• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २१, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आफू अमेरिकी राष्ट्रपति भए ७५ प्रतिशत सरकारी कर्मचारी हटाउने विवेक रामास्वामीको विवादस्पद भनाइ


  •    संवाददाता/ शुक्रबार, भदौ २९, २०८०  

  • अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीको उम्मेदवार बन्न दौडिरहेका भारतीय मूलका अमेरिकी विवेक रामास्वामीको एक वक्तव्यले चुनावी माहौललाई ताताएको छ। रामास्वामीले सन् २०२४ को चुनाव जितेमा ७५ प्रतिशतभन्दा बढी संघीय सरकारी कर्मचारीलाई बर्खास्त गर्ने र एफबीआई जस्ता धेरै प्रमुख एजेन्सीहरू बन्द गर्ने बताउनुभएको छ। उहाँले आफू सत्तामा आए पहिलो वर्ष नै सरकारी कर्मचारीको संख्या ५० प्रतिशतले घटाउने अभिव्यक्ति दिनुभएको हो।

    कर्मचारी व्यवस्थापन कार्यालय (ओपीएम) का अनुसार, संघीय सरकारमा अनुमानित २२ लाख मानिस काम गर्छन्। रामास्वामीको योजनाले यो संख्यालाई झन्डै आधाले घटाउनेछ अर्थात् अनुमानित ११ लाख संघीय कर्मचारीहरू हट्नेछन्। उहाँले सेना, कानून प्रवर्तन, खुफिया, र राष्ट्रिय सुरक्षा कर्मीहरू, साथै वश्यक स्वास्थ्य सेवा र सामाजिक सेवाकर्मीहरूलाई आफ्नो कटौतीबाट छुट दिने पनि बताउनुभएको छ। आफूरुले पहिलो वर्षको अन्त्यसम्म हेडकाउन्ट ५० प्रतिशतले घटाउन चाहेको रामास्वामीले भनाइ छ।

    अमेरिकी समाचार वेबसाइट एक्सियोसलाई दिएको अन्तर्वार्तामा रामास्वामीले आफ्नो लक्ष्य शिक्षा विभाग, एफबीआई, एक्साइज, तमाखु, हतियार र विस्फोटक ब्युरो, आणविक नियामक आयोग, आन्तरिक राजस्व सेवा, र वाणिज्य विभाग हुने बताउनुभयो। ‘हामी पहिलो दिनबाट सुरु गर्नेछौं, र हामी पहिलो वर्षको अन्त्यसम्म हेडकाउन्ट ५० प्रतिशतले घटाउन चाहन्छौं,’ रामास्वामीको भनाइ छ।

    अन्तर्वार्ताका क्रममा उहाँले भन्नुभयो, ‘कर्मचारीमध्ये ३० प्रतिशत आगामी ५ वर्षमा अवकाशको उमेरमा पुग्छन् भन्ने कुरामा ध्यान दिनुपर्छ। त्यसैले यो जायज छ। यसमा कुनै शंका छैन। तर सुन्दा जस्तो अनौठो छैन।’

    एक्सियोसका अनुसार रामास्वामीले आफ्नो लक्ष्य ४ वर्षभित्र २२ लाख कर्मचारीमध्ये ७५ प्रतिशत हटाउने बताउनुभएको हो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    दोलखाको मालु मतदान स्थलमा विवाद हवाई फायर
    उदयपुरमा सटगन पड्किँदा मतपेटिकामा क्षति
    ताजा अपडेट
    • निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    • दोलखाको मालु मतदान स्थलमा विवाद हवाई फायर
    • उदयपुरमा सटगन पड्किँदा मतपेटिकामा क्षति
    • आज मिति २०८२ फाल्गुन २१ गते बिहिबार तपाइको आजको राशिफल
    • धरान उप महानगर का बा मेयर आइन्द्र बिक्रम बेघा द्वारा लिखित ” तिमीलाई शिरमा सजाउनु “

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.