• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पत्याउनुहुन्छ ? १४ हजार लिटर पानीको महसुल २० रुपैयाँ मात्रै


  •    संवाददाता/ आइतबार, भदौ ३१, २०८०  

  • रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले १ देखि १४ युनिटसम्मको महसुल २० रुपैयाँ मात्रै कायम गरेको छ। संस्थाको रजत महोत्सवका अवसरमा १ हजार देखि १४ हजार लिटर (१ देखि १४ युनिट) सम्म २० रुपैयाँ कायम गर्ने जनाएको छ।

    यस्तै संस्थाले १५ देखि २१ युनिटसम्म १०२ रुपैयाँ र त्यसमाथि २२ देखि ३५ युनिटसम्म प्रतियुनिट १६, ३६ देखि ५५ सम्म प्रतियुनिट २० र ५५ देखि माथि प्रतियुनिट महसुल २५ रुपैयाँ कायम गरेको छ।

    संस्थाको २५ औं वार्षिक साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष झवीन्द्र भण्डारीले यसै आर्थिक वर्षदेखि नयाँ धारा जडान गर्ने उपभोक्तालाई संस्थाले निःशुल्क मिटर उपलब्ध गराउने जानकारी गराउनुभयो।

    खानेपानी संस्थाले आर्थिक वर्ष ०७९/०८० को अन्त्यसम्म आफ्नो सेवा क्षेत्रभित्र ७ हजार ४८३ धारा जडान गरेको छ भने सोही अवधिमा ३२५ वटा नयाँ धारा जडान र २५१ वटा मिटर ठाउँसारी गरेको छ।

    यस्तै दैवी प्रकोप (आगलागी) नियन्त्रणका लागि तिलोत्तमा–३ को कार्यालयअगाडि, शंकरनगर चोक र शान्तिकुञ्ज चोकमा कुल ३ वटा फायर हाइड्रेन्ट जडान गरेको छ। साथै चालू आवमै वनबाटिकाअगाडि र तिलोत्तमा कलेजअगाडि थप २ वटा फायर हाइड्रेन्ट जडान गरिने अध्यक्ष भण्डारीले बताउनुभयो।

    संस्थाको नवनिर्मित भवनको उत्तरतर्फ पार्क र पानीको फोहोरा निर्माण, सम्पूर्ण पाइपलाइनलाई व्यवस्थित गर्न थप ३० वटा चेम्बर निर्माण, रजत महोत्सवका अवसरमा रजतस्तम्भ निर्माण गरिने र सामुदायिक विद्यालयलाई दिइँदै आएको पानी महसुलको ४० प्रतिशत छुटलाई निरन्तरता दिइएको अध्यक्ष भण्डारीले जानकारी गराउनुभयो। यस्तै तिलोत्तमा ३ र ४ सिमानगरमा रहेका २ वटा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थालाई संस्थामा एकीकरण गर्न पहल गरिने अध्यक्ष भण्डारीको भनाइ छ।

    साधारणसभामा तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरी देवी चौधरीले खानेपानी संस्था सामाजिक सेवा गर्ने संस्था भएकाले नागरिकलाई महत्व दिएर आफ्ना गतिविधि सञ्चालन गर्न आग्रह गर्नुभयो। संस्थाले सुरक्षित खानेपानी वितरणमा जोड दिनुपर्ने बताउँदै उपप्रमुख चौधरीले खानेपानी संस्था सरसफाइसमेत जोडिएकाले सरसफाइलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

    खानेपानी डिभिजन कार्यालय रुपन्देहीका प्रमुख राजकुमार चौधरीले जलवायु परिवर्तन एवं औद्योगिक प्रदूषणले विश्वमा पानीका मुहान सुक्दै गएका कारण मानवीय जीवन कष्टकर बन्दै गएको बताउनुभयो।

    नेपालमा पानीको उपलब्धता प्रशस्त रहे पनि नदी, खोला तथा समग्र पानीको उचित व्यवस्थापन नहुँदा पछिल्लो समय देशभरमै पानीको समस्या बढ्दै गएको चौधरीले स्मरण गराउनुभयो। पानीका स्रोत तथा मुहान बचाउन सबै प्रकृतिको संरक्षणमा लाग्नुपर्ने चौधरीको भनाइ थियो।

    त्यस्तै, संस्थाका कोषाध्यक्ष मित्रलाल न्यौपानेले चालू आवका लागि ३२ करोड ३ लाख ७० हजार ५०५ रुपैयाँको अनुमानित बजेट प्रस्ताव गर्नुभएको छ। साथै, सभाले संस्थाका अध्यक्षको वार्षिक तथा कोषाध्यक्षले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पनि पारित गरेको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.