• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ २९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कैदी मृत्यु घटनाः सात प्रहरी र आठ जना कैदी गरी १५ जनालाई थुनामा राख्न आदेश

"जिल्ला कारागार खाँदवारीमा दुई जना कैदीको कुटपिटपछि हत्या घटनाका आरोपितमाथिको मुद्दामा जिल्ला अदालतमा थुनछेक बहस सकिएपछि सात जना प्रहरी र आठ जना कैदीलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले आदेश "

  •    अभियान हाम्रो/ बिहिबार, भदौ २८, २०८०  

  • जिल्ला कारागार खाँदवारीमा दुई जना कैदीको कुटपिटपछि हत्या घटनाका आरोपितमाथिको मुद्दामा जिल्ला अदालतमा थुनछेक बहस सकिएपछि सात जना प्रहरी र आठ जना कैदीलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासमा ०८० भदौ २७ गतेको थुनछेक बहस सकिएपछि प्रहरी जतिलाई जिल्ला कारागार, धनकुटा र कैदी जतिलाई जिल्ला कारागार, तेह्थुम पठाउन आदेश भएको जिल्ला अदालतका श्रेस्तेदार रामचन्द्र केसीले बताउनु भयो ।

    कैदी हत्या घटनामा मोरङको कटहरी गाउँपालिका-१ महेशपुर स्थायी घरभइ जिल्ला कारागार खाँदवारीमा कार्यरत असइ लक्ष्मी चौधरी, इलामको इलाम नगरपालिका-११ स्थायी घर भइ खाँदवारी कारागारमा सुरक्षा गार्डमा कार्यरत २४ वर्षीय सुमन गुरुङ, उदयपुरको त्रियुगा नगरपालिका-१४ बाङ्गे स्थायी घर भइ खाँदवारी कारागारमा सुरक्षा गार्डमा कार्यरत २४ वर्षीय दमनसिंह राई, खोटाङको खोटेहाङ्ग गाउँपालिका-८ कात्तिके स्थायी घर भइ खाँदवारी कारागारमा सुरक्षा गार्डमा कार्यरत प्रहरी हवल्दार राजकुमार श्रेष्ठ, खोटाङको जन्तेढुङ्गा गाउँपालिका-३ स्थायी घर भइ खाँदवारी कारागारमा सुरक्षा गार्डमा कार्यरत २३ वर्षीय प्रहरी जवान मनिष राई, सुनसरीको कोशी गाउँपालिका-५ श्रीपुर स्थायी घर भइ खाँदवारी कारागारमा सुरक्षा गार्डमा कार्यरत २४ वर्षीय प्रहरी जवान पवनकुमार महतो र उदयपुरको लिम्चुङबुङ्ग गाउँपालिका-४ बलाम्ता स्थायी घर भइ खाँदवारी कारागारमा सुरक्षा गार्डमा कार्यरत २३ वर्षीय नुशन राईलाई पुर्पक्षका लागि धनकुटा कारागार पठाइएको छ ।

    खाँदवारी नगरपालिका-२ चेवा स्थायी घर भइ जिल्ला कारागारका बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका २८ वर्षीय रामबहादुर कार्की भनिने राम कार्की, खाँदवारी नगरपालिका-९ गैरीगाउँ स्थायी घर भइ जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका २६ वर्षीय अनिश शर्मा कट्टेल, भोजपुरको भोजपुर नगरपालिका-१० भैँसीपङ्खा स्थायी घर भई जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका २८ वर्षीय सचिन्द्र भनिने सचिन राई, मकालु गाउँपालिका-५ सोलाखानी स्थायी घर भइ जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका २३ वर्षीय विक्रम भनिने सुमन सारू मगर, चैनपुर नगरपालिका-३ स्थायी घर भइ जिल्ला कारागारमा डाँकाचोरी कसुरमा कैद भुक्तान गरिरहेका २९ वर्षीय टिकाराम भनिने टिकाराज चौहान, चिचिला गाउँपालिका-४ खारमेली स्थायी घर भइ जिल्ला कारागारमा कर्तव्य ज्यान कसुरमा कैद भुक्तान गरिरहेका ४० वर्षीय नवीनकुमार राई, खाँदवारी नगरपालिका-६ तल्लो पाङ्गठा स्थायी घर भइ जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका ४१ वर्षीय इन्द्रध्वज घिमिरे र मादी नगरपालिका-५ वेतिनी स्थायी घर भइ जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका २१ वर्षीय मीन तामाङ भनिने मीनबहादुर तामाङलाई पुर्पक्षका लागि तेह्थुम कारागार पठाइएको छ ।

    दुई जना कैदीको हत्या घटनाका आरोपित १५ जनासँग ०८० भदौ २६ गते बयान सकिएपछि भदौ २७ गतेको थुनछेक बहस आरोपितहरुलाई पुर्पक्षमा पठाइएको अदालतका श्रेस्तेदार रामचन्द्र केसीले बताउनु भयो । दुई जना कैदीको हत्या घटनामा सात जना प्रहरी र आठ जना कैदीविरूद्ध जिल्ला सरकारी वकिलको कार्यालयमार्फत सरकारी वकिल सन्तोषप्रसाद भण्डारीले भदौ २२ गते जिल्ला अदालत, चैनपुरमा मुद्दा दर्ता गराउनु भएको थियो ।

    मुलुकी अपराध संहिता, २०७४ को दफा १८६ बमोजिम क्षतिपूर्ति, अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम क्षतिपूर्ति मागसहित मुद्दा दर्ता गरिएको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा ४१, दफा १७७ र दफा १८६ र अपराध पीडित संरक्षण ऐन, ७५ को क्षतिपूर्तिसम्बन्धी व्यवस्था आकर्षित हुने गरी मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालयका वकिल सन्तोषप्रसाद भण्डारीले इन्सेक प्रतिनिधिसँग बताउनु भयो ।

    कारागारबाट भाग्न खोजेको आरोपमा दुई जना कैदीलाई नियन्त्रणमा लिएर सुरूमा प्रहरीले कुटपिट गरेको र कारागार भित्र बुझाएपछि कैदीबन्दीले कुटपिट गरेर यातना दिएको सीसी क्यामेरा फुटेजमा देख्न सकिन्छ । सङ्खुवासभाको मादी नगरपालिका-५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका-७ का २८ वर्षीय आकाश बलामीको सुरक्षाकर्मी र केही कैदीबन्दीको कुटपिटबाट मृत्यु जिल्ला कारागारमा ०८० साउन २४ गते मृत्यु भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.