • सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    • विवाह कार्यक्रमममा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ
    • आज २०८३ साल वैशाख ८ गते मंगलबारको तपाइको आजको राशिफल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.