• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, पुष ०२, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

तरकारी खेतीबाट पैसा फलाउँदै पर्सेनीका किसान


  •    संवाददाता/ शुक्रबार, भदौ २९, २०८०  

  • सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ चाँदनीचोकका किसानलाई समुदायमा सञ्चालित ‘सामुदायिक सिकाइ केन्द्र’ ले जलवायु सुहाउँदो कृषि सिकाइरहेको छ।

    सदरमुकाम वीरेन्द्रगरनजिकै रहेको चाँदनीचोक, पर्सेनीका ५८ घरधुरीका किसान सदस्य रहेको लगनशील लघुउद्यमी महिला कृषि समूहमा आबद्ध भएकामध्ये २२ घरधुरीका किसान अहिले सामुदायिक सिकाइ केन्द्रको छलफलमा सहभागी हुने गरेका छन्।
    जलवायु सुहाउँदो कृषि प्रविधिको बारेमा छलफल हुने सिकाइ केन्द्रमा नियमित रुपमा छलफल गरेपछि किसानलाई प्रत्यक्ष फाइदा पुगेको स्थानीय अगुवा किसान ५५ वर्षीय मानबहादुर शाहीले बताउनुभयो।

    एक दशकअघिसम्म नियमित खाद्यान्नबाली तथा तरकारी खेती गरिरहेका पर्सेनीका किसान बालीमा देखिएको नयाँ रोग किराका कारण चिन्तित भएका थिए। गाँउलाई स्थानीय निकासखोला सहकारीको तर्फबाट दुईवटा सिँचाइपोखरी निर्माण गरिदिए पनि मुहानमा पानीको कमी हुँदा किसान खेतबारीमा कम र चिन्तामा बढी हुन थालेको स्थानीय श्रोतव्यक्ति कृष्ण बिसी बताउनुहुन्छ।
    विसं.२०७५ देखि विभिन्न परियोजनाको सहयोगमा लगनशील लघुउद्यमी महिला कृषि समूहअन्तर्गत सामुदायिक सिकाइ केन्द्र स्थापना भएपछि पर्सेनीका किसान बिस्तारै व्यावसायिक कृषितर्फ आकर्षित हुन थालेका छन्।

    हप्ताको एक दिन सञ्चालन हुने सिकाइ केन्द्रमा व्यावसायिक कृषिमा आबद्ध भएका पर्सेनीका २२ घरबाट किसान भेला भई कृषिमा देखिएका समस्या र समाधानका बारेमा छलफल गर्छन्। र उक्त छलफललाई स्थानीय स्रोतव्यक्ति, वीरेन्द्रगर नगरपालिकाका कृषि प्राविधिक तथा विभिन्न परियोजनाका कर्मचारीले सहजीकरण गर्छन्।

    कुनैबेला कृषि पेसा छोड्ने अवस्थामा पुगेका पर्सेनीका किसानलाई हिजोआज खेतीकिसानीबाटै फुर्सद छैन। जलवायु सुहाउँदो कृषि प्रविधि अपनाई तरकारी खेतीमा लागेका किसान राम्रो उत्पादनले खुसी देखिन्छन्। बालीमा लाग्ने रोग र कीरासँग लड्न सिकिसकेका यहाँका किसानले एक कट्ठादेखि १५ कट्ठासम्म जमिनमा तरकारी खेती गरी सरदर १ लाखदेखि ३ लाखसम्म तरकारी बेचिरहेको किसान बिस्ना शाहीले बताउनुभयो।

    ‘अहिले तरकारी बिक्री गर्न भनेर बजार जानु पर्दैन,’ शाहीले भन्नुभयो, ‘अर्गानिक तरकारी उत्पादन हुने हुँदा वीरेन्द्रनगरका तरकारी थोेक बिक्रेता बारीसम्मै आउँछन्।’

    पर्सेनीका किसानले पछिल्लो समय तरकारी खेतीबाट पैसा फलाइरहेका छन्। राम्रो आम्दानी गरी दैनिक जीविकोपार्जन मात्र गरेका छैनन्, आफना बालबालिकाको विद्यालयको खर्च पनि जुटाइरहेका छन्। साथै सिकाइ केन्द्रका १० जना सहभागीले आफ्ना बालबालिकाको जीवन बिमासमेत गरेको स्थानीय स्रोतव्यक्ति बिसीले बताउनुभयो।

    यहाँका किसानले तरकारीको बिक्रीबाट भएको आम्दानी स्थानीय साना किसान सहकारी तथा निकास खोला सहकारीमा जम्मा गर्ने गरेका छन्। यो बचतले उनीहरुको जीवनयापनलाई सहज बनाएको छ। २२ जनाले सुरु गरेको व्यावसायिक तरकारी खेती हाल २८ जनाले गरिरहेको बिसीको भनाइ छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    ताजा अपडेट
    • माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    • २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    • Gen Z Red Force Nepalद्वारा माघ १० गते शान्ति प्रदर्शन, शिक्षा सुधारका मुद्दा केन्द्रीत प्रेस–मिट सम्पन्न
    • जेन्जी पुस्ताका जायज मागलाई दबाउन खोजे YCL मौन बस्दैन : डम्बर पुलामी मगर (कर्म)

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.