• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

उपचार खर्च तिर्न नसक्दा दुई दिनसम्म शव अस्पतालमा

"वीरगंज महानगरपालिका–१४ श्रीपुरका उमेश प्रसाद साह कानुको मोटरसाइकलको ठक्करबाट टाउकोमा चोट लाग्दा उपचारको लागि एल.एन.न्युरो एण्ड जेनरल हस्पिटल लगीएको थियो । उपचार खर्च तिर्न नसक्दा शव दुई दिनसम्म अस्पतालले दिएनन् । "

  •     अभियान हाम्रो/ मङ्गलबार, असोज ०२, २०८०  

  • वीरगंज महानगरपालिका–१४ श्रीपुरका उमेश प्रसाद साह कानुको मोटरसाइकलको ठक्करबाट टाउकोमा चोट लाग्दा उपचारको लागि एल.एन.न्युरो एण्ड जेनरल हस्पिटल लगीएको थियो । उपचार खर्च तिर्न नसक्दा शव दुई दिनसम्म अस्पतालले दिएनन् ।

    वीरगन्जको पावर हाउसदेखि सुक्खा बन्दरगाह जाने हुलाकी सडकमा पर्ने सिर्सिया खोलाको पुल नजिकै २०८० असार ३ गते मोटरसाइकलको ठक्करबाट टाउकोमा चोट लागेको थियो । उनको उपचारको क्रममा मृत्यु भएको थियो । अस्पतालले उमेशलाई भदौ २९ गते राती २ बजे मृत घोषण गरे पनि शवलाई भदौ ३१ गते ३ बजेसम्म पनि परिवारको जिम्मा नलगाइएको मृतकका आफ्न्तहरूले गुनासो गरेका थिए ।

    मृतकका आफन्तहरू भदौ ३१ गते अस्पतालमा शव लिन पुग्दा अस्पतालले उपचार खर्च र औषधी खर्च नदिएसम्म शव नदिने भने पछि केही बेर अस्पतालमा तनाव सृजना हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो इलाका प्रहरी कार्यालय प्रसौनीका इन्सपेक्टर दिपक बोहोराले बताउनु भयो ।

    एल.एन.न्युरो एण्ड जेनरल हस्पिटलका निर्देशक राम प्रवेश प्रसाद कुर्मीले “मृतकको औषधी खर्च तीन लाख र १२ लाख उपचार खर्च गरी १५ लाख रुपियाँ बाँकी रहेको रकम पटक पटक माग्दा पनि नतिरेकाले शव रोक्नु परेको” बताउनु भयो ।

    एमालेका जिल्ला सचिव सुन्दर प्रसाद कुर्मी, एल.एन.न्युरो एण्ड जेनरल हस्पिटल व्यवस्थापन समिति, परवानीपुर गाउँपालिकाका अध्यक्ष राम क्षेत्री, मृतकका परिवार, अस्पताल प्रशासन, मोटरसाइकलले ठक्कर दिने व्यत्ति र इलाका प्रहरी कार्यालय प्रसौनीको उपस्थितिमा असोज १ गते बैठक बसी औषधी खर्च २ लाख ८५ हजार रुपियाँ र उपचार खर्च १२ लाख रुपियाँ गरी जम्मा १४ लाख ८५ हजार रुपियाँ मध्ये मृतकका परिवारले तत्काल ९० हजार रुपियाँ अस्पताललाई बुझाइ बाँकी रकम पछि तिर्ने गरी तीन पक्षबीच सम्झौता भएको इलाका प्रहरी कार्यालय प्रसौनीका इन्सपेक्टर दिपक बोहोराले बताउनु भयो । साथै सहमती पश्चात सोही दिन शव दुई बजे मृतक परिवारलाई जिम्मा लगाइ पोस्ट मार्टमको लागि प्रदेशिक अस्पताल कलैया पठाइएको इन्सपेक्टर बोहोराले बताउनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    ताजा अपडेट
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.