• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ २९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

एमाले गण्डकीको संविधान निर्माणमा सुबासचन्द्र नेम्बाङ ” बिषयक बिचार गोष्ठी


  •    अभियान हाम्रो/ मङ्गलबार, असोज ०२, २०८०  

  • असोज २ ,पोखरा

    ने क पा ( एमाले ) गण्डकी प्रदेश कमिटीको आयोजनामा ” नेपालको संविधान निर्माणमा सुबासचन्द्र नेम्बाङ ” बिषयक बिचार गोष्ठी सम्पन्न भएको छ । पार्टी उपाध्यक्ष अस्टलक्ष्मी शाक्यले सुबास नेम्बाङसंग सबैलाइ मिलाउन सक्ने खुबीका कारण नै तत्कालिन अबस्थामा संविधान जारी हुन सकेको बताउनुभयो। शाक्यको प्रभाबशाली शालिन शैली सबैका लागि अनुकरणीय रहेको उल्लेख गर्नुभयो।

    पार्टी सचिब तथा गण्डकी इन्चार्ज गोकर्ण बिष्टले संविधान सभाको असहमतिका दर्जनौं बुदालाइ सहमतिमा परिणत गर्दै सर्बस्विकार्य समाधान निकाल्ने संयम धैर्य ब्यक्तित्व सुबास नेम्बाङ भएको उल्लेख गर्नु भयो । पार्टी भित्रका र अन्तर पार्टीका द्वन्द्वलाई सोच बिचार गरेर समाधान निकाल्ने नेम्बाङको शैलिकै कारण संविधान संभब भएको बताउनुभयो। एमालेबाट सभामुख र अध्यक्ष भए पनि सम्सदिय मर्यादा र शैलिलाइ उहाँले कहिल्यै नकुल्चेको भन्दै इतिहासमा गौरव गर्न लायक नेता भएको उल्लेख गर्नुभयो।

    एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले नेम्बाङ नेपाली राजनितीको समाधान भएको भन्दै भद्र ,मिजासिलो नेता भएको उल्लेख गर्नुभयो । गुरुङले सार्थक कुशल बहसमार्फत प्रभाबकारी नेतृत्व प्रदान गर्ने ब्यक्ति भएको भन्दै उहाँको नेतृत्व नभएको भए संविधान जारी नहुने ठोकुवा गर्नुभयो। कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले समग्र पार्टीहरूको लागि चित्तबुझ्दो उपाय खोज्न सक्ने अदित्तिय क्षमता नेम्बाङसंग भएको उल्लेख गर्नुभयो ।

    अधिकारीले सूक्ष्म ब्यबस्थापकिय कौशल भएका नेम्वाङका कारण नै संविधान संभब भएको दाबी गर्नुभयो । सो कार्यक्रममा स्थायी कमिटी सदस्य थममाया थापा , गण्डकी प्रदेश सरकारका कृषी मन्त्री महेन्द्रध्वज जि .सि., ने क पा माओबादी केन्द्रका पोलिट्ब्युरो सदस्य तथा संविधान सभा सदस्य राजकाजी गुरुङ लगायतले नेपालको संविधान निर्माणमा सुबासचन्द्र नेम्बाङको योगदान बिषयमा चर्चा गर्नुभएको थियो ।

    एमाले गण्डकी प्रदेस कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष मोहन रेग्मी र संचालन सचिब धनन्जय दवाडीले गर्नु भएको उप सचिब रश्मि आचार्यले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.