• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

स्वोर्ग लोकको यात्रामा अन्तिम तयारीमा हुनुहुन्थ्यो मेरो ” पिताजी “

"स्वोर्गलोकको यात्रामा अन्तिम तयारीमा हुनुहुन्थ्यो मेरो " पिताजी " "

  •     अल्चना श्रेष्ठ/ बिहिबार, भदौ २८, २०८०  

  • अल्चना श्रेष्ठ
            सायद नयाँ संसारबारेको उत्सुकता तथा आफुले सात दशक भन्दा बढी बिताएको यो धरती एवं आफुभन्दा प्यारा सन्तान , सन्तति र आफन्त छाड्नुपर्ने बाध्यात्मकबिचको असाञ्जस्यताले उहाँलाई छट्पटीमा प्रष्ट देखिन्थ्यो । म छेवैमा बसेर यो सब हेर्न विवश थिएँ । यस्तै छटपटिमा समेत अत्यन्त प्रेमपूर्ण भावले घरिघरि मेरो हात समाउँदै मेरो सुन्दर भविश्यको कामना गरिरहनुभयो।
            आफ्नो पीडा नियन्त्रण गर्ने प्रयास गर्दै मेरो सुन्दर भविश्यका लागि अर्ति उपदेश दिइनैरहनु भयो । उता म पनि मेरो आफ्नो पीडा लुकाउने प्रयास गर्दै म बुबालाई भनिरहन्थे कि- बुबा , हजुरलाई छिटै सञ्चो हुन्छ । एकछिन आराम गनुस् ।” तर , बुबा आफ्नो यश लोकको बसाईं टुँगिन लागेकामा प्रष्ट हुनुहुन्थ्यो सायद । मैले धेरैपटक एकछिन नबोल्न अनुरोध गर्दा एकपटक बुबाले भन्नुभयो- छोरा ! अब मलाइ तैले के संझाउँछस् ? मेरो भविष्य मलाई थाहा भइसक्यो । मेरो यो बोली तैले काहा सुन्न पाउँछस् र ? मलाइ बोल्न दे । म नि:शब्द भएँ। मुटु फुलेर आयो । आँखा भरियर आए । आफुलाई सम्हाल्न योभन्दा कठिन क्षण कहिल्यै सामना गरेको थिईन।
              बुबा सधै भन्नू हुन्थ्यो- सहनेको समुन्द्र जरा । सहनेलाई कसैले हल्लाउनु सक्दैन । मलाई यसको अर्थ बुझ्न धेरै समय लाग्यो । साना/ ठुला सबै विषयमा प्रतिक्रिया जनाईहाल्ने स्वभावले मानिसलाई स्थिर हुन दिँदैन । थिलोथिलो बनाउँछ । त्यसोत फेरि कतिपय कुरा सहनुको विकल्प पनि त हुँदोरहेनछ । हजुरले सधैभरी मलाई सम्झाईरहने ती सहने मान्छेहरुका जरा कहाँसम्म होलान् हगि ?
    मैले आफ्नो जिवनका सानाठूला धेरै अप्ठ्यारामा, चिन्तामा बुबाको उक्त उपदेश अपनाउने कोसिस गरेको छु । त्यसैले होला , मलाई धेरै सहने बानी नै परिसकेको छ जस्तो लाग्छ । तर त्यति बेला त्यो सम्भव भइरहेको थिएन । आफैंलाई सम्झाउने प्रयास असफल भइरहेको थियो । बुबालाई सिधा हेर्नसमेत मलाई कठिन भइरहेको थियो । बुबासँग वितायका पल्हरु एक/एक गर्दै अगाडि आउन थाले ।
    हो , म जान्ने भएदेखी हाम्रो घरको एकमात्र भरोसा बुबा हुनुहुन्थ्यो । काम या खेतीपातीको सिलसिलामा प्राय पारी मुल्कोट खेतमा रहनुहुने उहाँ घर आउने खबर मात्रले पनि ममा अनन्त खुसी सञ्चार हुन्थ्यो ।
                 उहाँ घर आउँदा अन्य कुराका अतिरिक्त चिनी नबोकी आउनुभएको मलाई थाहा छैन । बुबालाई तातो चिया असाध्यै मनपर्ने तर मेरो गाउँमा सहज रुपमा उपलब्ध नहुने कारण होला , बुबाले चिनी ल्याउन कहिल्यै बिर्सनुभएन । त्यसकारण मेरा नजरमा चिनी सबैभन्दा महत्वपूर्ण थियो । हस्पिटलको सैयामा पल्टिरहनुभएको बुबालाई हेरे र सोचे – मैले बुबालाइ सोचेजस्तो चिनी चियापत्तीको ब्यबस्थापन गर्न सकिन । तर , बुबाले कहिल्यै गुनासो गर्नुभएन । फगत माया गरिरहनु भयो नि:स्वार्थ । कामना गरिरहनुभयो मेरो प्रगतिको । मेरो खुसिको ।
