• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, बैशाख २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कर्णाली प्रदेशमा आत्महत्या घटना बढ्दै


  •     अभियान हाम्रो/ बुधबार, भदौ २७, २०८०  

  • कर्णाली प्रदेशमा आत्महत्या घटना बढ्दै गएकाे छ ।  पछिल्लो तीन वर्षको अवधिमा ९ सय १ जनाले आत्म हत्या घटना भएकाे तथ्याङ्कले देखाएकाे छ  । २०७७ साउन १ देखि २०८० साउन १ गते सम्मको अवधिमा प्रदेश भरीमा ९ सय १ जनाले आत्महत्या गरेका प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ । जस मध्य ४ सय ९९ जना  पुरुष , २ सय ९६ जना महिला, ७९ बालिका र ३७ बालक गरी ९ सय १ जनाले आत्महत्या गरेका हुन । आत्महत्या गर्नेमा महिलाको तुलनामा पुरुषको संख्या धेरै रहेको छ ।

    आर्थिक वर्ष २०७७।७८मा १ सय २१ महिला, १ सय ८२ पुरुष,१५ बालक र २१ बालिका गरी ३ सय ३९ जनाले आत्महत्या गरेका थिए भने आर्थिक वर्ष २०७८।७९ मा १ सय ६० पुरुष, ९४ महिला,२४ बालिका र ११ बालकले आत्महत्या गरेका कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

    गत आर्थिक वर्ष २०७९।८०मा १ सय ५७ पुरुष, ८१ महिला ,२४ बालिका र ११ बालक गरि २ सय ७३ जनाले आत्महत्या गरेका छन । बिष सेवन गरेर,भुण्डिएर,हात हतियार औजारबाट,पानीमा हाम फालेर र आगो लगाएर आत्म हत्या गर्ने गरेको पाइएकाे छ । जसमा झुण्डिएर आत्महत्या गर्नेको सङ्ख्या सबैभन्दा धेरै रहेको छ । आर्थिक वर्ष २०७७।७८ मा कर्णाली प्रदेशका १० जिल्ला मध्ये  सुर्खेतमा १ सय २१ जना, दैलेखमा,५५ जना,जाजरकोटमा २६ जना,रुकुम पश्चिममा ३१ जना ,सल्यानमा ६८ जना,जुम्लामा १४ जना,हुम्लामा ३ जना ,मुगुमा ५ जना कालिकोटमा १६ जना र डोल्पामा शुन्य रहेका छ ।

    यस्तै गरी आर्थिक वर्ष २०७८।७९ मा सुर्खेतमा १ सय २ जना,दैलेखमा ५६ जना,जाजरकोटमा १७ जना,रुकुम पश्चिममा २६ जना,सल्यानमा ५३ जना,जुम्लामा ७ जना,हुम्लामा २ जना,मुगुमा ८ जना,कालिकोटमा १७ जना र डोल्पामा १ जनाले आत्महत्या गरेका छन । गत आर्थिक वर्ष २०७९।८०मा सुर्खेतमा १ सय ९,दैलेखमा ४४,जाजरकोटमा १९,रुकुम पश्चिममा २८,सल्यानमा ४५,कालिकोटमा १२,जुम्ला ६ र हुम्लामा ६ र मुगुमा ४ जनाले आत्म हत्या गरेका तथ्याङ्क छ ।

    पछिल्लो ३ वर्षको आत्महत्याको अवस्थालाई हेर्दा सबै भन्दा धेरै सुर्खेत जिल्लामा र सबै भन्दा कम डोल्पामा रहेको छ । ,बेरोजगारी,चेतनाको कमीका कारण कर्णाली प्रदेशमा आत्महत्याका घटना बढ्ने गरेको कर्णाली प्रदेश कार्यालय,सुर्खैतका एसएसपी गोपाल चन्द्र भट्टराईले जानकारी दिनुभयो । राज्यले न्युन आय भएका नागरिकको जीवनस्तर उकास्न सके आत्महत्याका घटनामा न्युनिकरण हुने उहाँको भनाइ छ ।

    बढ्दै गरेको आत्महत्याको घटनालाई न्यूनिकरणका लागि सामुदायस्तरमै जनचेतना फैलाउन आवश्यक रहेको र यसका लागि सबैले आफ्नो  ठाँउबाट सहयोग गर्न पर्ने एसएसपी भट्टराईले बताउनुभयो । प्रदेश अस्पताल,सुर्खेतमा कार्यरत मानसिक रोग विशषेज्ञ डाक्टर सुशील समदर्शीले कर्णालीमा अनुवांशिक मनोविज्ञान, सामाजिक, पारिवारिक वातावरण तथा अन्य जोखिमका कारण आत्महत्या गर्ने गरेकोले त्यसको न्यूनिकरणमा सचेतना फैलाउनुपर्नेमा बताउनुभयो ।

    अन्य रोगहरु जस्तै मानसिक रोगको पनि उपचार हुने कुराको सचेतना फैलाउनमा सरकारी र गैरसरकारी संघ संस्थाले कार्यक्रम गर्न डाक्टर समदर्शीले सुझाव दिनुभयो । पछिल्लो समयको फेरिँदो जीवनशैली, रहनसहन असिमित इच्चा चाहाना र घरेलु हिंसा जबरजस्ती करणी जस्ता घटना नै आत्महत्याको मुख्य कारण रहेको बहुसांस्कृतिक मनोसामाजिक संस्था (टिपिओ) नेपालकी मनोविमर्शकर्ता शर्मीला विसीले बताउनुभयो ।

    उहाँका अनुसार ९५ प्रतिशत मानिसहरुको आत्महत्या गर्नुुको कारण मानसिक समस्या नै हो । त्यो सँगै पारिवारिक बेमेल लगायतका कारण मानसिक समस्या मानिसहरु पर्ने गर्दछन् । आत्महत्या न्यूनिकरण गर्नका लागि त्यस्ता समस्या भएका व्यक्तिहरु र मनोविमर्शकर्ता र मनोचिकित्सकबिच जोड्ने कार्यक्रम गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

    त्यस्तै गरी,कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयकी कम्यूनिटी नर्सिङ्ग अधिकृत कविता खत्रीले आत्महत्या न्यूनिकरण गर्नका लागि मन्त्रालयले विभिन्न सचेतनामूलक कार्यक्रमहरु गर्दै आएकोे जानकारीदिनु भयो । आत्महत्या न्यूनिकरणमा परिवार, समाज र सरकारको उत्तिकै भूमिका रहेको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    ताजा अपडेट
    • कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    • अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    • २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    • ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने
    • २०८२ बैशाख ९ गते तपाईको राशिफल कसको लागि कति लाभदायी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.