• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, फागुन २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

मानव अधिकार ज्यादती र अपराधका घटनामा वृद्धि

" मानव अधिकार संस्कृतिको विकासमा चुनौती "

  •    संवाददाता/ शुक्रबार, भदौ २९, २०८०  

  • लुम्बिनी प्रदेशमा मानव अधिकार ज्यादति र अपराधिक घटनाका प्रत्येक वर्ष बढ्दै गएका छन् । जसले मानव अधिकार संस्कृतिको विकासमा चुनौती थपेको छ ।

    लुम्बिनी प्रदेशका १२ जिल्लामा तीन वर्षको अवधिमा १९ हजार १ सय ९४ मुद्दा दर्ता भएको प्रहरी तथ्याङ्क रहेको छ । प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/०७८ मा कर्तव्य ज्यान, आत्महत्या, आत्महत्या दुरूत्साहन, महिला तथा बालबालिका माथि हुने यौनजन्य हिंसा र घरेलु हिंसा, संगठित अपराध, सार्बजनिक अपराध, र सवारी जन्य अपराधलगायत गरी ५ हजार ८ सय ३५ मुद्दा दर्ता भएका थिए ।

    त्यस्तै आर्थिक वर्ष २०७८/०७९ मा ६ हजार ३ सय ६२ र २०७९/८० मा ६ हजार ९ सय ९७ मुद्दा दर्ता भएका छन् ।

    लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी उमेशराज जोशीले प्रत्येक वर्ष अपराधसँग सम्बन्धी मुद्दाको सङ्ख्या बढ्दै गएको बताउनु भयो ।

    डिआइजी जोशीले इन्सेक लगायतका मानव अधिकारको क्षेत्रमा काम गर्ने सङ्घ संस्था, प्रहरी प्रशासनको सक्रियताले पीडितहरू उजुरी दिन आउने गरेकोले घटना दर्ताको सङ्ख्या बढेको हुन सक्ने बताउनु भयो ।

    डिआईजी जोशीले अपराधहरू न्यूनिकरणका लागि सामुदायिक प्रहरी कार्यक्रम अन्तर्गत विभिन्न जनचेतना मूलक कार्यक्रमहरू पनि गर्दै आएको बताउनु भयो । प्रत्येक मानिसमा अपराध गर्नु हुँदैन भन्ने मानसिकताको विकास गराउन सकेमा अपराधका घटनाहरूमा घटने तर्क राख्दै जोशीले सरकारी तथा गैर सरकारी संस्थाहरू र नीजि क्षेत्र सबैको सहयोगले मात्र मानव अधिकार संस्कृतिमा बिकास हुने बताउनु भयो ।

    लुम्बिनी प्रदेश प्रहरीको तथ्याङ्क अनुसार प्रदेशका तीन वर्षको अवधिमा सबै भन्दा धेरै ३ हजार ८ सय ४६ मुद्दा रुपन्देही र सबै भन्दा कम रुकुम पूर्वमा १ सय ९४ मुद्दा दर्ता भएका छन् ।

    अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरु बढेको देखिन्छ जसमा सन् २०१८ मा १ हजार ७ सय ५१ घटनाहरु घटेको देखिन्छ । त्यस्तै सन् २०१९ मा १ हजार १ सय ३६ ओटा, सन् २०२० मा १ हजार ६ सय तीन घटना, २०२१ मा १ हजार ३ सय ८३ ओटा, २०२२ मा १ हजार ७ सय ८६ ओटा र २०२३ मा २ हजार ८४ ओटा घटनाहरू भएको तथ्याङ्क रहेको छ ।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले रुपन्देही जिल्ला जनसंख्याको हिसावले देशकै तेस्रो ठूलो जनसङ्ख्या भएको जिल्ला भएकोले शहरीकरण बढदै जाँदा सामाजिक हिंसाका घटनाहरू र पछिल्ला दिनहरुमा बैकिंङ्ग कसुर र आर्थिक गतिविधिसँग सम्बन्धित घटनाहरू बढेको बताउनु भयो । पाण्डेले आत्महत्या र आत्महत्या दुरुत्साहन जस्ता घटनाहरू बैदेशिक रोजगारीको प्रभाव, आर्थिक मामिला जस्ता कारणले घटेको बताउनु भयो ।

    राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेशका निमित्त प्रमुख दिपक ठाकुरले आर्थिक संकुचन, रोजगारी गुम्ने भएका कारण अपराधका घटनाहरू बढेको बताउनु भयो । उहाँले “चोरी गर्नु कानुन विपरितको कार्य हो भने कानुन विपरितको कार्य गर्नु भनेको मानव अधिकार विपरितको कार्य हो भन्दै” मानव अधिकार संंस्कृतिको विकासका लागि यस्ता खालका अपराध र अपराधजन्य घटनाहरू चुनौतीको रुपमा आएको बताउनु भयो । ठाकुरले मानव अधिकारको संस्कृतिको विकासका लागि विद्यालय पाठयक्रममा नैतिक शिक्षालाई जोड दिंदै शिक्षा प्रणालीलाई सामाजिक परिवेश अनुसारको बनाउनु पर्ने बताउनु भयो ।

    इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले लुम्बिनी प्रदेशमा मानव अधिकार ज्यादति र लैङ्गिक हिंसाका घटना बढस् हुने गरेको बताउदै छिटो छरितो न्याय सम्पादन नहुँनु, पीडितमैत्री न्याय सम्पादन गर्न नसक्नु, पीडितको न्यायमा पहुँच नपुग्ने र न्यायकालागि प्रहरीमा जाने पीडितले राजनीतिक दवावका कारण मुद्दा दर्ता गर्न नसक्दा पीडकको मनोबल बढेर यस्ता घटनाहरू बढेको बताउनु भयो । संयोजक महतले प्रहरीमा जाने मुद्दालाई प्रभावकारीरुपमा अनुसन्धान नबढाइनु र आरोपितलाई कानुनी दायरामा ल्याउन नसक्दा मानव अधिकार ज्यादति र अपराधका घटनाहरू बढेको बताउनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डिजिटल कृषक कार्ड कार्यान्वयन गर्दा निम्न लाभहरू प्राप्त हुन सक्छन्
    पश्चिम एशियाको द्वन्द्वले आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री
    “छोरीलाई डाक्टर बनाउने सपना थियो, तर फर्किँदा लास भेटियो-इनिशाका बुवाको पीडा”
    ताजा अपडेट
    • डिजिटल कृषक कार्ड कार्यान्वयन गर्दा निम्न लाभहरू प्राप्त हुन सक्छन्
    • पश्चिम एशियाको द्वन्द्वले आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री
    • “छोरीलाई डाक्टर बनाउने सपना थियो, तर फर्किँदा लास भेटियो-इनिशाका बुवाको पीडा”
    • नवनिर्वाचित सांसदको तलब कति, सुविधा कस्तो?
    • दिल निशानी मगर लेख्नु हुन्छ । पूर्व माओवादीको नाममा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.