३६ वर्षीया पत्नीलाई बलात्कार गरेको आरोपमा पालुङटार नगरपालिका–७ माझगाउँका ३० वर्षीय पुरुषलाई प्रहरीले भदौ ३१ गते गिरफ्तार गरेको छ ।
गर्भवती रहेकी पत्नीलाई आरोपित पतिले २०८० भदौ २४ गते गाली गलौज तथा कुटपिट समेत गरी बलात्कार गरेको भन्दै पीडितका आफन्तले भदौ ३१ गते नै जिल्ला प्रहरी कार्यालय गोरखामा दिएको जाहेरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
आरोपित विरुद्ध भदौ ३१ गते नै जिल्ला अदालतमा बैवाहिक बलात्कार कसुर शिर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको श्रेष्ठले बताउनुभयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ ३१ गते जिल्ला अस्पताल गोरखामा गरिएको छ ।