• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, माघ ०१, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रामेछापको जिल्ला सदरमुकाम रहेको मन्थली नगरपालिकामा विद्यालय उमेरका बालबालिकाहरू शिक्षाको अधिकारबाट वञ्चित


  •    अभियान हाम्रो / मङ्गलबार, असोज ०२, २०८०  

  • रामेछापको जिल्ला सदरमुकाम रहेको मन्थली नगरपालिकामा विद्यालय उमेरका बालबालिकाहरू शिक्षाको अधिकारबाट वञ्चित भएका छन् ।

    मन्थली नगरपालिकालाई बालमैत्री शासन सञ्चालन भएको नगरपालिका घोषणा गर्ने तयारीको क्रममा गरिएको सर्वेक्षणमा विद्यालय उमेरका बालबालिकाहरू विद्यालय शिक्षाको अधिकारबाट वञ्चित रहेको पाइएको हो । नगरपालिकाका महाशाखा प्रमुख हेमन्त बुढाथोकीका अनुसार सो नगरपालिकामा अहिले पनि विद्यालय उमेरका २ सय ४९ जना बालबालिकाहरू विद्यालय बाहिर रहेको पाइएको छ ।

    विद्यालय शिक्षाको अधिकारबाट वञ्चित रहेका बालबालिका मध्ये १ सय ७७ जना पाँचदेखि नौ वर्ष उमेर समूहका रहेको प्रारम्भिक अध्ययनले देखाएको प्रमुख बुढाथोकीले बताउनु भयो । त्यस्तै १४ जना अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर छन् । बाँकी नौ वर्ष माथि १६ वर्ष मुनिका बालबालिका छन् ।

    सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा यति धेरै बालबालिकाहरू विद्यालय बाहिर हुनु निक्कै चुनौतीको विषय भएको उहाँले बताउनु भयो । ‘यो प्रारम्भिक अध्ययन हो, हामी यी बालबालिका कहाँ छन् भनेर खोजीको काममा लाग्छौँ र विद्यालय भर्ना गर्ने अभियान सञ्चालन गर्छौँ’, उहाँले भन्नुभयो ।

    मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ यही आर्थिक वर्षमा मन्थली नगरपालिका बालमैत्री शासन सञ्चालन भएको नागरपालिका बन्ने तयारीमा रहेको बताउनुहुन्छ । बालमैत्री शासन सञ्चालन भएको नगरपालिका घोषणा गर्नु अघि विद्यालय शिक्षाको अधिकारबाट वञ्चित भएका ती बालबालिकाहरूलाई विद्यालय भित्र ल्याइसक्नु पर्ने उहाँले बताउनु भयो ।

    त्यसैले उनीहरूको नाम सङ्कलन गरी अभिभावकलाई भेटेर विद्यार्थीलाई विद्यालयमा फर्काउने योजना रहेको नगरपालिका प्रमुख श्रेष्ठले इन्सेकलाई जानकारी दिनुभयो । ‘हामी व्यक्तिगत रूपमा अभिभावकलाई भेट्छौँ, बालबालिकालाई पनि भेट्छौँ, काउन्सिलिङ गर्नु पर्ने भए पनि गर्न लगाउँछौँ, आर्थिक अभावकै कारण बालबालिका विद्यालय जान नसकेका हुन् भने त्यसको पनि आवश्यक व्यवस्थापन गर्छौँ र सबै बालबालिकालाई विद्यालय जाने वातावरण बनाउँछौँ’, प्रमुख श्रेष्ठले भन्नुभयो ।

    नेपालको संविधान (२०७२) मा मौलिक हक अन्तर्गत धारा ३१ मा शिक्षासम्बन्धी हकको व्यवस्था गरेको छ जसमा सबै नागरिकलाई आधारभूत शिक्षामा पहुँचको प्रत्याभूत गरिएको छ । त्यसैगरी आधारभूत तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुने भनिएको छ । तर मन्थली नगरपालिकामा विद्यालय उमेरका बालबालिकाहरू अझै पनि शिक्षाको अधिकारबाट वञ्चित हुनु परेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान
    कुलायन मार्ग टोल बिकास संस्थाको अध्यक्षमा बराल
    ताजा अपडेट
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान
    • कुलायन मार्ग टोल बिकास संस्थाको अध्यक्षमा बराल
    • माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.