• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, मङि्सर २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या

"जिल्लाका आठ ओटा स्थानीय तहमा रहेका न्यायिक समितिहरुमा इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या "

  •     अभियान हाम्रो/ मङ्गलबार, भदौ २६, २०८०  

  • जिल्लाका आठ ओटा स्थानीय तहमा रहेका न्यायिक समितिहरुमा इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या भएको छ ।संविधानको धारा २१७ मा आफ्नो अधिकार क्षेत्र भित्रको विवाद निरुपण गर्न स्थानीय तहका उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गर्ने व्यवस्था छ ।

    स्थानीय तहमा रहेका न्यायिक समितिहरुमा इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या हुनुको साथै कानुनसम्बन्धी ज्ञानको अभाव र कानुनी सल्लाहकार नहुँदा चुनौती थपिएको स्थानीयतहका न्यायिक समिति संयोजकहरुले गुनासो गर्नु भएको छ । न्यायिक समितिमा अलग्गै इजलास कक्ष स्थापना गर्ने कानुनी प्रावधान अनुरूप जिल्लाका आठ ओटै स्थानीय तहमा प्रभावकारी रूपमा न्याय निरुपणका लागि छुट्टै इजलास कक्ष स्थापना हुन सकेका छैनन् ।

    दोस्रो कार्यकालको स्थानीय तह निर्वाचन सकिएर जनप्रतिनिधिले काम सुरु गरेको दुई वर्ष पुग्न लाग्दा पनि अन्योल कायमै छ । विशेषगरी स्थानीय सरकारसँग रहेको महत्वपूर्ण निकाय न्यायिक समिति अहिले  पनि अलमलमा देखिन्छ । न औपचारिक अध्ययन छ न तालिम, न त कानुनी ज्ञान नै छ ।

    कानुन र न्यायको सामान्य जानकारीसम्म नभएका कारण बेलाबेलामा आफ्नै जिम्मेवारीले थिच्ने गर्छ । न्यायिक समितिको अवधारणा ल्याएको राज्यले यस्ता समितिलाई कानुनी परामर्श वा कानुनसम्बन्धी कुनै जानकारी दिएको छैन । समितिले हेर्ने मुद्दाको मापदण्ड स्पष्ट गरिएको छैन, जसका कारण कानुनसम्बन्धी जानकारी नै नदिई स्थापना गरिएका न्यायिक समिति नै मुद्दा कसरी किनारा लगाउने भन्ने अन्योलमा छन् ।

    न्यायसँगै थप दर्जन बढी लिखित जिम्मेवारी थपिएका उपाध्यक्षहरू सकसमा पर्ने गरेका हुन् । कानुनी सल्लाहकार नभएकाले कार्यसम्पादन गर्न गाह्रो छ । दुःख सुख काम भइरहेको छ । खासगरी कानुनी सल्लाहकार नहुँदा निर्णय दिँदा र लेख्दा असजिलो भएको सिंजा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक सितली रोकाया बताउनुभयो ।

    उहाँले भन्नुभयो ‘जिम्मेवारी भारी त छैन, तर असजिलो छ । हामी कार्यालयमा बढी खटिनु पर्छ । कार्यालयमा मात्र नभएर फिल्डमा पनि जिम्मेवारी बढी छ ।’ न्यायिक समितिको इजलास कक्ष नहुँदा आफ्नै कार्यकक्षमा मुद्दाको छलफल गर्ने गरेको र  न्यायिक छलफल भइरहेका बेला अरु सेवाग्राही पनि आउने भएकाले न्यायिक कार्यसम्पादनमा बाधा पुग्ने गरेको तातोपानी गाउँपालिका उपप्रमुख तथा न्यायिक समिति संयोजक रेवती रावलले बताउनु भयो ।

    उहाँले भन्नु भयो ‘मुद्दालाई निरुपण गर्न कार्यकक्षमै वादी र प्रतिवादीलाई छलफल गर्ने गरिएको छ । कहिलेकाहीँ अन्य सेवाग्राही कार्यकक्षमा आउँदा छलफल प्रभावित हुन्छ ।’ न्यायिक समितिको छुट्टै इजलास नहुँदा कहिले काँहि कार्यालयका कर्मचारीको सहयोग लिएर अन्य सेवाग्राहीलाई रोकेर मुद्दाको विषयमा छलफल गर्ने गरिएको उहाँले बताउनुभयो ।

    अधिकांश स्थानीय तहहरुले छुट्टै इजलास कक्ष स्थापना गरी न्याय सम्पादनको कार्य गर्नु पर्ने स्थानीय सेवाग्राहीहरुले माग गर्दै आएका भएपनि केही स्थानीय तह यस विषयमा अनविज्ञ रहेको पाइएको छ । कानुनी सल्लाहकार आवश्यक छ । कानुन पढेको कर्मचारी नहुँदा एकदमै कठिन छ । न्याय सम्पादन गर्न समस्या छ । कानुन पढेको जुनसुकै स्तरको कर्मचारी भए पनि न्याय सम्पादन गर्न सहज हुने उहाँले बताउनु भयो ।

    तिला गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक गोरीकला बुढा पनि न्याय सम्पादनमा सकस भएको बताउनु भयो । उहाँ भन्नुभयो, ‘कानुनको कर्मचारी अभाव छ । मिलाउने ठाउँ नहुँदा मेरै कार्यकक्षमा ढोका लगाएर छलफल गर्छौं । न्याय सम्पादन गर्ने छुट्टै इजलास कक्ष नहुदा समस्या हुने गरेका छ । कार्यकक्षमै छलफल गर्दा सेवाग्राही पनि आउने गर्दछन् ।’

    जुम्लामा रहेका आठ ओटा स्थानीय तहका न्यायिक समितिले केही विवादको मिलापत्र गराए पनि कतिपय विवादमा कानुनी जटिलता देखिएको बताउँछन् । जुम्लाका सात गाउँपालिका एक नगरपालिका ६० वडा छन् । ऐन–कानुनको अभाव, अलमल, जनप्रतिनिधिले आफ्नो भूमिका र दायित्व बुझ्न समय लगाउने जस्ता कारणले स्थानीय तहमा न्यायिक समितिको काम गराइ सुस्त भएको देखिन्छ ।

    अधिकांश स्थानीय तहका न्यायिक समितिमा महिला हिंसा, घरेलु हिंसा, लेनदेन, रुपैयाँ सापटी लिएर नदिएको, जग्गा विवाद, सीमा विवाद, पति पत्नीको झगडालगायत उजुरी आउने गरेको  हिमा गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समिति संयोजक सुर्पुना शाहीले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    ताजा अपडेट
    • माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    • २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    • Gen Z Red Force Nepalद्वारा माघ १० गते शान्ति प्रदर्शन, शिक्षा सुधारका मुद्दा केन्द्रीत प्रेस–मिट सम्पन्न
    • जेन्जी पुस्ताका जायज मागलाई दबाउन खोजे YCL मौन बस्दैन : डम्बर पुलामी मगर (कर्म)

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.