• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख २९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कालाजारका बिरामी फेला, जिल्लामा उपचार नहुँदा समस्या

"कालाजार रोगका बिरामी फेला परेपनि जिल्लामा कालाजारको उपचार नहुँदा समस्या "

  •     अभियान हाम्रो/ बुधबार, भदौ २७, २०८०  

  • कालाजार रोगका बिरामी फेला परेपनि जिल्लामा कालाजारको उपचार नहुँदा समस्या भएको छ । पौवादुङमा गाउँपालिका-५ सानोदुम्मामा दुई जनामा कालाजारको पुष्टि भएको छ । कालाजार रोगको उपचार जिल्लामा नहुँदा बिरामीलाई समस्या भएको हो । कालाजार रोगको उपचार तथा परीक्षण कुनै पनि स्वास्थ्य संस्था र जिल्ला अस्पतालसमेत नहुने जिल्ला अस्पतालका प्रमुख डाक्टर शिबजी रिजालले बताउनु भयो । डा. रिजालले भन्नुभयो ‘पहाडी जिल्लामा कालाजार रोग कमै मात्रामा देखिन्छ । हाम्रो जिल्लामा पहिलो पटक देखा परेको छ । यसको परीक्षणको लागि हामीसँग किटको व्यवस्था छैन् ।

    कालाजार रोगको लक्ष्ण देखापरेमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपा रिफर गर्ने गरिएको डाक्टर रिजालले बताउनु भयो । कालाजार रोगको प्रकोप बढेमा जिल्ला अस्पतालमा पनि परीक्षण किटको आवश्यकता पर्ने भएको छ ।सात वर्षीय बच्चा बिरामी भएपछि उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपामा परीक्षण गराउने क्रममा ०८० भदौ २० गते कालाजार सङ्क्रमण पुष्टि भएको पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका वडाध्यक्ष बोमप्रसाद राईले बताउनु भयो ।

    बच्चामा कालाजारको सङ्क्रमण पुष्टि भएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) बाट खटी आएको डाक्टर रणदिन कुमारको टोलीले भदौ २६ गते स्थलगत रूपमा १२ जनाको स्वास्थ्य परीक्षण गरेकोमा पौवादुङमा गाउँपालिका-५ सानोदुम्माका ६६ वर्षीय एक ज्येष्ठ नागरिकमा कालाजारको सङ्क्रमण पुष्टिछ भएको डाक्टर रणदिन कुमारले बताउनु भयो ।

    कालाजार देखिएपछि रोकथामसँगै थप फैलन नदिन सजकता अपनाइएको वडाध्यक्ष बोमप्रसाद राईले बताउनु भयो ।‘हाम्रो वडामा दुई जनामा कालाजार देखिएको छ’’ वडाध्यक्ष राईले भन्नुभयो,‘यसलाई थप फैलन नदिन वडा तथा गाउँपालिकाको पहलमा सक्रियता बढाएका छौँ । कसैमा ज्वरोकोे लक्षण देखिएमा तत्काललाई पौवादुङमा गाउँपालिका-५ स्थित मानेडाँडा आधारभूत अस्पतालमा आएर जाँच गराउन सूचना जारी गरेका छौँ ।’ वडाध्यक्ष राईले भन्नुभयो ।

    गाउँपालिकामा कालाजारको बिरामी देखिएकाले यसको रोकथामको लागि गाउँपालिकाले विषेश सजकता अपनाएको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताउनु भयो ।

    ‘गाउँपालिकामा कालाजारका बिरामी देखिएसँगै हामीले थप सजकता अपनाएका छौँ’ अध्यक्ष राईले भन्नुभयो ,‘बिरामी देखिएका क्षेत्रमा किटनाषक विषादी छर्ने तयारी गरिएको छ । लक्षण देखिएका बिरामीलाई उपचारको लागि गाउँपालिकाबाट आवश्यक  सहयोग गछौँ ।’ अध्यक्ष राईले भन्नुभयो । गाउँपालिका क्षेत्रमा कालाजार देखिएपछि डब्लूएचओको समूहसहित परीक्षण भइरहेको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताउनु भयो । कालाजार देखिएका बिरामीलाई गाउँपालिकाले निशुल्क उपचारको व्यवस्था गर्ने अधिकृत भट्टराईले बताउनु भयो ।

    तराईका क्षेत्रमा बढी मात्रामा कालाजारका बिरामी देखिएपनि पौवादुङमा गाउँपालिका तल्लो भेगको गर्मी क्षेत्रमा विरामी फेला परेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गेहेन्द्र उपाध्यायले बताउनु भएको छ ।

     

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.