         रातको आठ बजिसकेकोथ्यो । हस्पिटलको बाहिर निस्किएँ । अँध्यारो रातमा तारा टिलपिल गरिरहेका थिए । बुबाकै कारण ती तारासँग पनि मेरो सामिप्यता थियो । म स्कुल पढ्दा बुबाले मलाई राती अबेरसम्म कहिल्यै बस्न दिनुभएन । कहिल्यै विहान ढिलासम्म सुत्न दिनुभएन । हिउँद महिनामा बुबाले सप्तऋषि तार झुल्केसँगै मलाई उठाउनुहुन्थ्यो । सानो टुकि बालेर मलाई पढ्न लगाउनुहुन्थ्यो । कुन महिनामा कति संख्यामा सप्तऋषि तारा आकाशमा देखिए कति बज्थ्यो भन्नेमा समेत म अभ्यस्त भइसकेको थिएँ । समयक्रममा सप्तऋषी तारा हेर्ने बानी हटिसकेको थियो । आज हेर्न खोजे । देखिनँ । अझैं आकाशमा तारा देख्दा बुबाको याद गाढा बनेर आउँछ ।
                                    May be a black-and-white image of 1 person
    बुबा बिरामी भएदेखी नै आफन्तजन सधै साथमा रहनुभयो । मेरि कान्छी निनि हुनुहुन्थ्यो नजिकै । उपचारका लागि हस्पिटल हिड्ने क्रममा मनमनै-मेरो हात उहाँको हातमा राखिदिनुभयो र भन्नुभयो- हेर कान्छी बैनी , अब मेरा छोराछोरी तलाई जिम्मामा छाडेर जाँदै छु । यीनिहरुलाई बुबा नभएको महसुस कहिल्यै हुन नदिनू । उहाँले आँसु खसल्दै हुन्छ को भाव प्रकट गर्नुभयो । शब्ध व्यक्त गर्न भने सक्नु भएन । मलाई बुबाले सानो बालक नै देखिरहनुभयो । अन्तिम पलसम्म मेरो चिन्ता गरिनैरहनुभयो । पारिवारिक मेलमिलाप र शान्तिका लागि कामना गर्दै कहिल्यै आपसमा झगडा नगर्न सम्झाईनैरहनुभयो ।
           मेरा दिदिबहिनिले हस्पिटलको बेडमा लडिरहेका बुबाको शरिरमा तेल मालिस लगाइदिदै हुनुहुन्थ्यो केहिसमय पछि उहाँ बुबा अलि शान्त हुनुभयो । सोचे- केही सहज भयो । मेरो भ्रम रहेछ । यो त उहाँले अन्तिम श्वस लिनुअघिको सन्नटा रहेछ । बेलुनको हावा फुस्केसरह बुबाको अन्तिम श्वास गएको हेरिरह्र्यौ विवश बनेर । शरीर विछ्यौनामै थियो तर जीवन थिएन । संसार चकमन्न लाग्यो । पितात्वको एक विशाल सगरमाथा अलप भयो आँखैअगाडी नै । अवर्णनीय पीडा महसुस भयो तर सहनुको विकल्प थिएन ।
    आज बुबाको मुख हेर्ने दिनको सेरोफेरोमा सम्झना झन् गाढा बनेर आउँछ । बुबाको सामिप्यमा रहँदा स-साना लाग्ने ती कुरा बुबाको अभावमा अति महत्वका लाग्दा रहेछन् । फोटोमा हेर्दा अझै पनि बुबा कहिकतै गाकाछन् र आउछन् कि-बोल्छन् कि जस्तो लाग्छ । पीडा हुन्छ । सहनुको विकल्प हुँदोरहेनछ । बुबालाई सम्झन्छु । दिनबिताउछु…जय पित्री देव !
           तिलक श्रेष्ठ फेसबुक वाल बाट जस्ताको तस्तै
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    ताजा अपडेट
    • एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    • नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    • नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    • आज २०८२ फागुन ३० गते शनिबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • नेपालमा गरिबीको अवस्था: प्रदेशगत विश्लेषण र समाधान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.