• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन २३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पाँच वर्षदेखि बालबालिकाहरु चिसो भुइँमा बसेर पठनपाठन गर्न बाध्य


  •    संवाददाता/ शुक्रबार, भदौ २९, २०८०  

  • पाँच वर्षदेखि बालबालिकाहरु चिसो भुइँमा बसेर पठनपाठन गर्न बाध्य भएकाे घटना सार्वजनिक भएकाे छ । जिल्लाकाे सर्केगाड गाउँपालिका–१ स्थित छत्रपाल बाल विकास केन्द्र तुम्चका बालबालिकाहरु पाँच वर्षदेखि चिसो भुइँमा पठनपाठन गर्न बाध्य भएका छन् ।

    केन्द्रमा नत कार्पेट बिछ्याइएको छ नत काठको फल्याग नै छ । चिसो भुइँमा राखेर बालबालिकालाई पढाउने नाममा बालबालिकाले सास्ती खेप्नुपरेको अभिभावक रतन रावतले गुनासो गर्नु भएको हो ।

    बालविकास केन्द्रमा पाँच वर्षदेखि यसरी नै पठनपाठन भइरहेको अर्का स्थानीय अभिभावक सिंहबहादुर रावतले गुनासो गर्नुभयो ।

    बालविकास केन्द्रमा २८ जना बालबालिका रहेको र पठनपाठनका नाममा एउटा कोठा मात्रै छ । त्यस कोठाको भित्ताको छेउतिर क, ख र ए, बि, सी लेखिएको पम्प्लेट टाँसिएको बाहेक अन्य कुनै सामगी्र नभएको बाल विकास केन्द्रकी शिक्षिका सहदेवी शाही मल्लले बताउनु भयो ।

    पहिला एउटा कार्पेट थियो त्यो पनि च्यातिएर फालियो । अहिले भुइँमा बसेर बालबालिका पढ्ने गरेका छन् । गाउँपालिकालाई पटक–पटक खबर गर्दा पनि वास्ता नगरेको शिक्षिका शाही मल्ल भनाइ छ । दिवाखाजासमेत नदिने गरेको उहाँले गुनासो गर्नुभयो ।

    सो विषयमा सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्र सिंह कार्कीलाई बुझ्दा स्थानीय र शिक्षकहरूले हालसम्म उक्त बाल विकास केन्द्रका विषयमा कुनै पनि जानकारी नभएको र इन्सेकले जानकारी दिएको आधारमा एक हप्ता भित्र सो विद्यालयमा पुगेर के कस्तो समस्या छ त्यसको समाधान गर्ने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी
    आज २०८२ फागुन २२ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    ताजा अपडेट
    • रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी
    • आज २०८२ फागुन २२ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    • दोलखाको मालु मतदान स्थलमा विवाद हवाई फायर
    • उदयपुरमा सटगन पड्किँदा मतपेटिकामा क्षति

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.