• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, कार्तिक २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

वीरगंजको बाल सुधार गृहमा झडप हुँदा नौ जना बालक र तीन प्रहरी सहित १२ जना घाइते

"वीरगंज महानगरपालिका–४ को बिर्तास्थित बाल सुधार गृहमा भदौ २६ गते राति खानाको विषयलाई लिएर विवाद हुँदा झडप भएको छ । झडपमा नौ जना बालक र तीन प्रहरी सहित १२ जना घाइते "

  •     अभियान हाम्रो/ बुधबार, भदौ २७, २०८०  

  • वीरगंज महानगरपालिका–४ को बिर्तास्थित बाल सुधार गृहमा भदौ २६ गते राति खानाको विषयलाई लिएर विवाद हुँदा झडप भएको छ । झडपमा नौ जना बालक र तीन प्रहरी सहित १२ जना घाइते भएका छन् ।

    भक्तपुरको बाल सुधार गृहबाट ल्याएका बालकहरूले राती बाल सुधार गृहका नाइकेसँग भएको विवाद तथा कुटपिटको घटनालाई लिएर सुधार गृहमा पहिलादेखि रहेका बालकहरू र भक्तपुरबाट ल्याएर राखिएका बालकहरूबिच विवाद भई झडप भएको हो । भक्तपुरको बाल सुधार गृहबाट भदौ ४ गते वीरगंज बाल सुधार गृहमा ल्याइएका १८ जना बालकहरू यहाँ नबस्ने भनि विरोध जनाउँदै आएको बाल सुधार गृहका प्रमुख टिका कृष्ण काफ्ले बताउनु भयो । उनीहरूले नै विवाद गर्दा झडप भएको उहाँको भनाई रहेको छ ।

    WhatsApp Image 2023-09-13 at 11.08.15 AM

    झडपमा भक्तपुरबाट ल्याइएका मध्ये आठ जना समेत गरी नौ जना बालक र तीन जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका एसपी कोमल शाहले जानकारी दिनु भयो । घाइते भएका सुधार गृहका नौ जना बालकलाई राति नै नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार गराई जिल्ला प्रहरी कार्यालयमा ल्याएर राखिएको उहाँले बताउनु भयो ।

    झडप तथा तोडफोड घटनालाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली बाल सुधार गृह पुगेको थियो । तर, सुधार गृह भित्रबाट बालकहरूले ढुङ्गा मुढा प्रहार गरेर प्रहरीलाई अबेर रातिसम्म सुधार गृह भित्र प्रवेश गर्न दिएका थिएनन् । बाल सुधार गृहबाट प्रहार गरिएको ढुङ्गाले लागेर तीन जना प्रहरी समेत घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले केही राउन्ड अश्रु ग्याँस प्रहार गरेकोे थियो ।

    WhatsApp Image 2023-09-13 at 11.11.00 AMप्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बाल सुधार गृहभित्रबाट बालकहरूले भदौ २७ गते पनि ढुङ्गा मुढा गरिरहेकोले इन्सेक मधेस प्रदेश कार्यालयलाई मध्यस्तताका लागी पहल गरिदिनु हुन आग्रह गर्नु भयो । बाल सुधार गृहमा रहेका बालकहरूका अनुसार सुधार गृहमा आफूहरूलाई बासी खाना दिएको, घरमा फोन गर्दा एक कलको १ सय रुपियाँ लिने गरेएको, एउटै कोठामा धेरै जनालाई कोचेर राखेएको, शौचालय पनि राम्रो नभएको, सुधार गृह प्रमुख टिका कृष्ण काफ्लेले यातना दिने गरेको आरोप लगाएका छन् ।

    ५० जनाको क्षमता रहेको बाल सुधार गृहमा भदौ ४ गते भक्तपुरको बाल सुधार गृहबाट ल्याएका १८ जनासमेत गरी हाल १ सय ४९ जना बालकहरू रहेका छन् ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    ताजा अपडेट
    • मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    • बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    • गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    • गण्डकी प्रदेश सरकार ‘Gen Z’ को भावना बुझ्न असफल — दलभन्दा माथि उठ्ने नेतृत्वको अभाव
    • प्रदेश संयोजक र केन्द्रीय संयोजकबीच हरेक आइतबार अनिवार्य बैठक बस्ने निर्णय

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.