• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, जेठ १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

२०२३ छुसकभरिकै सर्वोत्कृष्ट मनोरञ्जनको प्याकेज आँधीखोला सांगीतिक सौगात


  •    अभियान हाम्रो / आइतबार, भदौ ३१, २०८०  

  • स्याङ्जा परिवार दक्षिण कोरियाले यस वर्षको कोरियन चाड २०२३ छुसकको अवसर पारेर आयोजना गर्ने “आँधीखोला सांगीतिक सौगात-६” कार्यक्रम आयोजना गर्ने भएको छ । आपतकालीन राहत कोष स्थापना सहयोगार्थ उद्धेश्यका साथ यही सेप्टेम्बर २९ तारिकमा हुने सो कार्यक्रम छुसक अवधिभरी हुने कार्यक्रमहरु मध्ये सबैभन्दा उत्कृष्ट मनोरञ्जनको प्याकेज हुने आयोजकको दावी छ ।

    कोरियामा सबैभन्दा पुरानो संस्था नेपाली सम्पर्क समिति (NCC) बाट कार्यक्रम आयोजना गर्ने आधिकारिक अनुमति पाएसँगै गण्डकी प्रदेश समाज दक्षिण कोरियाको विशेष सहयोगमा आयोजना हुने सो कार्यक्रमको सम्पूर्ण तयारी लगभग पूरा भईसकेको कार्यक्रम संयोजक युवराज गुरुङले बताए । गण्डकी प्रदेश समाज दक्षिण कोरिया गठन भएपछिको आफ्नो मातहतमा रहेका जिल्लाहरुमध्ये स्याङ्जा परिवारको पहिलो पटक बृहत् सांगीतिक कार्यक्रम भएकोले कार्यक्रमको प्रचारप्रसार, आर्थिक संकलनको कार्य र विविध व्यवस्थापनमा कुनै कसर बाँकी नराखेको सोही समाजका अध्यक्ष प्रविण गिरीले जिकिर गरे ।

    चर्चित भर्सटायल गायक प्रमोद खरेल र गायिका समीक्षा अधिकारी र लोक तथा दोहोरी तर्फ शर्मिला गुरुङ, रामजी खाँण, घनश्याम रिजाल, चिना थापा मगर, नृत्यतर्फ अस्मिता राना मगर र हाँस्यविधाका मेक्सम गौडेल, नवोदित कलाकार मिलन गुरुङ (1st Runner-Up, Big Icon 2013) लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने संस्थाका केन्द्रीय अध्यक्ष भक्त थापाले जानकारी दिए । यस अघि पाँचौं संस्करणसम्म आँधीखोला सांगीतिक सौगात” आयोजना गरेर कार्यक्रम भव्यताका साथ सफल पार्दै आफ्नो गृहजिल्लामा शिक्षा, अन्य विविध क्षेत्र र स्वास्थ्य क्षेत्र अन्तर्गत दुईवटा एम्बुलेन्स भ्यान समेत सहयोग गरिसकेको बताउँदै कार्यक्रम मर्यादित बनाउन पर्याप्त स्वयंसेवक र कोरियन बाउन्सर समेत परिचालित गरिने केन्द्रीय सचिव टोजिन्द्र गुरुङले थपे ।

    स्याङ्जा परिवार दक्षिण कोरियाद्धारा आयोजित उक्त “आँधीखोला सांगीतिक सौगात-६” कार्यक्रमलाई भव्य र सभ्य र भव्य रुपमा सफल पार्न कोरिया स्थित सम्पूर्ण संघसंस्था एवं नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आर्थिक, नैतिक र भौतिक सहयोग गर्नुहुन आयोजक स्याङ्जा परिवारले हार्दिक अनुरोध गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.