• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन २३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कैदी मृत्यु घटनाः थुनछेक बहस सुरू

"जिल्ला कारागार खाँदवारीमा दुई जना कैदीको कुटपिटपछि हत्या घटनाका आरोपितमाथिको मुद्दामा जिल्ला अदालतमा थुनछेक बहस सुरू "

  •     अभियान हाम्रो/ बुधबार, भदौ २७, २०८०  

  • जिल्ला कारागार खाँदवारीमा दुई जना कैदीको कुटपिटपछि हत्या घटनाका आरोपितमाथिको मुद्दामा जिल्ला अदालतमा थुनछेक बहस सुरू भएको छ । कर्तव्य ज्यान शीर्षकमा मुद्दा चलाइएकाविरूद्ध जिल्ला अदालतमा थुनछेक बहस सुरू भएको हो । दुई जना कैदीको हत्या घटनाका आरोपित १५ जनासँग ०८० भदौ २६ गते बयान सकिएपछि भदौ २७ गतेदेखि थुनछेक बहस सुरु भएको जिल्ला अदालतका श्रेस्तेदार रामचन्द्र केसीले बताउनु भयो ।

    दुई जना कैदीको हत्या घटनामा सात जना प्रहरी र आठ जना कैदीविरूद्ध जिल्ला सरकारी वकिलको कार्यालयमार्फत सरकारी वकिल सन्तोषप्रसाद भण्डारीले भदौ २२ गते जिल्ला अदालत, चैनपुरमा मुद्दा दर्ता गराउनु भएको थियो । जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासमा थुकछेक बहस भइरहेको श्रेस्तेदार रामचन्द्र केसीले बताउनु भयो । मुद्दामा आधा दर्जन कानुन व्यवसायीहरूले बहस गर्ने उहाँको भनाइ छ । दुवै पक्षको बहस सुनेपछि मात्रै इजलासले आरोपितहरूलाई थुनामै राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्नेवारे एउटा निर्णय लिनेछ ।

    कैदी हत्या घटनामा मोरङको कटहरी गाउँपालिका-१ महेशपुर स्थायी घरभइ जिल्ला कारागार खाँदवारीमा कार्यरत असइ लक्ष्मी चौधरी, इलामको इलाम नगरपालिका-११ स्थायी घर भइ खाँदवारी कारागारमा सुरक्षा गार्डमा कार्यरत २४ वर्षीय सुमन गुरुङ, उदयपुरको त्रियुगा नगरपालिका-१४ बाङ्गे स्थायी घर भइ खाँदवारी कारागारमा सुरक्षा गार्डमा कार्यरत २४ वर्षीय दमनसिंह राई, खोटाङको खोटेहाङ्ग गाउँपालिका-८ कात्तिके स्थायी घर भइ खाँदवारी कारागारमा सुरक्षा गार्डमा कार्यरत प्रहरी हवल्दार राजकुमार श्रेष्ठ, खोटाङको जन्तेढुङ्गा गाउँपालिका-३ स्थायी घर भइ खाँदवारी कारागारमा सुरक्षा गार्डमा कार्यरत २३ वर्षीय प्रहरी जवान मनिष राई, सुनसरीको कोशी गाउँपालिका-५ श्रीपुर स्थायी घर भइ खाँदवारी कारागारमा सुरक्षा गार्डमा कार्यरत २४ वर्षीय प्रहरी जवान पवनकुमार महतो र उदयपुरको लिम्चुङबुङ्ग गाउँपालिका-४ बलाम्ता स्थायी घर भइ खाँदवारी कारागारमा सुरक्षा गार्डमा कार्यरत २३ वर्षीय नुशन राईविरूद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरिएको छ ।

    कैदीको मृत्यु घटनामा कारागारमा कैद भुक्तान गरिरहेका आठ जनाविरूद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरिएको छ ।

    खाँदवारी नगरपालिका-२ चेवा स्थायी घर भइ जिल्ला कारागारका बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका २८ वर्षीय रामबहादुर कार्की भनिने राम कार्की, खाँदवारी नगरपालिका-९ गैरीगाउँ स्थायी घर भइ जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका २६ वर्षीय अनिश शर्मा कट्टेल, भोजपुरको भोजपुर नगरपालिका-१० भैँसीपङ्खा स्थायी घर भई जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका २८ वर्षीय सचिन्द्र भनिने सचिन राई, मकालु गाउँपालिका-५ सोलाखानी स्थायी घर भइ जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका २३ वर्षीय विक्रम भनिने सुमन सारू मगर, चैनपुर नगरपालिका-३ स्थायी घर भइ जिल्ला कारागारमा डाँकाचोरी कसुरमा कैद भुक्तान गरिरहेका २९ वर्षीय टिकाराम भनिने टिकाराज चौहान, चिचिला गाउँपालिका-४ खारमेली स्थायी घर भइ जिल्ला कारागारमा कर्तव्य ज्यान कसुरमा कैद भुक्तान गरिरहेका ४० वर्षीय नवीनकुमार राई, खाँदवारी नगरपालिका-६ तल्लो पाङ्गठा स्थायी घर भइ जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका ४१ वर्षीय इन्द्रध्वज घिमिरे र मादी नगरपालिका-५ वेतिनी स्थायी घर भइ जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका २१ वर्षीय मीन तामाङ भनिने मीनबहादुर तामाङविरूद्ध मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

    मुलुकी अपराध संहिता, २०७४ को दफा १८६ बमोजिम क्षतिपूर्ति, अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम क्षतिपूर्ति मागसहित मुद्दा दर्ता गरिएको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा ४१, दफा १७७ र दफा १८६ र अपराध पीडित संरक्षण ऐन, ७५ को क्षतिपूर्तिसम्बन्धी व्यवस्था आकर्षित हुने गरी मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालयका वकिल सन्तोषप्रसाद भण्डारीले इन्सेक प्रतिनिधिसँग बताउनु भयो ।

    कारागारबाट भाग्न खोजेको आरोपमा दुई जना कैदीलाई नियन्त्रणमा लिएर सुरूमा प्रहरीले कुटपिट गरेको र कारागार भित्र बुझाएपछि कैदीबन्दीले कुटपिट गरेर यातना दिएको सीसी क्यामेरा फुटेजमा देख्न सकिन्छ । सङ्खुवासभाको मादी नगरपालिका-५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका-७ का २८ वर्षीय आकाश बलामीको सुरक्षाकर्मी र केही कैदीबन्दीको कुटपिटबाट मृत्यु जिल्ला कारागारमा ०८० साउन २४ गते मृत्यु भएको थियो ।

     

    भविन कार्की

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी
    आज २०८२ फागुन २२ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    ताजा अपडेट
    • रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी
    • आज २०८२ फागुन २२ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    • दोलखाको मालु मतदान स्थलमा विवाद हवाई फायर
    • उदयपुरमा सटगन पड्किँदा मतपेटिकामा क्षति

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.